पाठ १४
१. परमेश्वरको आज्ञा उल्लङ्घन गरिसकेपछि आदम र हव्वाले के गरे ?
- तिनीहरूले आफ्ना लागि पातका लुगा बनाए ।
२. किन आदम र हव्वाले आफ्ना लागि पातका लुगा बनाए ?
- किनभने तिनीहरूले आफ्नो पाप लुकाउने प्रयास गरे ।
३. के कसैले उसका पापहरू परमेश्वरबाट लुकाउन सक्छ ?
- सक्दैन ।
- कसैले पनि तिनीहरूका पाप परमेश्वरबाट लुकाउन सक्दैनन् ।
४. आदम र हव्वाले बनाएका पातका लुगा परमेश्वरले किन अस्वीकार गर्नुभयो ?
- परमेश्वर आदम र हव्वालाई तिनीहरू परमेश्वरलाई स्वीकारयोग्य हुने कुनै पनि कुरा बनाउन सक्षम छैनन् भन्ने सिकाउन चाहनुहुन्थ्यो ।
५. के हामी आफूले लगाएका लुगाद्वारा आफूलाई परमेश्वरलाई ग्रहणयोग्य हुने बनाउन सक्छौं ?
- सक्दैनौं ।
६. के हामी आफूले गरेका कामहरूद्वारा परमेश्वरलाई ग्रहणयोग्य बनाउन सक्छौं ?
- सक्दैनौं ।
७. को मात्रै एक हुनुहुन्छ जसले आदम र हव्वालाई परमेश्वरलाई स्वीकारयोग्य बनाउन सक्नुहुन्छ ?
- परमेश्वर ।
८. आदम र हव्वालाई लुगा बनाइदिनको निम्ति परमेश्वरले किन जनावरको वध गर्नुभयो ।
- परमेश्वर आदम र हव्वालाई सिकाउन चाहनुहुन्थ्यो ।
९. परमेश्वर आदम र हव्वालाई के सिकाउन चाहनुहुन्थ्यो ।
- अनाज्ञाकारिताले मृत्यु ल्याउँछ ।
- पापले मृत्यु ल्याउँछ ।
- पापको दण्ड मृत्यु हो ।
१०. परमेश्वरले आदम र हव्वाको निम्ति किन लुगा बनाउनुभयो ?
- किनभने परमेश्वरले आदम र हव्वालाई प्रेम गर्नुभयो ।
११. परमेश्वरले आदम र हव्वा स्वयम्लाई आफै लुगा लगाउन किन अनुमति दिनुभएन ?
- परमेश्वर आदम र हव्वालाई केवल परमेश्वरले मात्रै मानिसलाई ढाक्नसक्नुहुन्छ भन्ने सिकाइरहनुभएको थियो ।
- परमेश्वर आदम र हव्वालाई जसले आफ्नै बाटो पछ्याउँछ ऊ परमेश्वरका निम्ति स्वीकारयोग्य हुँदैन भनि सिकाइरहनुभएको थियो ।
१२. आदम र हव्वा कहिल्यै पनि अदनको बगैँचामा फेरि घुस्न नपाऊन् भनेर परमेश्वरले के गर्नुभयो ?
- परमेश्वरले करुब नाउँ गरेका स्वर्गदूत र ज्वालामय तरवार अदनको बगैँचाको मुख्य प्रवेशद्वारमा राख्नुभयो ।
- परमेश्वरले तिनीहरूलाई अदनको बगैँचाबाट निकालिदिनुभएपछि आदम र हव्वालाई के भयो ?
आउनुस् उत्पत्ति ४:१ पद पढौं ।
आफ्नी पत्नी हव्वासँग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”
- परमेश्वरले आदम र हव्वालाई अदनको बगैँचाबाट निकालिदिनुभएपछि हव्वाले एकजना छोरा जन्माईन् ।
- हव्वाले तिनको पहिलो छोराको नाम कियन राखिन् ।
- हव्वाले किन परमेश्वरको सहयोगबाट छोरा जन्माएँ भनिन् ।
- किनभने हव्वालाई परमेश्वर नै सबै जीवनका दाता हुनुहुन्छ भन्ने थाहा थियो ।
- कसले मात्रै सबै मानिसलाई जीवन दिनुहुन्छ ?
