• Skip to main content

ChronologicalGospel.net

The Chronological Gospel

  • Why Teach the Bible Chronologically?
  • Chronological Gospel – What is it?
  • Lessons
  • Instructions for Translators
  • Chronological Teaching Videos
  • Testimonies
  • Hope Church

Nepali – 11

पाठ ११

  • आदिमा आदम र हव्वा कहाँ बस्थे ?
  • अदनको बगैँचामा ।
  • अदनको बगैँचामा आदम र हव्वा कस्ता थिए ?
  • आदम र हव्वा धेरै खुशी थिए ।
  • आदम र हव्वा किन धेरै खुशी थिए ?
  • किनभने आदम र हव्वा परमेश्वर सँगसँगै हिँड्थे ।
  • किनभने आदम र हव्वालाई चाहिने सबै थोक तिनीहरूसँग थियो ।
  • तर परमेश्वरको शत्रु शैतान कहाँ थियो ?
  • जब परमेश्वरले आदम र हव्वालाई सृष्टि गरिरहनुभएको थियो शैतानले त्यो हेरिरहेको थियो ।
  • परमेश्वरले आदम र हव्वालाई उहाँको स्वरूपमा सृष्टि गर्नुभएको कुरा थाहा पाएर शैतान एकदमै रिसाएको थियो ।
  • परमेश्वरले आदमलाई पृथ्वीमा भएका सबै थोकको मालिक बनाउनुभएको कुरा थाहा पाएर शैतान एकदमै रिसाएको थियो ।
  • शैतानले परमेश्वरलाई घृणा गर्छ ।
  • परमेश्वरलाई आफूले परास्त गर्न सक्दिनँ भन्ने कुरा शैतानलाई थाहा थियो ।
  • त्यसकारण शैतानले आदम र हव्वालाई परास्त गर्ने निर्णय गर्‍यो ।
  • त्यसकारण शैतानले आदम र हव्वालाई खतम पार्ने निर्णय गर्‍यो ।
  • शैतानले आदम र हव्वालाई खतन पार्ने निर्णय गरेको कुरा तपाईं कसरी विचार गर्नुहुन्छ ?

आउनुस् उत्पत्ति ३:१ पद पढौं ।

परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरू मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट  फलखानु हुँदैन भनी मनाही गर्नु भएको छ ?”

