पाठ १२
१. जब शैतान हव्वालाई छल गर्न आयो त्यसबेला उसले आफूलाई कसरी लुकायो ?
– सर्प भित्र आफूलाई लुकायो ।
२. के आफूसँग सर्प बनेर कुरा गर्ने शैतान हो भन्ने हव्वालाई थाहा थियो ?
- थिएन ।
३.शैतानले किन आफूलाई सर्पमा लुकायो ?
- किनभने शैतान हव्वालाई पासोमा पार्न चाहन्थ्यो ।
- किनभने शैतान हव्वालाई छल गर्न चाहन्थ्यो ।
- किनभने शैतान हव्वालाई खतम पार्न चाहन्थ्यो ।
४.के शैतानले आज पनि मानिसहरूलाई पासोमा पार्न र छल गर्न कोशिस गर्छ ?
- हो, गर्छ ।
५. शैतानले कसरी आज मानिसहरूलाई पासोमा पार्न र छल गर्न कोशिस गर्छ ?
- पहिलो, शैतान हाम्रो समझसँग कुरा गर्छ ।
- दोस्रो, शैतान अरू मानिसहरूद्वारा कुरा गर्छ ।
- तेस्रो, शैतान उसका सहयोगी शैतानहरूद्वारा कुरा गर्छ ।
६.असल र खराबको ज्ञान दिने रूखको फल खाएमा तिनीहरूलाई के हुनेथियो भनेर परमेश्वरले आदमलाई भन्नुभयो ?
- तिनीहरू मर्नेछन् ।
७.तर शैतानले हव्वालाई तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए भने के हुन्छ भन्यो ?
- तिनीहरू मर्ने छैनन् ।
- तिनीहरू परमेश्वरजस्तै हुनेछन् ।
८. शैतानले परमेश्वरलाई के भनिरहेको थियो ?
- एकजा झूठो व्यक्ति ।
९. आदम र हव्वाले पाप गरिसकेपछि जब तिनीहरूले नाङ्गै छौं भन्ने थाहा पाए त्यसपछि तिनीहरूले के गरे ?
- तिनीहरूले पातका लुगा बनाएर लगाए ।
१०. आदम र हव्वाले पाप गरिसकेपछि जब तिनीहरूले परमेश्वर तिनीहरूलाई भेट्न आउँदै हुनुहुन्छ भन्ने सुने तिनीहरूले के गरे ?
- तिनीहरू परमेश्वरबाट लुके ।
११. के परमेश्वरबाट लुक्न सम्भव छ ?
- छैन, परमेश्वर जहाँसुकै हुनुहुन्छ ।
१२. शैतान कसलाई घृणा गर्छ ?
- शैतान परमेश्वर र सबै मानिसहरूलाई घृणा गर्छ ।
१३. के शैतान तपाईंले परमेश्वरको कुरा सुन्नुहोस् भन्ने चाहन्छ ?
- चाहदैन ।
१४. किन शैतान तपाईंले परमेश्वरको वचन सुनेको चाहदैन ?
- किनभने शैतान सबै मानिसहरूलाई घृणा गर्छ र तिनीहरू आत्मिक आगोको दहमा पुगून् भन्ने चाहन्छ ।
- आदम र हव्वाले उहाँको आज्ञा उल्लङ्घन गरेपछि परमेश्वरले के गर्नुभयो ?
आउनुस् उत्पत्ति ३:९
9 परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”
- जब आदम र हव्वाले उहाँको आज्ञा उल्लङ्घन गरे त्यसपछि परमेश्वरले आदमलाई बोलाउनुभयो ।
- परमेश्वरले आदमलाई बोलाउनुभयो किनभने उहाँलाई आदम कहाँ छन् भन्ने थाहा थिएन हो ?
- होइन ।
- परमेश्वलाई सबै कुरा थाहा छ ।
- परमेश्वर सबै कुरा देख्नुहुन्छ ।
- कोही पनि परमेश्वरबाट लुक्न सक्दैन ।
- परमेश्वरले आदमलाई किन बोलाउनुभयो ?
- परमेश्वर आदमले उहाँसामु आएर तिनले गरेको पाप स्वीकार गरून् भन्ने चाहनुहुन्थ्यो ।
- परमेश्वर आदमले उहाँसमु आएर तिनले परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कुरा जाहरे गरून् भन्ने चाहनुहुन्थ्यो ।
- परमेश्वर आदमले उहाँसामु आएर तिनले शैतानको कुरा सुनेको कुरा परमेश्वरमा जाहेर गरून् भन्ने चाहनुहुन्थ्यो ।
- परमेश्वरले आदमलाई किन बोलाउन सक्नुहुन्थ्यो ?
