पाठ १५
१. कसले मात्रै सबै मानिसलाई जीवन दिनुहुन्छ ?
- परमेश्वरले ।
२. कयिन र हाबिल कहाँ जन्मिएका थिए ?
- अदनको बगैँचाभन्दा बाहिर ।
३. कयिन र हाबिल किन अदनको बगैँचाभन्दा बाहिर जन्मिएका थिए ?
- किनभने तिनीहरूका पिता आदम र माता हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर पाप गरे र परमेश्वरले त्यसैले तिनीहरूलाई अदनको बगैँचाबाट बाहिर निकालिदिनुभयो ।
४. किनभने परमेश्वरले आदम र हव्वालाई अदनको बगैँचाबाट निकालिदिनुभयो त्यसैले अब सबै मानिस कहाँ जन्मिन्छन् ?
- अदनको बगैँचाभन्दा बाहिर ।
५. परमेश्वरले किन हाबिल र तिनको बलिदान ग्रहण गर्नुभयो ?
- किनभने हाबिलले परमेश्वरले भनेको माने ।
- किनभने हाबिलले परमेश्वरसामु बलिदान स्वरूप भेडो ल्याए ।
- किनभने हाबिले परमेश्वरले भनेअनुसारको कुरा ल्याएर उहाँकहाँ आए ।
६. हाबिलले आफ्नो बारेमा के थाहा पाए ?
- हाबिलले आफू पापमा जन्मिएको कुरा थाहा पाए ।
- हाबिलले तिनको पापको दण्ड मृत्यु हो भन्ने थाहा पाए ।
७. हाबिलले परमेश्वरको बारेमा के कुरा थाहा पाए ?
- हाबिलले परमेश्वर पवित्र हुनुहुन्छ भन्ने कुरा थाहा पाए ।
- हाबिलले परमेश्वरले सबै पापको दण्ड मृत्यु दिनुहुन्छ भन्ने थाहा पाए ।
- हाबिलले परमेश्वरले मात्रै तिनलाई बचाउन सक्नुहुन्छ भन्ने कुरा थाहा पाए ।
- हाबिलले परमेश्वरले तिनले गरका पापहरूबाट तिनलाई जोगाउन उद्धारकर्ता पठाउनहुन्छ भन्ने कुरा पनि विश्वास गरे ।
८. परमेश्वरले किन कयिन र तिनले ल्याएको बलिदान अस्वीकार गर्नुभयो ?
- किनभने कयिनले परमेश्वरको आज्ञा उल्लङ्घन गरे ।
- किनभने कयिनले परमेश्वलाई बलिदानस्वरूप भेडो चढाउन ल्याएनन् ।
- किनभने कयिन उनको आफ्नै तरिकाले परमेश्वरकहाँ जान खोजे नकि परमेश्वरको तरिकाले ।
९. कयिनले आफ्नो बारेमा के विचार गरे ?
- कयिनले आफू पापमा जन्मिएको कुरा विचार गरेनन् ।
- कयिनले तिनको पापको दण्ड मृत्यु नै हो भन्ने कुरा विचार गरेनन् ।
१०. कयिनले परमेश्वरको बारेमा के विचार गरे ?
- कयिनले परमेश्वर पवित्र हुनुहुन्छ भन्ने कुरा विचार गरेनन् ।
- कयिनले परमेश्वरले सबै पापको दण्ड मृत्यु दिनुहुन्छ भन्ने कुरा विचार गरेनन् ।
- कयिनले परमेश्वरले मात्रै तिनलाई बचाउन सक्नुहुन्छ भने कुरा विचार गरेनन् ।
- कयिनले तिनले गरेका पापबाट तिनलाई बचाउन एकजना उद्धारकर्ता चाहिन्छ भन्ने विचार गरेनन् ।
११. कयिनको बलिदान अस्वीकार गरिसकेपछि परमेश्वर किन कयिनसँग बोल्नुभयो ?