  • के साँच्चै सर्पले नै हव्वासँग कुरा गरिरहेको थियो ?
  • अहँ, थिएन ।
  • वास्तवमा कसले हव्वासँग कुरा गरिरहेको थियो ?
  • शैतानले ।
  • के आफूसँग सर्प बनेर कुरा गर्ने शैतान हो भन्ने हव्वालाई थाहा थियो ?
  • थिएन ।
  • शैतान सर्पमा पसेको थियो ।
  • शैतान किन सर्पमा पसेको थियो ?
  • आफूलाई लुकाउनको लागि ।
  • शैतानले किन आफूलाई सर्पमा लुकायो ?
  • किनभने शैतान हव्वालाई पासोमा पार्न चाहन्थ्यो ।
  • किनभने शैतान हव्वालाई छल गर्न चाहन्थ्यो ।
  • किनभने शैतान हव्वालाई खतम पार्न चाहन्थ्यो ।
  • यहाँ एउटा उदाहरण छ ।
  • जब कुनै शिकारी जङ्गली जनावरलाई पासोमा पार्न चाहन्छ के उसले आफूलाई लुकाउँछ ?
  • हो, लुकाउँछ ।
  • यदि उसले आफूलाई लुकाएन भने के हुन्छ ?
  • उसले जङ्गली जनावरलाई पासोमा पार्न सक्दैन ।
  • जङ्गली जनावरलाई पासोमा पार्न शिकारीले आफूलाई लुकाएजस्तै सर्पले पनि हव्वालाई पासोमा पार्न आफूलाई लुकायो ।
  • के शैतानले आज पनि मानिसहरूलाई पासोमा पार्न र छल गर्न कोशिस गर्छ ?
  • हो, गर्छ ।
  • शैतानले कसरी आज मानिसहरूलाई पासोमा पार्न र छल गर्न कोशिस गर्छ ?
  • पहिलो, शैतान हाम्रो समझसँग कुरा गर्छ ।
  • दोस्रो, शैतान अरू मानिसहरूद्वारा कुरा गर्छ ।
  • तेस्रो, शैतान उसका सहयोगी शैतानहरूद्वारा कुरा गर्छ ।
  • पहिलो, शैतान हाम्रो समझसँग कुरा गर्छ ।
  • कहिलेकाहीँ शैतानले उसको विचार हाम्रो समझमा राखिदिन्छ ।
  • हामी ठान्छौं ती विचारहरू हाम्रै हुन् तर ती विचारहरू शैतानले हाम्रो समझमा राखिदिएका विचारहरू हुन् ।
  • शैतानले तपाईंलाई परमेश्वरको वचनमा विश्वास नगर्न भन्नेछ ।
  • त्यो विचार परमेश्वरबाट आएको होइन ।
  • त्यो विचार तपाईंको समझमा शैतानले राखिदिएको हो ।
  • दोस्रो, शैतान अरू मानिसहरूद्वारा कुरा गर्छ ।
  • अरू मानिसहरूले तपाईंलाई सायद परमेश्वरको वचन नसुन्नू भन्लान् ।
  • त्यो विचार परमेश्वरबाट आएको होइन ।
  • त्यो विचार शैतानले अरू मानिसहरूको समझमा राखिदिएको हो ।
  • अरू मानिसहरूले सायद तपाईंलाई भन्लान्, “हाम्रो आफ्नै मान्यता छँदैछ त्यसकारण हामीलाई यो नयाँ मन्यता चाहिँदैन ।”
  • त्यो विचार परमेश्वरबाट आएको होइन ।
  • त्यो विचार शैतानले अरू मानिसहरूको समझमा राखिदिएको हो ।
  • तेस्रो, शैतान उसका सहयोगी शैतानहरूद्वारा कुरा गर्छ ।
  • शैतानका सहयोगीहरूले तपाईंहरूका पुर्खासँग कुरा गरे ।
  • शैतानका सहयोगीहरूले तपाईंका पुर्खाहरूलाई तिनका सन्तानलाई आगोमा होम गर्न भने र तिनीहरूले त्यसै गरे ।
  • त्यो विचार परमेश्वरबाट आएको होइन ।
  • त्यो विचार तपाईंका पुर्खाको समझमा शैतान र उसका सहयोगीहरूले राखिदिएका थिए ।
  • के हव्वालाई सर्प बनेर आफूसँग कुरा गर्ने शैतान हो भन्ने थाहा थियो ?
  • थिएन ।
  • हव्वालाई आफूसँग शैतानले कुरा गरिरहेको छ भन्ने थाहा थिएन ।
  • किनभने शैतानले आफूलाई लुकाएको थियो ।
  • तपाईंका पुर्खाहरूलाई पनि तिनीहरूसँग कुरा गर्ने शैतान हो भन्ने थाहा थिएन ।
  • किनभने शैतानले आफूलाई लुकाएको थियो ।
  • शैतानले हव्वालाई पासोमा पार्न र छल गर्न आफूलाई लुकायो ।
  • शैतानले तपाईंका पुर्खाहरूलाई पासोमा पार्न र छल गर्न आफूलाई लुकायो ।
  • शैतान किन हव्वालाई पासोमा पार्न र छल गर्न चाहन्थ्यो ?
  • किनभने शैतानले हव्वालाई घृणा गर्‍यो ।
  • किनभने शैतानले हव्वालाई खतम गर्न चाह्यो ।
  • शैतानले किन तपाईंका पुर्खाहरूलाई पासोमा पार्न र छल गर्न चाह्यो ?
  • किनभने शैतान सबै मानिसहरूलाई घृणा गर्छ ।
  • किनभने शैतान सबै मानिसहरूलाई खतम गर्न चाहन्छ ।
  • आउनुस् फेरि एकचोटि शैतानले हव्वालाई सोधेको प्रश्न पढौं ।

आउनुस् उत्पत्ति ३:१ पद पढौं ।

परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरू मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फलखानु हुँदैन भनी मनाही गर्नु भएको छ?”