- परमेश्वरले ।
- परमेश्वरले मात्रै सबै मानिसलाई जीवन दिनुहुन्छ ।
- परमेश्वरले मात्रै तपाईँलाई पनि जीवन दिनुहुन्छ ।
आउनुस् उत्पत्ति ४:२ पद पढौं ।
2 तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेंडा गोठालो भयो अनि कयिन खेतीवाला भयो ।
- पछि हव्वाले दोस्रो छोरालाई जन्म दिईन् ।
- हव्वाले त्यस छोराको नाम हाबिल राखिन् ।
- कयिन र हाबिल कहाँ जन्मिएका थिए ?
- अदनको बगैँचाभन्दा बाहिर ।
- कयिन र हाबिल किन अदनको बगैँचाभन्दा बाहिर जन्मिएका थिए ?
- किनभने तिनीहरूका पिता आदम र माता हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर पाप गरे र परमेश्वरले त्यसैले तिनीहरूलाई अदनको बगैँचाबाट बाहिर निकालिदिनुभयो ।
- किनभने आदम र हव्वा अदनको बगैँचाबाट बाहिर निकालिए त्यसैले तिनीहरूका सन्तान अदनको बगैँचाभन्दा बाहिर जन्मिए ।
- किनभने आदम र हव्वा अब अदनको बगैँचाभन्दा बाहिर बसोबास गर्थे त्यसैले तिनीहरूका सन्तान अदनको बगैँचाभन्दा बाहिर जन्मिए ।
- यहाँ दुईवटा उदाहरणहरू छन् ।
- यदि तपाईंका मातापिता कालो छालाका छन् भने तपाईं पनि कालै जन्मिनुहुन्छ होइन त ?
- हो ।
- यदि तपाईंका मातापिता गोरो छालाका छन् भने तपाईं पनि गोरै जन्मिनुहुन्छ होइन त ?
- किनभने परमेश्वरले आदम र हव्वालाई अदनको बगैँचाबाट बाहिर निकालिदिनुभयो त्यसैले कयिन र हाबिल अदनको बगैँचाभन्दा बाहिर जन्मिए ।
- किनभने परमेश्वरले आदम र हव्वालाई अदनको बगैँचाबाट निकालिदिनुभयो त्यसैले अब सबै मानिस कहाँ जन्मिन्छन् ?
- अदनको बगैँचाभन्दा बाहिर ।
- कयिन र हाबिल अदनको बगैँचाभन्दा बाहिर जन्मिएका थिए ।
- सबै मानिसहरू अदनको बगैँचाभन्दा बाहिर जन्मिन्छन् ।
- अदनको बगैँचाभन्दा बाहिर बिमारी छ ।
- अदनको बगैँचाभन्दा बाहिर घृणा छ ।
- अदनको बगैँचाभन्दा बाहिर पाप छ ।
- अदनको बगैँचाभन्दा बाहिर मृत्यु छ ।
- सबै मानिसहरू अब अदनको बगैँचाभन्दा बाहिर जन्मिन्छन् ।
- सबै मानिसहरू बिमारीमा जन्मिन्छन् ।
- सबै मानिसहरू घृणामा जन्मिन्छन् ।
- सबै मानिसहरू पापमा जन्मिन्छनन् ।
- सबै मानिसहरू मृत्युमा जन्मिन्छन् ।
- सबै मानिसहरू परमेश्वरबाट अलग भएर जन्मिन्छन् ।
- सबै मानिसहरू शैतानको दासझैं भएर जन्मिन्छन् ।
- सबै मानिसहरू शैतानलाई मालिक बनाएर जन्मिन्छन् ।
- किन सबै मानिसहरू शैतानलाई मालिक बनाएर जन्मिन्छन् ?