- किनभने परमेश्वरले कयिनलाई प्रेम गर्नुभयो ।
- किनभने परमेश्वरले कयिनले तिनको पाप स्वीकार गरून् भन्ने चाहभयो ।
१२. के कयिनले परमेश्वको कुरा सुने ?
- सुनेनन् ।
१३. कयिनले कसको कुरा सुने ?
- कयिनले शैतानको कुरा सुने ।
१४. कयिनले के गरे ?
- कयिन रिसाए र तिनका भाइ हाबिलको हत्या गरे ।
१५. कयिनले गरेको कुरा के परमेश्वरले देख्नुभयो ?
- देख्नुभयो ।
- परमेश्वर सबै कुरा देख्नुहुन्छ र सबै कुरा थाहा पाउनुहुन्छ ।
१६. के परमेश्वरले कयिनलाई सजाय दिनुभयो ?
- हो, दिनुभयो ।
- परमेश्वरले सबै पापलाई दण्डित गर्नुहुन्छ ।
- परमेश्वरले सजाय नदिने कुनै पनि पाप छैन ।
- कयिनलाई परमेश्वरले आफूबाट टाढा लखेटेपछि तिनले के गरे आउनुस् पढौं ।
आउनुस् उत्पत्ति ४:१६-१९ र २३ पढौं ।
16 तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।
17 कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो।
18 हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो।
19 लेमेकले दुइवटी स्त्रीहरूसित विवाह गर्यो, तिनीहरूको नाउँ आदा र सिल्ला थियो।
23 लेमेकले आफ्ना पत्नीहरूलाई भने, “हे आदा र सिल्ला ! लेमेकका पत्नीहरू हो, म के भन्छु, सुन।
मलाई चोट पुर्याउने मानिसलाई मैले मारें, त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें।
- कयिनले परमेश्वरको कुरा सुन्न अस्वीकार गरे ।
- कयिनले केवल शैतानको कुरा माने ।
- कयिनका दरसन्तानहरूले पनि कयिनकै उदाहरण पछ्याए ।
- कयिनका दरसन्तानहरूले पनि परमेश्वरको कुरा सुन्न अस्वीकार गरे ।
- कयिनका दरसन्तानहरूले पनि केवल शैतानको कुरा माने ।
- कयिनका दरसन्तानहरूले परमेश्वरको मार्ग पछ्याउन अस्वीकार गरे ।
- कयिनका दरसन्तानहरूले केवल तिनीहरूको आफ्नै बाटो पछ्याए ।
- कयिनले तिनको भाइ हाबिलको हत्या गरेजस्तै कयिनको एकजना दरसन्तान लेमेखले एकजना मानिसको हत्या गरे ।
- किनभने कयिनले परमेश्वरको कुरा सुन्न अस्वीका गरेको हुनाले कयिनका दरसन्तानले कयिनको उदाहरण पछ्याए र परमेश्वरको कुरा सुन्न पनि अस्वीकार गरे ।
- हामी सबैले परमेश्वरको कुरा सुन्नु महत्त्वपूर्ण छ ।
- यदि हामीले परमेश्वरको कुरा सुनेनौं भने हाम्रा छोराछोरीले पनि हाम्रै उदाहरण पछ्याउनेछन् र परमेश्वरको कुरा सुन्ने छैनन् ।
- कयिन र तिनका दरसन्तानहरू परमेश्वरको निम्ति जिएका थिएनन् ।
- कयिन र तिनका दरसन्तानहरू के का निम्ति जिएका थिए ?
