• Skip to main content

ChronologicalGospel.net

The Chronological Gospel

  • Why Teach the Bible Chronologically?
  • Chronological Gospel – What is it?
  • Lessons
  • Instructions for Translators
  • Chronological Teaching Videos
  • Testimonies
  • Hope Church

Nepali – 13

पाठ १३

१. आदम र हव्वाले उहाँको आज्ञा उल्लङ्घन गरेपछि परमेश्वरले के गर्नुभयो ?

  • आदम र हव्वाले उहाँको आज्ञा उल्लङ्घन गरे त्यसपछि परमेश्वरले आदमलाई बोलाउनुभयो ।

२. परमेश्वरले आदमलाई बोलाउनुभयो किनभने उहाँलाई आदम कहाँ छन् भन्ने थाहा थिएन हो ?

  • होइन ।
  • परमेश्वलाई सबै कुरा थाहा छ ।
  • परमेश्वर सबै कुरा देख्नुहुन्छ ।

३. परमेश्वरले आदमलाई किन बोलाउनुभयो ?

  • परमेश्वर आदमले उहाँसामु आएर तिनले गरेको पाप स्वीकार गरून् भन्ने चाहनुहुन्थ्यो ।
  • परमेश्वर आदमले उहाँसमु आएर तिनले परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कुरा जाहरे गरून् भन्ने चाहनुहुन्थ्यो ।
  • परमेश्वर आदमले उहाँसामु आएर तिनले शैतानको कुरा सुनेको कुरा परमेश्वरमा जाहेर गरून् भन्ने चाहनुहुन्थ्यो ।

४. परमेश्वरले सर्पलाई कसरी दण्ड दिनुभयो ?

  • अब सर्पले आफ्नो शरीरले घस्रेर हिँड्नु पर्नेभयो ।

५. परमेश्वरले हव्वालाई कसरी दण्ड दिनुभयो ?

  • हव्वाले अब बच्चालाई जन्मदिँदाखेरि धेरै सुत्केरी व्यथा सहनुपर्ने भयो ।

६. परमेश्वरले आदमलाई कसरी दण्ड दिनुभयो ?

  • आदमले पसिना निकालेर जमिन खन्नुपर्ने भयो र त्यसले दिने उब्जनीबाट गुजारा गर्नुपर्ने भयो ।

७. परमेश्वरले पृथ्वीलाई सराप दिनुभएको कुराका चिन्हहरू के हुन् ?

  • यहाँ धेरै काँडा र झारपात छन् ।
  • यहाँ धेरै खडेरी र बाढी छ ।
  • यहाँ धेरै विषालु बोटबिरुवा र सर्प छन् ।
  • जनावरहरूले मानिसलाई टोक्छन् ।
  • मानिसले कडा परिश्रम गर्नुपर्छ ।
  • मानिस बिरामी पर्छ ।
  • मानिस मर्छ ।

८. आदम र हव्वालाई सजाय दिइसकेपछि तत्कालै परमेश्वरले के गर्ने प्रतिज्ञा गर्नुभयो ?

  • आदम र हव्वालाई सजाय दिइसकेपछि तत्कालै परमेश्वरले एकजना उद्धारकर्ता पठाउने प्रतिज्ञा गर्नुभयो ।

९. उद्धारकर्ताले के गर्नुहुनेथियो ?

  • उद्धारकर्ता पापको शक्तिबाट मानिसहरूलाई बचाउन आउनुहुनेथियो ।
  • उद्धारकर्ता मृत्युको शक्तिबाट मानिसहरूलाई बचाउन आउनुहुनेथियो ।
  • उद्धारकर्ता शैतानको शक्तिबाट मानिसहरूलाई बचाउन आउनुहुनेथियो ।

१०. उद्धारकर्ता को हुनुहुने वाला थियो ?

  • उद्धारकर्ता एकजना कुमारीको पुत्र हुनुहुने थियो ।

११. परमेश्वरले किन उद्धारकर्ता पठाउने प्रतिज्ञा गर्नुभयो ?

  • किनभने परमेश्वरले सबै मानिसहरूलाई धेरै प्रेम गर्नुहुन्छ ।

१२. के आदम र हव्वाले परमेश्वरको प्रेमको कदर गरे ?