- किनभने हाम्रा पिता आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गरे र पाप गरे ।
- किनभने हाम्रा पिता आदमले शैतानको कुरा सुने ।
- यहाँ एउटा अर्को उदाहरण छ ।
- मानौं यहाँ कुनै विद्रोही जाति छ जसले तपाईंको जातिका सबै मानिसहरूलाई मार्न चाहन्छ ।
- एकदिन तपाईंको जातिको कुनै एउटा मानिस त्यस शत्रु जातिकहाँ गयो, तिनीहरूसँगै बस्यो, तिनीहरू जस्तै बन्यो र तिनीहरूकै एउटी केटीसँग विवाह गर्यो ।
- जब त्यस मानिसले बच्चा जन्मायो त्यसका सन्तान कस्ता हुन्छन् ?
- त्यही विद्रोही जातिजस्तै ।
- किनभने हाम्रा पिता आदमले शैतानको कुरा सुने र शैतानको दास बने त्यसैकारणले सबै मानिसहरू शैतानको दासझैं जन्मिन्छन् ।
- किनभने हाम्रा पिता आदमले शैतानको कुरा सुने र शैतान तिनको मालिक बन्यो त्यसैकारणले सबै मानिसहरू शैतानलाई मालिक बनाएर जन्मिन्छन् ।
- एकदिन कयिन र हाबिलले परमेश्वरकहाँ बलिदान चढाउन ल्याए ।
आउनुस् उत्पत्ति ४:३ पद पढौं ।
3 केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो
- कयिनले परमेश्वरलाई चढाउन बलिदानस्वरूप के ल्याए ?
- कयिनले केही अनाज परमेश्वरलाई चढाउन ल्याए ।
- हाबिलले परमेश्वरलाई चढाउन बलिदानस्वरूप के ल्याए ?
आउनुस् उत्पत्ति ४:४क पद पढौं ।
4 हाबिलले पनि आफ्नो भेंडाको बथानबाट पहिले जन्मेको भेंडाको उत्तम भाग चढाउन ल्यायो।
- हाबिलले परमेश्वरलाई चढाउन भेडाको बोसे भाग ल्याए ।
- कयिन र हाबिलले किन परमेश्वरलाई बलिदान चढाए ?
- किनभने परमेश्वरले कयिन र हाबिललाई उहाँको सामु आउनको लागि बलिदान चढाउनै पर्छ भन्नुभयो ।
- कयिन र हाबिल आफ्नै सामर्थ्यले परमेश्वरको सामु जान सक्दैनथे ।
- किन कयिन र हाबिल आफ्नै सामर्थ्यले परमेश्वरको सामु जान सक्दैनथे ?
- किनभने तिनीहरूले पाप गरेका थिए र परमेश्वरबाट अलग भएका थिए ।
- किनभने परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ र सबै पापलाई दण्ड दिनुहुन्छ ।
- किनभने कयिन र हाबिल परमेश्वर सामु जान सक्दैनथे त्यसैले परमेश्वरले तिनीहरूलाई उहाँसम्म जाने बाटो बनाइदिनुभयो ।
- परमेश्वरले कयिन र हाबिललाई उहाँसामु जानसक्ने बनाइदिनुभएको बाटो के थियो ?
- परमेश्वरले कयिन र हाबिललाई भेडो बलिदान दिन भन्नुभयो ।
- किन परमेश्वरले कयिन र हाबिललाई भेडो बलिदान दिन भन्नुभयो ?
- परमेश्वर कयिन र हाबिललाई सिकाउन चाहनुहुन्थ्यो ।
- परमेश्वर कयिन र हाबिललाई के सिकाउन चाहनुहुन्थ्यो ।
- परमेश्वर कयिन र हाबिलले भेडाको रगत देखून् र पापले मृत्यु ल्याउँछ भन्ने कुरा जानून् भन्ने चाहनुहुथ्यो ।
- के भेडाको रगत कयिन र हाबिललाई बचाउन सफल भयो ?
