• Skip to main content

ChronologicalGospel.net

The Chronological Gospel

  • Why Teach the Bible Chronologically?
  • Chronological Gospel – What is it?
  • Lessons
  • Instructions for Translators
  • Chronological Teaching Videos
  • Testimonies
  • Hope Church

Nepali – 10

पाठ १०

१. कसको सन्देश संसारमा सबैभन्दा बढी महत्वपूर्ण छ ?

– परमेश्वरको ।

२. परमेश्वरको सन्देश संसारको सबैभन्दा बढी महत्वपूर्ण सन्देश किन हो ?

  • किनभने सबै मानिसहरूले झूठो बोल्छन् ।
  • किनभने केवल परमेश्वरले मात्रै कहिल्यै झूठो बोल्नुहुन्न ।
  • किनभने केवल परमेश्वरले मात्रै जहिल्यै सत्य बोल्नुहुन्छ ।

३. आदिभन्दा पहिले को एक्लै निवास गर्नहुन्थ्यो ?

  • परमेश्वर ।

४. परमेश्वरको सुरुवात कहिले भयो ?

  • परमेश्वरको सुरुवात कहिल्यै थिएन ।

५.के कसैले परमेश्वरलाई सृष्टि गरेको हो ?

  • होइन ।

६. के परमेश्वरले परमेश्वरलाई सृष्टि गर्नुभएको हो ?

  • अहँ, होइन ।
  • परमेश्वर सनातनदेखि सनातनसम्म हुनुहुन्छ ।

७. के कसैले परमेश्वरलाई जन्माएको हो ?

  • अहँ होइन ।
  • परमेश्वर सनातनदेखि सनातनसम्म हुनुहुन्छ ।

८. के परमेश्वरले परमेश्वरलाई जन्माउनुभएको हो ?

  • अहँ, होइन ।
  • परमेश्वर सनातनदेखि सनातनसम्म हुनुहुन्छ ।

९. के परमेश्वर नहुनुभएको कहिल्यै कुनै समय थियो ?

  • थिएन ।
  • परमेश्वर सनातनदेखि सनातनसम्म हुनुहुन्छ ।

१०. के परमेश्वर फेरिनुहुन्छ ?

  • अहँ ।
  • परमेश्वर कहिल्यै फेरिनुहुन्न ।

११. के परमेश्वर मर्न सक्नुहुन्छ ?

  • अहँ ।
  • परमेश्वर कहिल्यै मर्न सक्नुहुन्न ।

१२. के परमेश्वरको मानिसहरूको जस्तै मासु र हड्डी हुन्छ ?

  • हुँदैन ।
  • परमेश्वर आत्मा हुनुहुन्छ ।

१३. मानिसहरूलाई जीवित रहनको निम्ति खाना र पानीको खाँचो पर्छ तर परमेश्वरलाई के कुराको खाँचो पर्छ ?

  • परमेश्वरलाई केही कुराको खाँचो पर्दैन ।

 

१४. त्यसो भए परमेश्वर कसरी जीवित रहनुहुन्छ त ?

  • परमेश्वर उहाँको आफ्नै शक्तिले जीवित रहनुहुन्छ ।

१५. परमेश्वर कहाँ हुनुहुन्छ ?

  • परमेश्वर जहाँसुकै जहिलेसुकै हुनुहुन्छ ।

१६. यहाँ कतिजना परमेश्वर हुनुहुन्छ ?

  • परमेश्वर केवल एक हुनुहुन्छ ।

१७. तीन व्यक्तित्व को हुनुहुन्छ जो एक हुनुहुन्छ ?

  • पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर ।

१८. स्वर्ग र पृथ्वीको सृष्टि कसले गर्नुभएको हो ?

  • परमेश्वरले ।

१९. परमेश्वरले स्वर्ग र पृथ्वीको सृष्टि गर्न के चिज प्रयोग गर्नुभयो ?

  • परमेश्वरले केही पनि चिज प्रयोग गर्नुभएन ।
  • परमेश्वरले स्वर्ग र पृथ्वीको सृष्टि शून्यमा गर्नुभयो ।

२०. परमेश्वरले कसरी सबै थोक सृष्टि गर्नुभयो ?

  • केवल बोलेर ।

२१. परमेश्वर कसरी स्वर्ग र पृथ्वीको सृष्टि गर्न सक्षम हुनुभयो ?