  • शैतानले हव्वालाई किन यो प्रश्न सोध्यो ?
  • शैतानलाई परमेश्वरले के भन्नुभएको छ भन्ने कुरा पहिल्यै थाहा थियो ।
  • असल र खराबको ज्ञान दिने रूखको फल नखानू भनी परमेश्वरले तिनीहरूलाई भन्नु भएको कुरा शैतानलाई पहिल्यै थाहा थियो ।
  • शैतानले हव्वलाई किन यो प्रश्न सोध्यो ?
  • शैतानले हव्वालाई पासोमा पार्न यो प्रश्न सोध्यो ।
  • शैतानले हव्वालाई छल गर्न यो प्रश्न सोध्यो ।
  • शैतानले हव्वालाई खतम गर्न यो प्रश्न सोध्यो ।
  • आउनुस् हव्वाले दिएको उत्तर पढौं ।

आउनुस् उत्पत्ति ३:२-३ पद पढौं ।

2 त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरूको फल खान सक्छौं।” 3 तर परमेश्वरले भन्नुभयो, “तिमीहरूले बगैंचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरूले छुनु पनि हुँदैन, नत्र तिमीहरू मर्नेछौ।”

  • परमेश्वरले आदम र हव्वालाई त्यो फल छुनै हुँदैन भन्नु भएको थिएन ।
  • परमेश्वरले आदम र हव्वालाई केवल त्यो रूखको फल नखानू भन्नुभएको थियो ।
  • परमेश्वरको पुस्तकमा हामी परमेश्वरले आदमलाई मात्रै त्यो फल नखानू भन्नुभएको कुरा पढ्छौं ।
  • यद्यपि परमेश्वरले यो आदेश आदमलाई दिनुभएको थियो तर यो आदेश हव्वालाई पनि थियो ।
  • यद्यपि परमेश्वरको वचन धेरै वर्ष पहिले बाँचेका मानिसहरूको निम्ति लेखिएको थियो तर परमेश्वरको वचन पृथ्वीमा अहिले बाँचिरहेका मानिसहरूको निम्ति पनि लेखिएको हो ।
  • परमेश्वरसँग कालो छाला हुने मानिसलाई दिने एउटा वचन र गोरो छाला हुने मानिसलाई दिने अर्को वचन छैन ।
  • परमेश्वरसँग अफ्रिकीहरूको निम्ति एउटा वचन र युरोपेलीहरूको निम्ति अर्को वचन छैन ।
  • परमेश्वरको वचन सबै मानिसहरूको निम्ति एउटै छ ।
  • परमेश्वरको वचन हिजो, आज र सधैँभरिको लागि एउटै छ ।
  • शैतानले हव्वालाई दिएको प्रतिउत्तरबारे तपाईं के विचार गर्नुहुन्छ ?

आउनुस् उत्पत्ति ३:४-५ पद पढौं ।

4 तर सर्पले स्त्रीलाई भने, “तिमीहरू निश्चय मर्ने छैनौ। 5 परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरूले त्यस रुखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”