- अहँ, भएन ।
- किन भेडाको रगतले कयिन र हाबिललाई बचाउन सकेन ।
- किनभने भेडाले पाप गरेको थिएन ।
- तर केवल कयिन र हाबिलले पाप गरेका थिए ।
- किनभने जनावरको रगतले मानिसको पापको मोल तिर्न सक्दैन ।
- परमेश्वरले कयिन र हाबिललाई परमेश्वर मात्रै तिनीहरूलाई बचाउन सक्षम हुनुहुन्छ भन्ने सिकाउन चाहनुहुन्थ्यो ।
- परमेश्वरले कयिन र हाबिललाई तिनीहरू परमेश्वरले भनेअनुसार गरे मात्रै उहाँकहाँ आउनसक्छन् भन्ने सिकाउन चाहनुहुन्थ्यो ।
- परमेश्वरले हाबिल र तिनको बलिदानबारे के विचार गर्नुभयो ?
आउनुस् उत्पति ४:४ख पद पढौं ।
अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो।
- परमेश्वरले किन हाबिल र तिनको बलिदान ग्रहण गर्नुभयो ?
- किनभने हाबिलले परमेश्वरले भनेको माने ।
- किनभने हाबिलले परमेश्वरसामु बलिदान स्वरूप भेडो ल्याए ।
- किनभने हाबिले परमेश्वरले भनेअनुसारको कुरा ल्याएर उहाँकहाँ आए ।
- हाबिलले आफ्नो बारेमा के थाहा पाए ?
- हाबिलले आफू पापमा जन्मिएको कुरा थाहा पाए ।
- हाबिलले तिनको पापको दण्ड मृत्यु हो भन्ने थाहा पाए ।
- हाबिलले परमेश्वरको बारेमा के कुरा थाहा पाए ?
- हाबिलले परमेश्वर पवित्र हुनुहुन्छ भन्ने कुरा थाहा पाए ।
- हाबिलले परमेश्वरले सबै पापको दण्ड मृत्यु दिनुहुन्छ भन्ने थाहा पाए ।
- हाबिलले परमेश्वरले मात्रै तिनलाई बचाउन सक्नुहुन्छ भन्ने कुरा थाहा पाए ।
- हाबिलले परमेश्वरले तिनले गरका पापहरूबाट तिनलाई जोगाउन उद्धारकर्ता पठाउनहुन्छ भन्ने कुरा पनि विश्वास गरे ।
- त्यसकारण हाबिलले परमेश्वरको आज्ञा माने र एउटा भेडो बलिदानस्वरूप उहाँकहाँ ल्याए ।
- किनभने हाबिलले परमेश्वरको आज्ञा मानेको कारणले परमेश्वरले हाबिलले ल्याएको बलिदान ग्रहण गर्नुभयो ।
- किनभने हाबिल परमेश्वरकहाँ परमेश्वरको मार्गबाट गए त्यसैकारणले परमेश्वरले हाबिलले ल्याएको बलिदान ग्रहण गर्नुभयो ।
- कयिन र तिनले ल्याएको बलिदानको बारेमा परमेश्वरले के विचार गर्नुभयो ?
आउनुस् उत्पत्ति ४:५ पद पढौं ।
5 तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो।
- परमेश्वरले किन कयिन र तिनले ल्याएको बलिदान अस्वीकार गर्नुभयो ?
- के परमेश्वरले अनाज मन पराउनुहुँदैनथ्यो त्यसैले ?
- होइन ।
- परमेश्वरले नै अनाजको सृष्टि गर्नुभएको थियो ।
- त्यसोभए परमेश्वरले किन कयिन र तिनले ल्याएको अनाज ग्रहण गर्नुभएन ?
- किनभने कयिनले परमेश्वरको आज्ञा उल्लङ्घन गरे ।
- किनभने कयिनले परमेश्वलाई बलिदानस्वरूप भेडो चढाउन ल्याएनन् ।
- किनभने कयिन उनको आफ्नै तरिकाले परमेश्वरकहाँ जान खोजे नकि परमेश्वरको तरिकाले ।
- कयिनले आफ्नो बारेमा के विचार गरे ?
- कयिनले आफू पापमा जन्मिएको कुरा विचार गरेनन् ।
- कयिनले तिनको पापको दण्ड मृत्यु नै हो भन्ने कुरा विचार गरेनन् ।
- कयिनले परमेश्वरको बारेमा के विचार गरे ?