- किनभने आदमलाई परमेश्वरले बनाउनुभएको हो ।
- किनभने आदम परमेश्वरको अधीनमा छन् ।
- किनभने परमेश्वरले आदमलाई उहाँको आज्ञा मानून् भनेर सृष्टि गर्नुभएको हो ।
- परमेश्वरले मानिसहरूलाई किन बोलाउन सक्नुहन्छ ?
- किनभने सबै मानिसहरूलाई परमेश्वरले बनाउनुभएको हो ।
- किनभने सबै मानिसहरू परमेश्वरको अधीनमा छन् ।
- किनभने परमेश्वरले सबै मानिसहरूले उहाँको आज्ञा मानून् भनेर सृष्टि गर्नुभएको हो ।
- परमेश्वर परिवर्तन हुनुहुदैन ।
- परमेश्वरले अहिले पनि मानिसहरूलाई बोलाउनुहुन्छ ।
- आज परमेश्वरले मानिसहरूलाई कसरी बोलाउनुहुन्छ ?
- पहिलो, परमेश्वरले मानिसहरूलाई उहाँको सृष्टिद्वारा बोलाउनुहुन्छ ।
- परमेश्वरको सृष्टिले परमेश्वर हुनुहुन्छ भन्ने कुरा देखाउँछ र सबै कुरा परमेश्वरले नै बनाउनुभएको हो र परमेश्वर हामीले उहाँको कुरा सुनेको चाहनुहुन्छ भन्ने कुरा देखाउँछ ।
- दोस्रो, परमेश्वर मानिसहरूलाई उहाँको पुस्तकद्वारा बोलाउनुहुन्छ ।
- परमेश्वरको पुस्तक, बाइबल, तपाईंको निम्ति परमेश्वरको सन्देश हो ।
- परमेश्वरको पुस्तक, बाइबल, द्वारा परमेश्वर तपाईंसँग कुरा गर्नुहुन्छ ।
- जब परमेश्वरले आदमलाई बोलाउनुभयो तिनले के जवाफ दिए ?
आउनुस् उत्पत्ति ३:१० पद पढौं ।
10 तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”
- आदम र हव्वा परमेश्वरसँग किन डराएका थिए ?
- किनभने तिनीहरूले परमेश्वरको आज्ञा उल्लङ्घन गरेका थिए ।
- यहाँ एउटा उदाहरण छ ।
- जब चोरले आफ्नो बारीमा मकै चोरिरहेको बेलामा बारीको धनी त्यहाँ आइपुग्यो भने के चोर लुक्दैन र ?
- लुक्छ ।
- किनभने आदम र हव्वाले पाप गरे र परमेश्वरको आज्ञा उल्लङ्घन गरे त्यसैले तिनीहरू उहाँबाट लुके ।
- त्यसपछि परमेश्वरले आदमलाई के भन्नुभयो ?
आउनुस् उत्पत्ति ३:११ पद पढौं ।
11 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”
- परमेश्वरले आदमलाई किन कतै तिनले त्यो फल त खाएनन् भनेर किन सोध्यो ?
- के परमेश्वरलाई आदमले फल खाएका थिए भन्ने थाहा थिएन र ?
- थाहा थियो ?
- परमेश्वरले किन आदमलाई तिनले त्यो फल खाएकी भनेर सोध्नुभयो ?
- परमेश्वर आदमले उहाँसामु आएर तिनले गरेको पाप स्वीकार गरून् भन्ने चाहनुहुन्थ्यो ।
- परमेश्वर आदमले उहाँसामु आएर तिनले परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कुरा जाहरे गरून् भन्ने चाहनुहुन्थ्यो ।
- परमेश्वर आदमले उहाँसामु आएर तिनले शैतानको कुरा सुनेको कुरा परमेश्वरमा जाहेर गरून् भन्ने चाहनुहुन्थ्यो ।
- परमेश्वर आदमलाई किन प्रश्न गर्न सक्नुहुन्थ्यो ?
- किनभने परमेश्वर नै एक हुनुहुन्थ्यो जसले आदमलाई सृष्टि गर्नुभयो ।
- किनभने परमेश्वरले सबै मानिसहरूको सृष्टि गर्नुभयो त्यसैले उहाँले सबैलाई प्रश्न गर्न सक्नुहुन्छ ।
- एकदिन परमेश्वरले सबै मानिसहरूलाई प्रश्न सोध्नुहुनेछ र सबै मानिसहरूले परमेश्वरलाई जवाफ दिनुपर्नेछ ।
- परमेश्वरले आदमलाई सोध्नुभयो र आदमले के जवाफ दिए ?
आउनुस् उत्पत्ति ३:१२-१३ पद पढौं ।
12 त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।”
13 तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?”
तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”
- आदमले हव्वालाई दोष देखाए र हव्वाले सर्पलाई दोष लगाइन् ।
- परमेश्वरलाई सत्य कुरा पहिल्यै थाहा थियो ।
- कुनै पनि सत्य परमेश्वरबाट लुक्न सक्दैन ।
- कोही मानिस चोरी गर्दागर्दै पक्रियो भने उसले के गर्छ ?
- ऊ अरू कसैलाई दोष लगाउने कोशिस गर्छ ।
- हामी सायद अरू कसैलाई दोष लगाएर अरूलाई छल गर्नसक्छौं ।
- तर हामी अरू कसैलाई दोष लगाएर परमेश्वरलाई छल गर्न सक्दैनौं ।
- परमेश्वरलाई साँचो कुरा सधैँ थाहा हुन्छ ।
- जसले उहाँको आज्ञाको उल्लङ्घन गर्छ त्यसलाई परमेश्वरले सधैं दण्डित गर्नुहुन्छ ।
- जसले पाप गर्छ त्यसलाई परमेश्वरले सधैँ दण्डित गर्नुहुन्छ ।
- पहिलो, परमेश्वरले सर्पलाई दण्ड दिनुभयो ।
आउनुस् उत्पत्ति ३:१४ पद पढौं ।
14 तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले, तँलाई अन्य पशुहरू गाई-वस्तु र अरू सबै जङ्गली पशुहरूलाईभन्दा अझै ज्यादा श्राप दिनेछु । तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्।
- परमेश्वरले सर्पलाई कसरी दण्ड दिनुभयो ?
- अब सर्पले आफ्नो शरीरले घस्रेर हिँड्नु पर्नेभयो ।
- परमेश्वरले सर्पलाई किन दण्ड दिनुभयो ?
- सर्पले त हव्वासँग कुरा गरेको थिएन ।
- शैतानले पो हव्वासँग कुरा गरेको थियो ।
- त्यसोभए परमेश्वरले किन सर्पलाई दण्ड दिनुभयो ?
- किनभने परमेश्वरले सबै पापहरूलाई दण्डित गर्नुहुन्छ ।
- किनभने शैतानले सर्पलाई पापको निम्ति प्रयोग गर्यो ।
- परमेश्वरले सबै पापलाई दण्डित गर्नुहुन्छ ।
- दोस्रो, परमेश्वरले हव्वालाई दण्ड दिनुभयो ।
आउनुस् उत्पत्ति ३:१६ पद पढौं ।
16 त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो, “जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु, र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।”
- परमेश्वरले हव्वालाई कसरी दण्ड दिनुभयो ?
- हव्वाले अब बच्चालाई जन्मदिँदाखेरि धेरै सुत्केरी व्यथा सहनुपर्ने भयो ।
- हव्वाले पाएको दण्ड सबै महिलाले पाएको दण्ड हो ।
- अब सबै महिलाले बच्चा जन्माउँदाखेरि धेरै व्यथा सहनुपर्छ ।
- तेस्रो, परमेश्वरले आदमलाई दण्ड दिनुभयो ।
आउनुस् उत्पत्ति ३:१७-१९ पद पढौं ।
17 त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, “जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ,र म तिम्रो कारणले भूमिलाई सराप्ने छु, जुन खाद्य पदार्थ भूमिबाट तिमीले पाउनेछौ, त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।18 त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरू उमार्नेछ अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ। 19 तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुन्जेलसम्म मेहनत गर्नु पर्नेछ, मरुन्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
- परमेश्वरले आदमलाई कसरी दण्ड दिनुभयो ?
- आदमले पसिना निकालेर जमिन खन्नुपर्ने भयो र त्यसले दिने उब्जनीबाट गुजारा गर्नुपर्ने भयो ।
- आदमले पाएको सजाय सबै पुरुषले पाएको सजाय हो ।
- अब सबै पुरुषहरूले पसिना चुहाएर जमिन खन्छन् र अन्न उब्जनी गर्छन् ।
- परमेश्वरले आदमलाई अरू के सजाय दिनुभयो ?
- परमेश्वरले सारा पृथ्वीलाई सराप दिनुभयो ।
- परमेश्वरले पृथ्वीलाई सराप दिनुभएको कुराका चिन्हहरू के हुन् ?