  • असल र खराबको ज्ञान दिने रूखको फल खाएमा तिनीहरूलाई के हुनेथियो भनेर परमेश्वरले आदमलाई भन्नुभयो ?
  • तिनीहरू मर्नेछन् ।
  • तर शैतानले हव्वालाई तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए भने के हुन्छ भन्यो ?
  • तिनीहरू मर्ने छैनन् ।
  • परमेश्वरले आदम र हव्वालाई यदि तिनीहरूले त्यो फल खाए भने मर्नेछन् भन्नुभयो ।
  • शैतानले आदम र हव्वालाई यदि तिनीहरूले त्यो फल खाए भने मर्नेछैनन् भन्यो ।
  • परमेश्वर वा शैतान कसले सत्य बोलिरहेको थियो भन्ने तपाईंलाई लाग्छ ?
  • परमेश्वरले ।
  • शैतान परमेश्वरले भन्नुभएको कुरा झूठो हो भनिरहेको थियो ।
  • शैतानले परमेश्वरलाई झूठ भनिरहेको थियो ।
  • यदि तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए भने अरू के हुन्छ भनेर हव्वालाई भन्यो ?
  • तिनीहरू परमेश्वरजस्तै हुनेछन् भनेर शैतानले भन्यो ।
  • के मानिस परमेश्वरजस्तै हुनसक्छ ?
  • सक्दैन ।
  • केवल परमेश्वरमात्रै परमेश्वर हुनुहुन्छ ।
  • तिनी परमेश्वरजस्तै बन्नेछिन् भनेर भन्ने बेलामा शैतानले हव्वासँग झूठो बोलिरहेको थियो ।
  • आदिमा शैतानले परमेश्वरको कुरा अवज्ञा गर्‍यो ।
  • अहिले शैतान हव्वालाई परमेश्वरको अवज्ञा गर्न उक्साइरहेको थियो ।
  • परमेश्वरले मानिसलाई अरू मानिसहरू के भन्छन् त्यसअनुसार जिउन सृष्टि गर्नुभएको होइन ।
  • परमेश्वरले मानिसलाई परमेश्वरले के भन्नुहुन्छ त्यसअनुसार जिउन सृष्टि गर्नुभएको हो ।
  • परमेश्वरले मानिसलाई तिनीहरूको आफ्ने नियमअनुसार जिउन सृष्टि गर्नुभएको होइन ।
  • परमेश्वरले मानिसलाई परमेश्वरको नियमअनुसार जिउन सृष्टि गर्नुभएको हो ।
  • हव्वाले के गरिन् भनी तपाईं विचार गर्नुहुन्छ ?
  • के हव्वाले परमेश्वरको आज्ञा मानिन् वा शैतानको ?

आउनुस् उत्पत्ति ३:६ पद पढौं ।

6 तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

  • शैतानले हव्वालाई छल गर्‍यो र हव्वाले शैतानलाई विश्वास गरिन् ।
  • हव्वाले परमेश्वरको वचन मानिनन् र त्यो फल खाइन् ।
  • आदमले पनि परमेश्वरको वचन मानेनन् र त्यो फल खाए ।
  • आदम र हव्वाले शैतानको कुरा सुने ।
  • आदम र हव्वाले परमेश्वरको वचन सुनेनन् ।
  • आदम र हव्वाले परमेश्वरको आज्ञा मानेनन् ।
  • आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गरे ।
  • किनभने आदम र हव्वाले परमेश्वरको आज्ञा नमानेको हुनाले तिनीहरू परमेश्वरको शत्रु बने ।
  • किनभने आदम र हव्वाले शैतानको कुरा सुनेको हुनाले तिनीहरू परमेश्वरको शत्रु बने ।
  • यहाँ एउटा उदाहरण छ ।
  • यदि तपाईंको साथी तपाईंबाट टाढिन्छ र तपाईंको शत्रु, जसले तपाईंलाई मार्न चाहन्छ, ले भनेको मान्न शुरू गर्छ भने त्यो साथी पनि तपाईंको शत्रु बन्यो, होइन त ?
  • हो ।
  • किनभने आदम र हव्वा परमेश्वरबाट टाढिए र तिनीहरू परमेश्वरको शत्रु बने ।
  • किनभने आदम र हव्वाले शैतानले भनेको कुरा माने तिनीहरू परमेश्वरको शत्रु बने ।
  • आदम र हव्वाले पाप गरेपछि अरू के कुरा भयो ?