- कयिनले परमेश्वर पवित्र हुनुहुन्छ भन्ने कुरा विचार गरेनन् ।
- कयिनले परमेश्वरले सबै पापको दण्ड मृत्यु दिनुहुन्छ भन्ने कुरा विचार गरेनन् ।
- कयिनले परमेश्वरले मात्रै तिनलाई बचाउन सक्नुहुन्छ भने कुरा विचार गरेनन् ।
- कयिनले तिनले गरेका पापबाट तिनलाई बचाउन एकजना उद्धारकर्ता चाहिन्छ भन्ने विचार गरेनन् ।
- कयिनले तिनले गरेका पापबाट तिनलाई बचाउन उद्धारकर्ता आऊन् भन्ने चाहेनन् ।
- किनभने कयिनले परमेश्वरको आज्ञा मानेनन् त्यसैले परमेश्वरले कयिनको बलिदान ग्रहण गर्नुभएन ।
- किनभने कयिन परमेश्वरकहाँ परमेश्वरको बाटो भएर आएनन् त्यसैले परमेश्वरले कयिनको बलिदान ग्रहण गर्नुभएन ।
- किन परमेश्वरले आदम र हव्वाले बनाएको लुगा अस्वीकार गर्नुभयो भन्ने कुरा तपाईंलाई सम्झना छ ?
- किनभने परमेश्वर आदम र हव्वालाई तिनीहरूले परमेश्वरलाई ग्रहणयोग्यहुने कुनै पनि कुरा बनाउन सक्दैनन् भन्ने थाहा पाऊन् भन्ने चाहनुहुन्थ्यो ।
- परमेश्वरले कयिनले तिनले परमेश्वरलाई ग्रहणयोग्य हुने कुने पनि कुरा बनाउन सक्दैनन् भन्ने थाहा पाऊन् भन्ने चाहनुहुन्थ्यो ।
- कयिनले ल्याएको बलिदान अस्वीकार गरिसकेपछि परमेश्वरले कयिनलाई के भन्नुभयो ?
आउनुस् उत्पत्ति ४:६-७
6 परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? 7 तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।”
- कयिनको बलिदान अस्वीकार गरिसकेपछि परमेश्वर किन कयिनसँग बोल्नुभयो ?
- किनभने परमेश्वरले कयिनलाई प्रेम गर्नुभयो ।
- किनभने परमेश्वरले कयिनले तिनको पाप स्वीकार गरून् भन्ने चाहभयो ।
- परमेश्वरले कयिनले तिनको आफ्नै तरिकाद्वारा परमेश्वरकहाँ आउन सक्दैनन् भन्ने बझून् भन्ने चाहनुभयो ।
- परमेश्वरले कयिनले तिनी परमेश्वरको तरिकाद्वारा मात्रै परमेश्वरकहाँ आउन सक्छन् भनेने बझून् भन्ने चाहनुभयो ।
- परमेश्वरले कयिनले आत्मिक आगोको दहमा नपरून् भनेर तिनलाई बुझून् भन्ने चाहनुभयो ।
- के कयिनले परमेश्वको कुरा सुने ?
आउनुस् उत्पत्ति ४:८ पद पढौं ।
8 कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरू खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।
- के कयिनले परमेश्वको कुरा सुने ?
- सुनेनन् ।
- कयिनले कसको कुरा सुने ?
- कयिनले शैतानको कुरा सुने ।
- कयिनले के गरे ?
- कयिन रिसाए र तिनका भाइ हाबिलको हत्या गरे ।
- शैतान आदम र हव्वा मरेको चाहन्थ्यो ।
- शैतान कयिनले हाबिलको हत्या गरून् भन्ने पनि चाहन्थ्यो ।
- शैतान सबै मानिसहरूलाई घृणा गर्छ ।
- शैतान सबै मानिसहरू मरून् भन्ने चाहन्छ ।
- शैतान सबै मानिसहरूलाई मार्न चाहन्छ ।
- शैतानले कयिनलाई तिनका भाइ हाबिलको हत्या गर्न भन्यो र कयिनले शैतानको कुरा माने ।
- आदम र हव्वाले शैतानको कुरा मानेजस्तै कयिनले पनि शैतानको कुरा माने ।
- कयिनले गरेको कुरा के परमेश्वरले देख्नुभयो ?
