पाठ १०
१. कसको सन्देश संसारमा सबैभन्दा बढी महत्वपूर्ण छ ?
– परमेश्वरको ।
२. परमेश्वरको सन्देश संसारको सबैभन्दा बढी महत्वपूर्ण सन्देश किन हो ?
- किनभने सबै मानिसहरूले झूठो बोल्छन् ।
- किनभने केवल परमेश्वरले मात्रै कहिल्यै झूठो बोल्नुहुन्न ।
- किनभने केवल परमेश्वरले मात्रै जहिल्यै सत्य बोल्नुहुन्छ ।
३. आदिभन्दा पहिले को एक्लै निवास गर्नहुन्थ्यो ?
- परमेश्वर ।
४. परमेश्वरको सुरुवात कहिले भयो ?
- परमेश्वरको सुरुवात कहिल्यै थिएन ।
५.के कसैले परमेश्वरलाई सृष्टि गरेको हो ?
- होइन ।
६. के परमेश्वरले परमेश्वरलाई सृष्टि गर्नुभएको हो ?
- अहँ, होइन ।
- परमेश्वर सनातनदेखि सनातनसम्म हुनुहुन्छ ।
७. के कसैले परमेश्वरलाई जन्माएको हो ?
- अहँ होइन ।
- परमेश्वर सनातनदेखि सनातनसम्म हुनुहुन्छ ।
८. के परमेश्वरले परमेश्वरलाई जन्माउनुभएको हो ?
- अहँ, होइन ।
- परमेश्वर सनातनदेखि सनातनसम्म हुनुहुन्छ ।
९. के परमेश्वर नहुनुभएको कहिल्यै कुनै समय थियो ?
- थिएन ।
- परमेश्वर सनातनदेखि सनातनसम्म हुनुहुन्छ ।
१०. के परमेश्वर फेरिनुहुन्छ ?
- अहँ ।
- परमेश्वर कहिल्यै फेरिनुहुन्न ।
११. के परमेश्वर मर्न सक्नुहुन्छ ?
- अहँ ।
- परमेश्वर कहिल्यै मर्न सक्नुहुन्न ।
१२. के परमेश्वरको मानिसहरूको जस्तै मासु र हड्डी हुन्छ ?
- हुँदैन ।
- परमेश्वर आत्मा हुनुहुन्छ ।
१३. मानिसहरूलाई जीवित रहनको निम्ति खाना र पानीको खाँचो पर्छ तर परमेश्वरलाई के कुराको खाँचो पर्छ ?
- परमेश्वरलाई केही कुराको खाँचो पर्दैन ।
१४. त्यसो भए परमेश्वर कसरी जीवित रहनुहुन्छ त ?
- परमेश्वर उहाँको आफ्नै शक्तिले जीवित रहनुहुन्छ ।
१५. परमेश्वर कहाँ हुनुहुन्छ ?
- परमेश्वर जहाँसुकै जहिलेसुकै हुनुहुन्छ ।
१६. यहाँ कतिजना परमेश्वर हुनुहुन्छ ?
- परमेश्वर केवल एक हुनुहुन्छ ।
१७. तीन व्यक्तित्व को हुनुहुन्छ जो एक हुनुहुन्छ ?
- पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर ।
१८. स्वर्ग र पृथ्वीको सृष्टि कसले गर्नुभएको हो ?
- परमेश्वरले ।
१९. परमेश्वरले स्वर्ग र पृथ्वीको सृष्टि गर्न के चिज प्रयोग गर्नुभयो ?
- परमेश्वरले केही पनि चिज प्रयोग गर्नुभएन ।
- परमेश्वरले स्वर्ग र पृथ्वीको सृष्टि शून्यमा गर्नुभयो ।
२०. परमेश्वरले कसरी सबै थोक सृष्टि गर्नुभयो ?
- केवल बोलेर ।
२१. परमेश्वर कसरी स्वर्ग र पृथ्वीको सृष्टि गर्न सक्षम हुनुभयो ?
- परमेश्वर सर्वशक्तिमान् हुनुहन्छ ।
- परमेश्वरको शक्ति कहिल्यै सकिँदैन ।
- परमेश्वरले गर्न नसक्नै कुनै कुरा छैन ।
२२. स्वर्ग र पृथ्वीको सृष्टि गर्ने कुरा परमेश्वरलाई कसरी थाहा भयो ?