- तिनीहरू केवल मोजमज्जा, पैसा र भौतिक सम्पत्तिको निम्ति जिएका थिए ।
- हामी पैसा र भौतिक सम्पत्तिको निम्ति जिउनुहुँदैन ।
- पैसा र भौतिक सम्पत्तिले हामीलाई बचाउँदैन ।
- केवल परमेश्वरले मात्रै हामीलाई बचाउन सक्नुहुन्छ ।
- केवल परमेश्वरले मात्रै हामीलाई शैतानको शक्तिबाट बचाउन सक्नुन्छ ।
- किनभने कयिनले हाबिलको हत्या गरेको हुनाले आदम र हव्वाले अर्को छोरा जन्माए ।
- आदम र हव्वाले तिनको नाम शेत राखे ।
आउनुस् उत्पत्ति ४:२५ पद पढौं ।
25 आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।”
- आदम र हव्वाले अदनको बगैँचामा पाप गरिसकेपछि परमेश्वरले तिनीहरूका निम्ति उद्धारकर्ता पठाइदिने प्रतिज्ञा गर्नुभएको कुरा तपाईंलाई सम्झना छ ?
- परमेश्वरले हाबिलको वंशद्वारा उद्धारकर्ता पठाउने योजना बनाउनुभयो किनभने तिनी परमेश्वरमा बाँचे ।
- तर शैतानले कयिनलाई हाबिलको हत्या गर्न उक्सायो ।
- शैतनले कयिनलाई हाबिलको हत्या गर्न उक्सायो किनभने ऊ चाहदैनथ्यो कि परमेश्वरले शैतानबाट मानिसहरूलाई बचाउन उद्धारकर्ता पठाउनुहोस् ।
- किनभने कयिनले हाबिलको हत्या गरेको हुनाले के शैतानले परमेश्वरलाई उहाँले गर्न भनेर निर्णय गरेका कुराहरू गर्नबाट रोक्यो ?
- रोकेन ।
- कसैले पनि परमेश्वरलाई उहाँले गर्न भनि निर्णय गरेका कामहरू गर्नबाट रोक्न सक्दैन ।
- किनभने कयिनले हाबिलको हत्या गरेको हुनाले के परमेश्वरले उद्धारकर्ता पठाउने भनी आफूले गर्नुभएको प्रतिज्ञा भुल्नुभयो ?
- भुल्नुभएन ।
- परमेश्वरले कहिल्यै पनि उहाँले गर्नुभएको प्रतिज्ञा भुल्नुहन्न ।
- परमेश्वरले किन आदम र हव्वालाई अर्को छोरा दिनुभयो जसको नाम शेत थियो ?
- किनभने कयिनले हाबिलको हत्या गरे त्यसैले परमेश्वरले शेतको वंशबाट उद्धारकर्ता पठाउने निर्णय गर्नुभयो ।
- परमेश्वर आफूले थालेका सबै कामहरू पूरा गर्नुहुन्छ ।
- परमेश्वरलाई कसैले पनि रोक्न सक्दैन ।
- परमेश्वरलाई शैतानले पनि रोक्न सक्दैन ।
- शेत हुर्किए र बिहे गरे ।
- शेतकी स्वस्नीले एउटा छोरा जन्माइन् ।
- शेतले तिनका छोराको नाउ एनोश राखे ।
आउनुस् उत्पत्ति ४:२६ पद पढौं ।
26 सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरूले परमप्रभुलाई विश्वास गर्न थाले।
- परमेश्वरले हामीलाई उहाँको बाइबलमा भन्नुभएको छ कि जब शेतको सन्तान जन्मियो त्यस समयदेखि मानिसहरूले उहाँको नाउँको पुकारा गर्न शुरू गरे र उहाँमा विश्वास गरे ।
- हरेक मानिस जसले परमेश्वरलाई पुकार्दछ र परमेश्वरकहाँ परमेश्वरको बाटोबाट जान्छ, परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ ।
- कालो वा गोरो, धनी वा गरीब, जवान वा वृद्ध, महिला वा पुरुष जो भए तापनि ।
- परमेश्वरलाई पुकारा गर्न जो भए तापनि र परमेश्वरको बाटोअनुसार परमेश्वरकहाँ जान्छ भने परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ ।
- शेत र तिनको परिवारले परमेश्वरमा विश्वास गरेको भए तापनि त्यतिबेला धेरै मानिसले परमेश्वरमा विश्वास गर्दैनथे ।
- त्यसको धेरै समय पछि आदम मरे ।
आउनुस् उत्पत्ति ५:४-५ पद पढौं ।
4 सेतको जन्म भएपछि आदम अझ 800 बर्ष सम्म जीवित रहे अनि उनको अरू पनि छोरा-छोरीहरू भए। 5 आदम 930 बर्षसम्म बाँचे र मरे।
- आदम किन मरे ?