  • परमेश्वर सर्वशक्तिमान् हुनुहन्छ ।
  • परमेश्वरको शक्ति कहिल्यै सकिँदैन ।
  • परमेश्वरले गर्न नसक्नै कुनै कुरा छैन ।

२२. स्वर्ग र पृथ्वीको सृष्टि गर्ने कुरा परमेश्वरलाई कसरी थाहा भयो ?

  • परमेश्वरलाई सबै कुरा थाहा छ ।
  • परमेश्वरको समझ कहिल्यै सकिँदैन ।
  • परमेश्वरलाई थाहा नभएको कुनै कुरा छैन ।

२३. आफूले सृष्टि गर्नुभएका सबै थोकहरूको बारेमा परमेश्वरले के भन्नुभयो ?

  • परमेश्वरले सबै थोक असल थियो भन्नुभयो ।

२४. सबै कुरा सिद्ध रूपले सृष्टि गर्न परमेश्वर कसरी सफल हुनुभयो ?

  • किनभने परमेश्वर सिद्ध हुनुहुन्छ ।

२५. कसको निम्ति परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो ?

  • मानिसहरूको निम्ति ।

२६. परमेश्वरले मानिसहरूको निम्ति सबै थोक किन सृष्टि गर्नुभयो ?

  • किनभने उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ ।

२७. परमेश्वर किन सबै थोकका सही मालिक हुनुहुन्छ ?

  • किनभने परमेश्वरले नै सबै थोक सृष्टि गर्नुभएको हो ।

२८. हामीबाट आज्ञाकारिता पाउने हक परमेश्वरलाई किन छ ?

  • किनभने उहाँले हामीलाई सृष्टि गर्नुभयो र हामीलाई जीवन दिनुभयो ।

२९. सबै स्वर्गदूतहरू कहाँबाट आएका हुन् ।

  • परमेश्वरले तिनीहरूलाई सृष्टि गर्नुभएको हो ।

३०. के परमेश्वरले स्वर्गदूतहरूलाई सृष्टि गरेर मासु र हड्डी दिनुभयो ?

  • अहँ ।
  • परमेश्वरले स्वर्गदूतहरूलाई आत्मास्वरूपमा सृष्टि गर्नुभयो ।

३१. के परमेश्वरले केही खराब र केही असल स्वर्गदूतहरू सृष्टि गर्नुभएको हो ?

  • अहँ ।
  • परमेश्वरले सबै स्वर्गदूतहरूलाई असल सृष्टि गर्नुभएको हो ।

३२. उहाँलाई सहयोगको खाँचो भएको कारणले परमेश्वरले स्वर्गदूतहरू सृष्टि गर्नुभएको हो ?

  • अहँ ।
  • परमेश्वरलाई कुनै सहयोग चाहिदैन ।

३३. त्यसोभए परमेश्वरले स्वर्गदूतहरूको सृष्टि किन गर्नुभयो ?

  • किनभने उहाँले तिनीहरूलाई प्रेम गर्नुभयो ।

३४. आदिमा सबै स्वर्गदूतहरू कहाँ बस्थे ?

  • परमेश्वरसँग स्वर्गमा बस्थे ।

३५. के स्वर्गदूतहरू एक समयमा जहाँसुकै हुनसक्छन् ?

  • सक्दैनन ।
  • केवल परमेश्वरमात्रै एक समयमा जहाँसुकै हुन सक्नुहुन्छ ।

३६. परमेश्वरले धेरै समझ र सुन्दरताहित सृष्टि गर्नुभएको स्वर्गदूतको नाउँ के थियो ?

  • लुसिफर ।

३८. लुसिफरले के गर्ने योजना बुन्यो ?

  • लुसिफरले परमेश्वरलाई सिंहासनच्यूत गर्ने योजना बुन्यो ।

३९. के परमेश्वरले लुसिफरलाई उहाँलाई सिंहासनच्यूत हुन दिनुभयो ?

  • दिनुभएन ।

४०. लुसिफरसँग धेरै रिसाएपछि परमेश्वरले के गर्नुभयो ?

  • परमेश्वरले लुसिफरलाई स्वर्गबाट खसालिदिनुभयो ।

४१. लुसिफरलाई पछ्याउने स्वर्गदूतहरूसँग धेरै रिसाएपछि परमेश्वरले के गर्नुभयो ?

  • परमेश्वरले तिनीहरूलाई पनि स्वर्गबाट खसालिदिनुभयो ।

४२. लुसिफरको नयाँ नाम के हो ?