  • अहँ, गरेनन् ।
  • परमेश्वरको आज्ञा उल्लङ्घन गरिसकेपछि आदम र हव्वाले के गरे ?
  • तिनीहरूले आफ्ना लागि पातका लुगा बनाए ।
  • किन आदम र हव्वाले आफ्ना लागि पातका लुगा बनाए ?
  • किनभने तिनीहरूले आफ्नो पाप लुकाउने प्रयास गरे ।
  • के कसैले उसका पापहरू परमेश्वरबाट लुकाउन सक्छ ?
  • सक्दैन ।
  • कसैले पनि तिनीहरूका पाप परमेश्वरबाट लुकाउन सक्दैनन् ।

 

  • तर परमेश्वरले आदम र हव्वाले बनाएका पातका लुगालाई अस्वीकार गरिदिनुभयो ।
  • आदम र हव्वाले बनाएका पातका लुगा परमेश्वरले किन अस्वीकार गर्नुभयो ?
  • के परमेश्वरलाई पात मन पर्दैनथ्यो ?
  • होइन ।
  • परमेश्वरले नै पातको सृष्टि गर्नुभएको थियो ।
  • त्यसोभए आदम र हव्वाले बनाएका पातका लुगा परमेश्वरले किन अस्वीकार गर्नुभयो त ?
  • परमेश्वर आदम र हव्वालाई तिनीहरू परमेश्वरलाई स्वीकारयोग्य हुने कुनै पनि कुरा बनाउन सक्षम छैनन् भन्ने सिकाउन चाहनुहुन्थ्यो ।
  • के हामी आफूले लगाएका लुगाद्वारा आफूलाई परमेश्वरलाई ग्रहणयोग्य हुने बनाउन सक्छौं ?
  • सक्दैनौं ।
  • जसले आफ्नै बाटो समात्छ त्यसलाई परमेश्वरले स्वीकार गर्नुहुनेछैन ।
  • जसले आफ्नै बाटो पछ्याउछ त्यसलाई परमेश्वरले स्वीकार गर्नुहुनेछैन ।
  • परमेश्वर हामीलाई परमेश्वरको बाटो मात्रै समातेको चाहनुहुन्छ ।
  • परमेश्वर हामीलाई परमेश्वरको बाट मात्रै पछ्याएको चाहनुहुन्छ ।
  • को मात्रै एक हुनुहुन्छ जसले आदम र हव्वालाई परमेश्वरलाई स्वीकारयोग्य बनाउन सक्नुहुन्छ ?
  • परमेश्वर ।
  • परमेश्वरले आदम र हव्वाको निम्ति के गर्नुभयो ?

आउनुस् उत्पत्ति ३:२१ पद पढौं ।

21 परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।

  • परमेश्वरले आदम र हव्वाको निम्ति जनावरको छालाको लुगा बनाइदिनुभयो ।
  • परमेश्वरले जनावरको छाला कहाँ फेला पार्नुभयो ।
  • परमेश्वरले जनावरको वध गर्नुभयो र त्यसको छाला निकाल्नुभयो ।
  • आदम र हव्वालाई लुगा बनाइदिनको निम्ति परमेश्वरले किन जनावरको वध गर्नुभयो ।
  • परमेश्वर आदम र हव्वालाई सिकाउन चाहनुहुन्थ्यो ।

 

  • परमेश्वर आदम र हव्वालाई के सिकाउन चाहनुहुन्थ्यो ।
  • अनाज्ञाकारिताले मृत्यु ल्याउँछ ।
  • पापले मृत्यु ल्याउँछ ।
  • पापको दण्ड मृत्यु हो ।

 

  • संसारमा भएको पहिलो शारीरिक मृत्यु परमेश्वरले जनावरलाई मार्दा भएको थियो ।
  • आदम र हव्वाको अनाज्ञाकारिताले मृत्यु ल्याएको थियो र पनि परमेश्वरले तिनीहरूका निम्ति लुगा बनाइदिनुभयो ।
  • परमेश्वरले आदम र हव्वाको निम्ति किन लुगा बनाउनुभयो ?
  • किनभने परमेश्वरले आदम र हव्वालाई प्रेम गर्नुभयो ।
  • आदम र हव्वा आफैले तिनीहरूका निम्ति लुगा लगाएका थिएनन् ।
  • आदम र हव्वालाई लुगा लगाइदिने परमेश्वर हुनुहुन्थ्यो ।
  • परमेश्वरले आदम र हव्वा स्वयम्‍लाई आफै लुगा लगाउन किन अनुमति दिनुभएन ?