- परमेश्वरलाई सबै कुरा थाहा छ ।
- परमेश्वरको समझ कहिल्यै सकिँदैन ।
- परमेश्वरलाई थाहा नभएको कुनै कुरा छैन ।
२३. आफूले सृष्टि गर्नुभएका सबै थोकहरूको बारेमा परमेश्वरले के भन्नुभयो ?
- परमेश्वरले सबै थोक असल थियो भन्नुभयो ।
२४. सबै कुरा सिद्ध रूपले सृष्टि गर्न परमेश्वर कसरी सफल हुनुभयो ?
- किनभने परमेश्वर सिद्ध हुनुहुन्छ ।
२५. कसको निम्ति परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो ?
- मानिसहरूको निम्ति ।
२६. परमेश्वरले मानिसहरूको निम्ति सबै थोक किन सृष्टि गर्नुभयो ?
- किनभने उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ ।
२७. परमेश्वर किन सबै थोकका सही मालिक हुनुहुन्छ ?
- किनभने परमेश्वरले नै सबै थोक सृष्टि गर्नुभएको हो ।
२८. हामीबाट आज्ञाकारिता पाउने हक परमेश्वरलाई किन छ ?
- किनभने उहाँले हामीलाई सृष्टि गर्नुभयो र हामीलाई जीवन दिनुभयो ।
२९. सबै स्वर्गदूतहरू कहाँबाट आएका हुन् ।
- परमेश्वरले तिनीहरूलाई सृष्टि गर्नुभएको हो ।
३०. के परमेश्वरले स्वर्गदूतहरूलाई सृष्टि गरेर मासु र हड्डी दिनुभयो ?
- अहँ ।
- परमेश्वरले स्वर्गदूतहरूलाई आत्मास्वरूपमा सृष्टि गर्नुभयो ।
३१. के परमेश्वरले केही खराब र केही असल स्वर्गदूतहरू सृष्टि गर्नुभएको हो ?
- अहँ ।
- परमेश्वरले सबै स्वर्गदूतहरूलाई असल सृष्टि गर्नुभएको हो ।
३२. उहाँलाई सहयोगको खाँचो भएको कारणले परमेश्वरले स्वर्गदूतहरू सृष्टि गर्नुभएको हो ?
- अहँ ।
- परमेश्वरलाई कुनै सहयोग चाहिदैन ।
३३. त्यसोभए परमेश्वरले स्वर्गदूतहरूको सृष्टि किन गर्नुभयो ?
- किनभने उहाँले तिनीहरूलाई प्रेम गर्नुभयो ।
३४. आदिमा सबै स्वर्गदूतहरू कहाँ बस्थे ?
- परमेश्वरसँग स्वर्गमा बस्थे ।
३५. के स्वर्गदूतहरू एक समयमा जहाँसुकै हुनसक्छन् ?
- सक्दैनन ।
- केवल परमेश्वरमात्रै एक समयमा जहाँसुकै हुन सक्नुहुन्छ ।
३६. परमेश्वरले धेरै समझ र सुन्दरताहित सृष्टि गर्नुभएको स्वर्गदूतको नाउँ के थियो ?
- लुसिफर ।
३८. लुसिफरले के गर्ने योजना बुन्यो ?
- लुसिफरले परमेश्वरलाई सिंहासनच्यूत गर्ने योजना बुन्यो ।
३९. के परमेश्वरले लुसिफरलाई उहाँलाई सिंहासनच्यूत हुन दिनुभयो ?
- दिनुभएन ।
४०. लुसिफरसँग धेरै रिसाएपछि परमेश्वरले के गर्नुभयो ?
- परमेश्वरले लुसिफरलाई स्वर्गबाट खसालिदिनुभयो ।
४१. लुसिफरलाई पछ्याउने स्वर्गदूतहरूसँग धेरै रिसाएपछि परमेश्वरले के गर्नुभयो ?
- परमेश्वरले तिनीहरूलाई पनि स्वर्गबाट खसालिदिनुभयो ।
४२. लुसिफरको नयाँ नाम के हो ?