- किनभने आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गरे र शैतानले भनेको माने ।
- हव्वा पनि मरिन् ।
- हव्वा किन मरिन् ?
- किनभने हव्वाले पनि परमेश्वरको आज्ञा उल्लङ्घन गरिन् र शैतानले भनेको कुरा मानिन् ।
- आदिमा संसारमा मृत्यु थिएन ।
- परमेश्वर आदम र हव्वा मरेको चाहनुहुन्थ्यो ।
- परमेश्वर कोही पनि मरेको चाहनुहुन्नथ्यो ।
- सबै मानिसहरू किन मर्छन् ?
- हाम्रो पापको कारणले गर्दा ।
- परमेश्वरले पापको निम्ति तोक्नुभएको दण्ड के हो ?
- मृत्यु ।
- परमेश्वरले अब हामीलाई शेतको वंशका हनोक नाउँ गरेका मानिसको कथा उहाँको बाइबलमा भन्नुहुन्छ ।
आउनुस् उत्पत्ति ५:२२-२३ पद पढौं ।
22 मतूशेलह जन्मेपछि हनोक 300 बर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरू छोरा-छोरीहरू जन्मे। 23 यसर्थ हनोक 365 बर्ष सम्म बाँचे।
- यद्यपि हनोकको पापमा जन्मिएका थिए तर पनि तिनले परमेश्वरमा विश्वास गरे र उहाँको आज्ञा माने ।
- हनोकले आफ्नो बारेमा के थाहा पाए ?
- हनोकलाई तिनी आफू आदम र हव्वाको सन्तानको रूपमा जन्मिएको थाहा थियो ।
- हनोकलाई तिनी आफू अदनको बगैँचाभन्दा बाहिर जन्मिएको थाहा थियो ।
- हनोकलाई तिनी आफू पापमा जन्मिएको कुरा थाहा थियो ।
- हनोकलाई तिनीहरू मृत्युमा जन्मिएको कुरा थाहा थियो ।
- हनोकले परमेश्वरको बारेमा के थाहा पाए ?
- हनोकलाई परमेश्वर पवित्र हुनुहुन्थ्यो भन्ने थाहा थियो ।
- हनोकलाई परमेश्वरले सबै पापको दण्ड मृत्यु दिनुहुन्छ भन्ने थाहा थियो ।
- हनोकलाई केवल परमेश्वरले मात्रै तिनलाई बचाउन सक्नुहुन्छ भन्ने थाहा थियो ।
- हनोकलाई परमेश्वरले मानिसहरूलाई शैतानबाट बचाउन एकजना उद्धारकर्ता पठाउनुहुन्छ भन्ने विश्वास थियो ।
- हनोकले अरू मानिसहरूलाई पनि परमेश्वरमा विश्वास गर्न आग्रह गरे ।
- तर धेरैजसो मानिसहरूले हनोकको कुरा सुन्न अस्वीकार गरे ।
- धेरैजसो मानिसहरूले परमेश्वरमा विश्वास गर्न अस्वीकार गरे ।
आउनुस् उत्पत्ति ५:२४ पद पढौं ।
24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।
- हनोकमाथि कस्तो अचम्मको घटना घट्यो ?
- परमेश्वरले हनोकलाई आफूसँगै स्वर्गमा रहनलाई लानुभयो ।
- स्वर्ग कस्तो छ ?