 

  • परमेश्वर आदम र हव्वालाई केवल परमेश्वरले मात्रै मानिसलाई ढाक्नसक्नुहुन्छ भन्ने सिकाइरहनुभएको थियो ।
  • परमेश्वर आदम र हव्वालाई जसले आफ्नै बाटो पछ्याउँछ ऊ परमेश्वरका निम्ति स्वीकारयोग्य हुँदैन भनि सिकाइरहनुभएको थियो ।
  • परमेश्वर आदम र हव्वालाई जसले आफ्नै बाटो रोज्छ ऊ परमेश्वरका निम्ति स्वीकारयोग्य हुँदैन भनि सिकाइरहनुभएको थियो ।
  • परमेश्वर आदम र हव्वालाई परमेश्वरको बाटो मात्रै पछ्याउन सिकाइरहनुभएको थियो ।
  • परमेश्वर आदम र हव्वालाई परमेश्वरको बाटो मात्रै रोज्न सिकाइरहनुभएको थियो ।
  • आदम र हव्वालाई लुगा लगाइदिएपछि परमेश्वरले के गर्नुभयो ?

आउनुस् उत्पत्ति ३:२२-२३ पद पढौं ।

22 परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सधैँको निम्ति बाँच्नेछ।”

23 परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो।

  • पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर आदम र हव्वाको बारेमा कुरा गर्दैहुनुहुन्थ्यो ।
  • पहिले आदम र हव्वालाई असल कुरा मात्रै थाहा थियो ।
  • अहिले आदम र हव्वालाई दुष्ट्याइँ पनि थाहा भयो ।
  • पहिले आदम र हव्वालाई आज्ञाकारिता मात्रै थाहा थियो ।
  • अहिले आदम र हव्वालाई अनाज्ञाकारिता पनि थाहा भयो ।
  • पहिले आदम र हव्वालाई लाज के हो थाहा थिएन ।
  • अहिले आदम र हव्वालाई लाज के हो थाहा भयो ।
  • पहिले आदम र हव्वालाई जीवनको बारेमा मात्रै थाहा थियो ।
  • अहिले आदम र हव्वालाई मृत्युको बारेमा पनि थाहा भयो ।
  • किनभने आदम र हव्वाले पाप गरे त्यसैले परमेश्वरले तिनीहरूलाई तिनीहरूलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।

आउनुस् उत्पत्ति ३:२४ पद पढौं ।

24 उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।

  • आदम र हव्वा कहिल्यै पनि अदनको बगैँचामा फेरि घुस्न नपाऊन् भनेर परमेश्वरले के गर्नुभयो ?
  • परमेश्वरले करुब नाउँ गरेका स्वर्गदूत र ज्वालामय तरवार अदनको बगैँचाको मुख्य प्रवेशद्वारमा राख्नुभयो ।
  • परमेश्वरले त्यसो किन गर्नुभयो ?
  • परमेश्वर आदम र हव्वा अदनको बगैँचामा फेरि फर्केर आऊन् भन्ने चाहनुहुन्नथ्यो ।
  • परमेश्वर आदम र हव्वा किन अदनको बगैँचामा फेरि फर्केर आऊन् भन्ने चाहनुहुन्नथ्यो ।
  • किनभने आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरे र पाप गरे ।
  • के आदम र हव्वा मरे ?
  • हो, मरे ।
  • आदम र हव्वा कसरी मरे ?
  • आदम र हव्वा परमेश्वरबाट अलग भएका थिए ।
  • आदम र हव्वा परमेश्वरबाट अलग भएका थिए जसले तिनीहरूलाई जीवन दिनुभयो ।
  • आदम र हव्वा अब परमेश्वरमा रहिरहन सकेनन् ।
  • आदम र हव्वा अब परमेश्वरमा जीवित रहन सकेनन् ।
  • आदम र हव्वा परमेश्वरबाट अलग रहेर बस्नु पर्ने थियो ।
  • परमेश्वर पवित्र हुनुहुन्छ ।
  • परमेश्वर पापसँग बस्न सक्नुहुन्न ।
  • पापको निम्ति परमेश्वरको दण्ड मृत्यु हो ।
  • आदम र हव्वा सबै मानिसहरूका मातापिता हुन् ।
  • आदम र हव्वा मरेको कारणले गर्दा सबै मानिसले मर्नुपर्छ ।
  • आदम र हव्वा परमेश्वरबाट अलग भएको कारणले गर्दा सबै मानिसहरू परमेश्वरबाट अलग भएका छन् ।
  • परमेश्वर पवित्र हुनहुन्छ ।
  • परमेश्वर पापसँग बस्न सक्नुहुन्न ।
  • पापको निम्ति परमेश्वरको दण्ड मृत्यु हो ।