- शैतान ।
४३. शैतानको नाउँको अर्थ के हो ?
- शैतानको नाउँको अर्थ शत्रु हो ।
४४. शैतानलाई पछ्याउने अरु स्वर्गदूतहरूको नाउँ के हो ?
- सहयोगी शैतानहरू ।
४५. शैतान र उसका सहयोगी शैतानहरूलाई सजाय दिनको निम्ति परमेश्वरले कस्तो ठाउँ तैयार पार्नुभएको थियो ?
- आत्मिक आगोको दह ।
४६. शैतान र उसका सहयोगीहरू कसको विरुद्धमा छन् ?
- तिनीहरू परमेश्वर र परमेश्वरको सबै कामको विरुद्धमा छन् ।
४७. परमेश्वरले पृथ्वी तैयार पारिसकेपछि उहाँले कसलाई सृष्टि गर्नुभयो ?
- आदम, पहिलो पुरुषलाई ।
४८. परमेश्वरले मानिस र जनावरहरूलाई कसरी फरक सृष्टि गर्नुभयो ?
- परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा सृष्टि गनुभयो ।
४९. परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा सृष्टि गर्नुभयो भन्नुको अर्थ के हो ?
- परमेश्वरले मानिसलाई परमेश्वर चिन्नको निम्ति समझ दिनुभयो ।
- परमेश्वरले मानिसलाई परमेश्वरलाई प्रेम गर्नको निम्ति संवेग दिनुभयो ।
- परमेश्वरले मानिसलाई परमेश्वरको आज्ञा मान्ने कुरा छान्नको निम्ति इच्छा दिनुभयो ।
५०. के परमेश्वरले मानिसलाई असल र खराब सृष्टि गर्नुभएको थियो ?
- परमेश्वरले मानिसलाई केवल असल सृष्टि गर्नुभएको थियो ।
५१. परमेश्वरले आदमको सृष्टि गर्नुभयो र तिनलाई के कुराको मालिक बनाउनुभयो ?
- परमेश्वरले आदमलाई पृथ्वी र यसमा भएक सबै थोकको मालिक बनाउनुभयो ।
५२. परमेश्वरले आदमको सृष्टि गरिसकेपछि उहाँले तिनलाई कहाँ राख्नुभयो ?
- अदनको बगैँचामा ।
५३. परमेश्वरले अदनको बगैँचाको मध्य भागमा लगाउनुभएको पहिलो रूखको नाउँ के थियो ?
- जीवनको रूख
५४. परमेश्वरले अदनको बगैँचाको मध्य भागमा किन जीवनको रूख लगाउनुभयो ?
- परमेश्वर आदमले त्यस रूखको फल खाएको र अजम्बरी भएको चाहनुहुन्थ्यो ।
५५. परमेश्वरले अदनको बगैँचाको मध्य भागमा लगाउनुभएको दोस्रो रूखको नाउँ के थियो ?
- असल र खराबको ज्ञान दिने रूख ।
५६. यदि आदमले असल र खराबको ज्ञान दिने रूखको फल खान्थे भने तिनलाई के हुन्थ्यो ?
- आदम मर्ने थिए ।
५७. मृत्यु के हो ?
- परमेश्वरबाट अलग हुनु जसले जीवन दिनुभयो ।
- शरीरबाट आत्मा अलग हुनु ।
- आत्मिक आगोको दहमा सधैँभरिलाई पर्नु ।
५८. आदमलाई सहयोग गर्न परमेश्वरले कसको सृष्टि गर्नुभयो ?
- पहिलो स्वास्नीमानिस, हव्वा ।
५९. परमेश्वरले हव्वाको सृष्टि किन गर्नुभयो ?
- किनभने परमेश्वरले आदमलाई प्रेम गर्नुभयो ।
- किनभने परमेश्वर आदम एक्लै रहेको चाहनुहुन्नथ्यो ।
- किनभने परमेश्वरले आदम र हव्वाले बच्चा जन्माएको चाहनुभयो ।
६०. आदिमा आदम र हव्वा परमेश्वरको साथसाथै हिँड्थे र तिनीहरू कस्ता थिए ?
- आदिमा आदम र हव्वा परमेश्वरको साथसाथै हिँड्थे र तिनीहरू खुशी थिए ।