पाठ ९
१. के परमेश्वरले स्वर्ग र पृथ्वीको सृष्टि पूरा गरिसक्नुभएको थियो ।
– हो ।
२. आफूले पूरा गरेको काम किन परमेश्वरले पूरा गरेरै छोड्नुहुन्छ ?
- किनभने परमेश्वर कहिल्यै फेरिनुहुन्न ।
- किनभने परमेश्वरलाई उहाँको काम पूरा गर्न कुनै कुराले छेक्न सक्दैन ।
३. जब परमेशरले काम सुरू गर्नुहुन्छ तब शैतान वा उसका सहयोगी शैतानहरूले उहाँको काम रोक्न सक्छन् ?
- अहँ ।
४. सातौं दिन परमेश्वरले किन विश्राम लिनुभयो ?
- किनभने परमेश्वरले आफूले योजना गरेको सृष्टिको सबै काम पूरा गर्नभएको थियो ।
५.परमेश्वरले कति दिनमा सबै थोक सृष्टि गरिसक्नुभयो ?
- केवल छ दिनमा ।
६.जब त्यहाँ वर्षा हुँदैनथ्यो भने परमेश्वरले कसरी पृथ्वीमा पानीले भर्नुभयो ?
- परमेश्वरले जमिनबाट निस्किने हुस्सुले पृथ्वीलाई पानीले भर्नुभयो ।
७.परमेश्वरले लगाउनुभएको बगैँचाको नाम के थियो ?
- अदनको बगैँचा ।
८. कसको निम्ति परमेश्वरले त्यो बगैँचा लगाउनुभएको थियो ?
- आदमको निम्ति ।
९. आदमको निम्ति परमेश्वरले किन बगैँचा लगाउनुभयो ?
- किनभने परमेश्वरले आदमलाई धेरै प्रेम गर्नुहुन्थ्यो ।
१०. परमेश्वरले किन आदमलाई म तँलाई बगैँचामा राख्नसक्छु कि भनी सोध्नुभएन ?
- किनभने आदमलाई परमेश्वरले बनाउनुभएको हो, आदम परमेश्वरको अधीनमा थिए ।
११. किनभने सबै मानिसलाई परमेश्वरले बनाउनुभएको हो, तिनीहरू कसको अधीनमा हुनुपर्छ ?
- सबै मानिसहरू परमेश्वरको अधीनमा हुनुपर्छ ।
१२. परमेश्वरले अदनको बगैँचाको मध्य भागमा लगाउनुभएको पहिलो रूखको नाउँ के थियो ?
- जीवनको रूख ।
१३. परमेश्वरले किन अदनको बगैँचाको मध्य भागमा जीवनको रूख लगाउनुभएको थियो ?
- आदमले त्यस् रूखको फल खाऊन् र अजम्बरी बनून् भन्ने परमेश्वर चाहनुहुन्थ्यो ।
१४. परमेश्वरले अदनको बगैँचाको मध्य भागमा लगाउनुभएको दोस्रो रूखको नाम के थियो ?
- असल र खराबको ज्ञान दिने रूख ।
१५. असल र खराबको ज्ञान दिने रूखको बारेमा भने परमेश्वरले आदमलाई एउटा आज्ञा दिनुभयो ।
- परमेश्वरले आदमलाई त्यस रूखको फल नखानू भन्ने आज्ञा दिनुभयो ।
१६. यदि आदमले असल र खराबको ज्ञान दिने रूखको फल खान्थे भने तिनलाई के हुन्थ्यो ?
- तिनी मर्ने थिए ।
१७. मृत्यु के हो ?
- परमेश्वरबाट अलग हुनु जसले जीवन दिनुभयो ।
- शरीरबाट आत्मा अलग हुनु ।
- आत्मिक आगोको दहमा सधैँभरिलाई पर्नु ।
- आदमलाई सृष्टि गरिसकेपछि परमेश्वरले के भन्नुभयो आउनुस् पढौं ।
आउनुस् उत्पत्ति २:१८ पद पढौं ।
18 तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो ऊ जस्तै नै हुनेछे।”
- आदमले एक्लो रहनु ठीक छैन भन्ने परमेश्वरले निर्णय गर्नुभयो ।
- परमेश्वरले आदमको निम्ति एउटी स्वास्नी बनाउने निर्णय गर्नुभयो ।
- परमेश्वरले आदम के चाहन्छन् भनेर सोध्नु भएन ।
- परमेश्वर एक्लैले आदमको निम्ति एउटी स्वास्नी सृष्टि गर्ने निर्णय गर्नुभयो ।
- आदमको निम्ति एउटी स्वास्नी सृष्टि गर्ने निर्णय परमेश्वरले किन गर्नुभयो ?