  • शैतान ।

४३. शैतानको नाउँको अर्थ के हो ?

  • शैतानको नाउँको अर्थ शत्रु हो ।

४४. शैतानलाई पछ्याउने अरु स्वर्गदूतहरूको नाउँ के हो ?

  • सहयोगी शैतानहरू ।

४५. शैतान र उसका सहयोगी शैतानहरूलाई सजाय दिनको निम्ति परमेश्वरले कस्तो ठाउँ तैयार पार्नुभएको थियो ?

  • आत्मिक आगोको दह ।

४६. शैतान र उसका सहयोगीहरू कसको विरुद्धमा छन् ?

  • तिनीहरू परमेश्वर र परमेश्वरको सबै कामको विरुद्धमा छन् ।

४७. परमेश्वरले पृथ्वी तैयार पारिसकेपछि उहाँले कसलाई सृष्टि गर्नुभयो ?

  • आदम, पहिलो पुरुषलाई ।

४८. परमेश्वरले मानिस र जनावरहरूलाई कसरी फरक सृष्टि गर्नुभयो ?

  • परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा सृष्टि गनुभयो ।

४९. परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा सृष्टि गर्नुभयो भन्नुको अर्थ के हो ?

  • परमेश्वरले मानिसलाई परमेश्वर चिन्नको निम्ति समझ दिनुभयो ।
  • परमेश्वरले मानिसलाई परमेश्वरलाई प्रेम गर्नको निम्ति संवेग दिनुभयो ।
  • परमेश्वरले मानिसलाई परमेश्वरको आज्ञा मान्ने कुरा छान्नको निम्ति इच्छा दिनुभयो ।

५०. के परमेश्वरले मानिसलाई असल र खराब सृष्टि गर्नुभएको थियो ?

  • परमेश्वरले मानिसलाई केवल असल सृष्टि गर्नुभएको थियो ।

५१. परमेश्वरले आदमको सृष्टि गर्नुभयो र तिनलाई के कुराको मालिक बनाउनुभयो ?

  • परमेश्वरले आदमलाई पृथ्वी र यसमा भएक सबै थोकको मालिक बनाउनुभयो ।

५२. परमेश्वरले आदमको सृष्टि गरिसकेपछि उहाँले तिनलाई कहाँ राख्नुभयो ?

  • अदनको बगैँचामा ।

५३. परमेश्वरले अदनको बगैँचाको मध्य भागमा लगाउनुभएको पहिलो रूखको नाउँ के थियो ?

  • जीवनको रूख

५४. परमेश्वरले अदनको बगैँचाको मध्य भागमा किन जीवनको रूख लगाउनुभयो ?

  • परमेश्वर आदमले त्यस रूखको फल खाएको र अजम्बरी भएको चाहनुहुन्थ्यो ।

५५. परमेश्वरले अदनको बगैँचाको मध्य भागमा लगाउनुभएको दोस्रो रूखको नाउँ के थियो ?

  • असल र खराबको ज्ञान दिने रूख ।

५६. यदि आदमले असल र खराबको ज्ञान दिने रूखको फल खान्थे भने तिनलाई के हुन्थ्यो ?

  • आदम मर्ने थिए ।

५७. मृत्यु के हो ?

  • परमेश्वरबाट अलग हुनु जसले जीवन दिनुभयो ।
  • शरीरबाट आत्मा अलग हुनु ।
  • आत्मिक आगोको दहमा सधैँभरिलाई पर्नु ।

५८. आदमलाई सहयोग गर्न परमेश्वरले कसको सृष्टि गर्नुभयो ?

  • पहिलो स्वास्नीमानिस, हव्वा ।

५९. परमेश्वरले हव्वाको सृष्टि किन गर्नुभयो ?

  • किनभने परमेश्वरले आदमलाई प्रेम गर्नुभयो ।
  • किनभने परमेश्वर आदम एक्लै रहेको चाहनुहुन्नथ्यो ।
  • किनभने परमेश्वरले आदम र हव्वाले बच्चा जन्माएको चाहनुभयो ।

६०. आदिमा आदम र हव्वा परमेश्वरको साथसाथै हिँड्थे र तिनीहरू कस्ता थिए ?

  • आदिमा आदम र हव्वा परमेश्वरको साथसाथै हिँड्थे र तिनीहरू खुशी थिए ।