आउनुस् उत्पत्ति ३:७-८ पद पढौं ।

7 तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए।

8 जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके।

  • आदम र हव्वाले पाप गरिसकेपछि तिनीहरूले के महशुस गरे ?
  • तिनीहरूले आफूहरू नाङ्गै छौं भन्ने कुरा थाहा पाए ।
  • आदम र हव्वाले पाप गरिसकेपछि जब तिनीहरूले नाङ्गै छौं भन्ने थाहा पाए त्यसपछि तिनीहरूले के गरे ?
  • तिनीहरूले पातका लुगा बनाएर लगाए ।
  • आदम र हव्वाले पाप गरिसकेपछि जब तिनीहरूले परमेश्वर तिनीहरूलाई भेट्न आउँदै हुनुहुन्छ भन्ने सुने तिनीहरूले के गरे ?
  • तिनीहरू परमेश्वरबाट लुके ।
  • के परमेश्वरबाट लुक्न सम्भव छ ?
  • छैन ।
  • परमेश्वरबाट लुक्न किन सम्भव छैन ।
  • किनभने परमेश्वर जहाँसुकै हुनुहुन्छ ।
  • पहिले आदम र हव्वा परमेश्वरका मित्र थिए ।
  • अहिले आदम र हव्वा परमेश्वरका शत्रु बने ।
  • पहिले आदम र हव्वा परमेश्वरका सन्तान थिए ।
  • अहिले आदम र हव्वा शैतानका सन्तान बने ।
  • पहिले आदम र हव्वा परमेश्वर सँगसँगै हिँड्थे ।
  • अहिले आदम र हव्वा परमेश्वरबाट लुके ।
  • पहिले आदम र हव्वाले परमेश्वरलाई पछ्याउँथे ।
  • अहिले आदम र हव्वाले शैतानलाई पछ्याए ।
  • पहिले आदम र हव्वालाई दुष्ट्याइँ थाहा थिएन ।
  • अहिले आदम र हव्वालाई दुष्ट्याइँ थाहा भयो ।
  • पहिले आदम र हव्वालाई लाज भन्ने थाहा थिएन ।
  • अहिले आदम र हव्वा लजाए ।
  • शैतान कसलाई घृणा गर्छ ?
  • शैतान परमेश्वर र सबै मानिसहरूलाई घृणा गर्छ ।

 

  • शैतान परमेश्वरलाई घृणा गर्छ र परमेश्वरको काम खतम पार्ने कोशिस गर्छ ।
  • शैतान सबै मानिसहरूलाई घृणा गर्छ र सबै मानिसहरूलाई खतम गर्ने कोशिस गर्छ ।
  • के शैतान तपाईंले परमेश्वरको कुरा सुन्नुहोस् भन्ने चाहन्छ ?
  • चाहदैन ।
  • किन शैतान तपाईंले परमेश्वरको वचन सुनेको चाहदैन ?
  • किनभने शैतान सबै मानिसहरूलाई घृणा गर्छ र तिनीहरू आत्मिक आगोको दहमा पुगून् भन्ने चाहन्छ ।
  • यदि तपाईंले परमेश्वरको वचन सुन्नुभयो भने आत्मिक आगोको दहबाट कसरी बचिन्छ भन्ने कुरा जान्नुहुनेछ ।
  • यदि तपाईंले परमेश्वरको वचन सुन्नुभएन भने आत्मिक आगोको दहबाट कसरी बचिन्छ भन्ने कुरा जान्नुहुनेछैन ।
  • परमेश्वर तपाईंले उहाँको वचन सुनेको चाहनुहुन्छ ।
  • शैतान तपाईंले परमेश्वरको वचन सुनेको चाहदैन ।
  • मलाई आशा छ तपाईं परमेश्वरको वचन सुन्नुहुनेछ ।