- देख्नुभयो ।
- परमेश्वर सबै कुरा देख्नुहुन्छ र सबै कुरा थाहा पाउनुहुन्छ ।
- कयिनले तिनका भाइ हाबिलको हत्या गरिसकेपछि परमेश्वरले कयिनलाई के भन्नुभयो ?
आउनुस् उत्पत्त ४:९ पद पढौं ।
9 तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”
तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”
- परमेश्वरले कयिनलाई किन प्रश्न गर्नुभयो ?
- कयिनले तिनको पाप स्वीकार गरून् भन्ने परमेश्वर चाहनुहुन्थ्यो ।
- कयिनले परमेश्वरको आज्ञा उल्लङ्घन गरेका छन् भन्ने कुरा कयिनले उहाँलाई भनून् भन्ने परमेश्वर चाहनुहुन्थ्यो ।
- कयिनले मैले शैतानको कुरा सुने भनेर परमेश्वरलाई भनून् भन्ने परमेश्वर चाहनुहुन्थ्यो ।
- परमेश्वरले कयिनलाई अरू के कुरा भन्नुभयो ?
आउनुस् उत्पत्ति ४:१०-१२ पद पढौं ।
10 त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसँग कराउँदैछ। 11 तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरू हुने बनाइदिनेछु। 12 जब तैंले त्यो भूमिमा केही रोप्छस् तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिँड्ने छस्।”
- के परमेश्वरले कयिनलाई सजाय दिनुभयो ?
- हो, दिनुभयो ।
- परमेश्वरले सबै पापलाई दण्डित गर्नुहुन्छ ।
- परमेश्वरले सजाय नदिने कुनै पनि पाप छैन ।
- परमेश्वरले कयिनले गरेको पापमा कस्तो सजाय दिनुभयो ?
- परमेश्वरले कयिनलाई श्राप दिनुभयो ।
- परमेश्वरले कयिनले जमिन खनजोत गरे तापनि जमिन बाँझो बनोस् भनेर श्राप दिनुभयो ।
- कयिन धर्तिमा डुलुवा बन्नुपरोस् भनेर पनि श्राप दिनुभयो ।
- किनभने कयिनलले परमेश्वरको कुरा नसुनेर शैतानको कुरा सुनेको कारणले गर्दा परमेश्वरले तिनलाई टाढा लखेट्नुभयो ।
आउनुस् उत्पत्ति ४:१६ पद पढौं ।
16 तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।
- कयिनले परमेश्वरेको कुरा सुन्न अस्वीकार गरे ।
- त्यसैले परमेश्वरले कयिनलाई टाढा लखेट्नुभयो ।
- कयिनले तिनले गरेको पापमा पश्चाताप गर्न पनि अस्वीकार गरे ।
- त्यसैले परमेश्वरले कयिनलाई टाढा लखेट्नुभयो ।
- पछि जब कयिन मरे तिनी त्यसपछि आत्मिक दण्डमा परे ।
- परमेश्वरको कुरा सुन्न इन्कार गर्नु एकदमै मूर्ख विचार हो ।
- पापको पश्चाताप गर्न इन्कार गर्नु एकदमै मूर्ख विचार हो ।
- कयिनजस्तो नहुनुहोस् ।
- कयिनले तिनी पापमा जन्मिएका हुन् भन्ने कुरा विचार गर्न इन्कार गरे ।
- कयिनले तिनको पापको सजया मृत्यु हो भन्ने कुरा विचार गर्न इन्कार गरे ।
- कयिनले परमेश्वरको बाटो पछ्याउन इन्कार गरे ।
- कयिनले तिनको आफ्नै बाटो रोजे र आत्मिक दण्डको भागिदार बने ।