- स्वर्ग भनेको सुन्दर ठाउँ हो जहाँ उदासी र आँशु हुँदैन ।
- स्वर्ग भनेको सुन्दर ठाउँ हो जहाँ बिमारी र मृत्यु हुँदैन ।
- स्वर्ग भनेको त्यहाँ हो जहाँ परमेश्वर र उहाँका स्वर्गदूतहरू निवास गर्छन् ।
- तपाईंहरूमध्ये धेरै जना अमेरका जानुभएको छ ?
- छनौं ।
- तपाईंहरूमध्ये धेरै जना अमेरिका नजानुभए तापनि अमेरिका त्यहाँ छ ।
- हामीमध्ये कोही पनि स्वर्ग नगए तापनि स्वर्ग त्यहाँ छ ।
- स्वर्ग कहाँ छ ?
- स्वर्ग सूर्य, चन्द्रमा र ताराहरूभन्दा धेरै पर छ ।
- परमेश्वरले हनोकलाई किन स्वर्गमा लानुभयो ?
- के हनोकले कहिल्यै पाप गरेका थिएनन् ?
- होइन ।
- हनोक आदम र हव्वाका दरसन्तान थिए अरू सबै मानिसहरूजस्तै ।
- हनोक पापमा जन्मिएका थिए अरू सबै मानिसहरूजस्तै ।
- त्यसो भए हनोकलाई परमेश्वरले किन स्वर्गमा लानुभयो त ?
- किनभने हनोकले परमेश्वरको आज्ञा माने ।
- किनभने हनोक परमेश्वरकहाँ परमेश्वरको मार्ग भएर मात्रै गए ।
- किनभने परमेश्वरले नै सबै मानिसहरूलाई बनाउनुभएको हो त्यसैले परमेश्वर नै सबैका मालिक हुनुहुन्छ ।
- किनभने परमेश्वरले नै सबै मानिसहरूलाई बनाउनुभएको हो त्यसैले परमेश्वर सबै मानिससँग आफूले जसरी चाह्यो त्यसरी व्यवहार गर्न सक्नुहुन्छ ।
- किनभने परमेश्वरले हनोकलाई बनाउनुभएको हो, हनोकले परमेश्वरको आज्ञा माने, उहाँले हनोकलाई स्वर्गमा लानुभयो ।
- हनोक मरेका थिएनन् ।
- हनोक मर्नुभन्दा पहिल्यै परमेश्वरले तिनलाई स्वर्गमा लानुभयो ।
- हनोक मात्रै एकजना हुन् जो मरेनन् र तिनलाई परमेश्वरले स्वर्गमा लानुभयो ।
- हनोकका छोराको नाउँ मतूशेलह थियो ।
आउनुस् उत्पत्ति ५:२५-२७ पद पढौं ।
25 जब मतूशेलह 186 बर्षको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो। 26 लेमेक जन्मिएपछि मतूशेलह 682 बर्ष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरू पनि जन्मे। 27 यसर्थ मतूशेलह 969 बर्ष सम्म बाँचे।
- हनोकका छोरा मतूशेलह संसारका अरू सबै मानिसहरू भन्दा धेरै वर्ष बाँचे ।
- मतूशेलह ९६९ वर्ष बाँचेका थिए ।
आउनुस् उत्पत्ति ५:२८-२९ र ३२ पद पढौं ।
28 जब लेमेक 182 बर्षको थिए उनको एउटा छोरा जन्मियो। 29 उनले आफ्नो छोरोको नाउँ नूह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम देओस्।परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”
32 नूह 500 बर्ष पुगेपछि उनको शेम, हाम र येपेत नाउँ भएका छोराहरू जन्मे।
- मतूशेलहका नातिको नाउँ नोआ थियो ।
- नोआ र तिनका छोराहरूका बारेमा हामी अर्को पाठमा थाहा पाउनेछौं ।