- यहाँ धेरै काँडा र झारपात छन् ।
- यहाँ धेरै खडेरी र बाढी छ ।
- यहाँ धेरै विषालु बोटबिरुवा र सर्प छन् ।
- जनावरहरूले मानिसलाई टोक्छन् ।
- मानिसले कडा परिश्रम गर्नुपर्छ ।
- मानिस बिरामी पर्छ ।
- मानिस मर्छ ।
- किनभने आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेको हुनाले धर्ति श्रापित भयो ।
- किनभने आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेको हुनाले धर्ति दुष्ट्याइँले भरियो ।
- किनभने आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेको हुनाले सबै मानिस मर्छन् ।
- परमेश्वरले अनाज्ञाकारिताका निम्ति दिनुभएको दण्ड आत्मिक मृत्यु हो ।
- परमेश्वरले पापको निम्ति दिनुभएको दण्ड आत्मिक मृत्यु हो ।
- आदम र हव्वालाई दण्डित गरिसकेपछि परमेश्वरले के भन्नुभयो आउनुस् पढौं ।
आउनुस् उत्पत्ति ३:१५ पद पढौं ।
15 म तँ र त्यस स्त्रीमाझ
शत्रुता सृष्टि गर्नेछु । तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि
शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्
अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन् ।”
- परमेश्वरले कसको बारेमा कुरा गर्नुहुदैथियो ?
- परमेश्वर शैतानको बारेमा कुरा गर्नहुदैथियो ।
- परमेश्वरले शैतानलाई के भन्नुभयो ?
- परमेश्वरले शैतानलाई कसैले उसको टाउको कुच्याउनेछ र उसले त्यसको कुर्कुच्चो डस्नेछ भन्नुभयो ।
- कसले शैतानको टाउको कुच्याउने थियो ?
- उद्धारकर्ताले ।
- आदम र हव्वालाई सजाय दिइसकेपछि तत्कालै परमेश्वरले के गर्ने प्रतिज्ञा गर्नुभयो ?
- आदम र हव्वालाई सजाय दिइसकेपछि तत्कालै परमेश्वरले एकजना उद्धारकर्ता पठाउने प्रतिज्ञा गर्नुभयो ।
- उद्धारकर्ताले के गर्नुहुनेथियो ?
- उद्धारकर्ता पापको शक्तिबाट मानिसहरूलाई बचाउन आउनुहुनेथियो ।
- उद्धारकर्ता मृत्युको शक्तिबाट मानिसहरूलाई बचाउन आउनुहुनेथियो ।
- उद्धारकर्ता शैतानको शक्तिबाट मानिसहरूलाई बचाउन आउनुहुनेथियो ।
- उद्धारकर्ता शैतानको विरुद्धमा लडाइँ गर्न आउनुहुनेथियो ।
- शैतानले उद्धारकर्तालाई घाइते बनाउने थियो तर उहाँले शैतानलाई पराजित गर्नुहुनेथियो ।
- उद्धारकर्ता को हुनुहुने वाला थियो ?
- उद्धारकर्ता एकजना कुमारीको पुत्र हुनुहुने थियो ।
- परमेश्वरले किन उद्धारकर्ता पठाउने प्रतिज्ञा गर्नुभयो ?
- किनभने परमेश्वरले सबै मानिसहरूलाई धेरै प्रेम गर्नुहुन्छ ।
- के आदम र हव्वाले परमेश्वरको प्रेमको कदर गरे ?
- अहँ, गरेनन् ।
- किन आदम र हव्वाले परमेश्वरको प्रेमको कदर गरेनन् ?
- किनभने तिनीहरूले परमेश्वरको आज्ञाको उल्लङ्घन गरे र शैतानको कुरा सुने ।
- आदम र हव्वाको अनाज्ञाकारिताले के कुरा ल्यायो ?
- तिनीहरूको अनाज्ञाकारिताले आत्मिक मृत्यु ल्यायो ।
- आदम र हव्वाको अनाज्ञाकारिताले मृत्यु ल्यायो ।
- तर परमेश्वरले तिनीहरूलाई बचाउन उद्धारकर्ता पठाउने प्रतिज्ञा गर्नुभयो ।
- यहाँ एउटा उदाहरण छ ।
- एउटा मर्न लागिरहेको मानिस तपाईंको घरमा आउँछ ।
- तपाईं उसको निम्ति औषधि र खाना ल्याउनुहुन्छ ।
- ऊ तपाईंको घरमा धेरै दिन बस्छ ।
- अन्तत: ऊ निको हुन्छ ।
- त्यस मानिसले घर छोड्नु अघि तपाईंको गाई चोर्छ ।
- पछि फेरि त्यो मानिस फर्केर आउँछ र यसपालि पनि बिरामीले मर्न लागिरहेको हुन्छ ।
- एकपटक फेरि तपाईं त्यसको निम्ति औषधि र खाना किन्नुहुन्छ ।
- फरि एकपटक त्यो मानिस निको हुन्छ ।
- त्यस मानिसले फेरि तपाईंको गाई चोर्छ र सजायको भागिदार हुन्छ ।
- तर अझै तपाईंले भने त्यो मानिस निको होस् भनेर सहयोग गर्नुभयो ।
- आदम र हव्वाको अनाज्ञाकारिताले मृत्यु ल्यायो ।
- तर अझै परमेश्वरले भने एकजना उद्धारकर्ता पठाउने प्रतिज्ञा गर्नुभयो ।