- किनभने परमेश्वरले आदमलाई धेरै प्रेम गर्नुहुन्थ्यो ।
- किनभने परमेश्वर आदम एक्लै रहेको चाहनुहुन्नथ्यो ।
आउनुस् उत्पत्ति २:१९-२०क पढौं ।
19 यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरू र आकाशमा चरा-चुरूङ्गीहरू सृष्टि गरी तिनीहरूको के-के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरूलाई जे भने तिनीहरूको त्यही नाउँ रह्यो। 20 अनि मानिसले पाल्तू गाई-वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरू र जङ्गली जनावरहरूको नाउँ राख्यो।
- आदिमा परमेश्वरले आदमलाई पृथ्वीमा भएका सबै थोकको मालिक बनाउनुभयो ।
- आदिमा परमेश्वरले आदमलाई सबै जनावरहरूको पनि मालिक बनाउनुभयो ।
- परमेश्वरले आदमलाई सबै जनावरहरूको नाउँ राख्न भन्नुभयो ।
- त्यसैले आदमलै सबै जनावरहरूको नाउँ राखे ।
- तर अझै पनि आदम पृथ्वीमा एक्लो मानिस थिए ।
आउनुस् उत्पत्ति २:२०ख पढौं ।
तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन।
- के परमेश्वरले मानिस र जनावरहरूलाई एकै किसिमले सृष्टि गर्नुभयो ?
- अहँ ।
- परमेश्वरले मानिस र जनावरहरूलाई कुन फरक तरिकाले सृष्टि गर्नुभयो ?
- परमेश्वरले जनावरहरूलाई उहाँको स्वरूपमा सृष्टि गर्नुभएन ।
- परमेश्वरले मानिसलाई मात्रै उहाँको स्वरूपमा सृष्टि गर्नुभयो ।
- मानिसहरूले परमेश्वरलाई चिन्न सक्छन् तर जनावरहरूले सक्दैनन् ।
- मानिसहरूले परमेश्वरलाई प्रेम गर्न सक्छन् तर जनावरहरूले सक्दैनन् ।
- मानिसहरूले परमेश्वरलाई छान्न सक्छन् तर जनावरहरूले सक्दैनन् ।
- यदि आदमले केही कुरा सोचिरहेका हुन्थे भने उनले जनावरहरूलाई आफूसँगै सोच भन्न सक्थे ?
- अहँ ।
- यदि आदम खुशी वा दुखी हुन्थे भने उनले जनावरहरूलाई आफूसँगै खुशी वा दुखी होऊ भन्न सक्थे ?
- अहँ ।
- यदि आदमले केही कुरा गर्ने भनी छान्थे भने उनले जनावरहरूलाई आफूसँगै तिनीहरूले पनि त्यो कुरा गर्न भनी छान्न सक्छन् की भनी भन्न सक्थे ?
- अँह ।
- के जनावरहरू आदमका उपयुक्त सहयात्री थिए ?
- अँह ।
- आदमलाई उपयुक्त सहयात्रीको खाँचो थियो जससँग तिनी कुराकानी गर्न सकून् ।
- किनभने परमेश्वरले आदमलाई प्रेम गर्नुभयो, परमेश्वरले आदमको निम्ति एउटी स्वास्नी सृष्टि गर्ने निर्णय गर्नुभयो ।
- के आदम आफै एउटी स्वास्नी सृष्टि गर्न सक्षम थिए ?
- अँह ।
- के शैतान र उसका सहयोगी शैतानहरू एउटी स्वास्नी सृष्टि गर्न सक्षम थिए ?
- अहँ ।
- को मात्रै आदमको निम्ति एउटी स्वास्नी सृष्टि गर्न सक्षाम हुनुहुन्थ्यो ?
- परमेश्वर ।
- एकदिन परमेश्वरले आदमको निम्ति एउटी स्वास्नी सृष्टि गर्नुभयो ।
आउनुस् उत्पत्ति २:२१-२२ पद पढौं ।
21 त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग त्यस मानिसबाट निकाल्नु भयो तब परमेश्वरले करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो। 22 त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो।
- केवल परमेश्वर मात्रै आदमको निम्ति एउटी स्वास्नी सृष्टि गर्न सक्षम हुनुहुन्थ्यो ।
- परमेश्वरको शक्ति कहिल्यै सकिँदैन ।
- परमेश्वरले गर्न नसक्ने कुनै कुरा छैन ।
- परमेश्वरले पहिलो महिला सृष्टि गर्नुभयो र तिनलाई आदमलाई उपहारको रूपमा दिनुभयो ।
- यदि कसैले तपाईंलाई ठूलो उपहार दिन्थ्यो भने तपाईं यसको असल तरिकाले हेरचाह गर्नुहुन्थ्यो ?
- अँ, गर्थें ।
- यदि कसैले तपाईंलाई एउटा गाई दिन्थ्यो भने तपाईं त्यसको असल तरिकाले हेरचाह गर्नुहुन्थ्यो ?
- अँ, गर्थें ।
- यदि कसैले तपाईंलाई एउटा कार दिन्थ्यो भने तपाईं त्यसको असल तरिकाले हेरचाह गर्नुहुन्थ्यो ?
- अँ गर्थें ।
- परमेश्वरले पहिलो महिला सृष्टि गर्नुभयो र तिनलाई आदमलाई उपहारको रूपमा दिनुभयो ।
- परमेश्वरले आदमले तिनकी स्वास्नीको असल तरिकाले हेरचाह गरेको चाहनुभयो ।
- परमेश्वरले आदमले तिनकी स्वास्नीलाई धेरै प्रेम गरेको चाहनुभयो ।
- जब परमेश्वरले आदमलाई तिनकी स्वास्नी दिनुभयो तिनले के भने भन्ने कुरा आउनुस् पढौं ।
आउनुस् उत्पत्ति २:२३-२४ पद पढौं ।
23 तब त्यस मानिसले भने, “आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो, अनि उसको शरीर मेरो शरीरबाट आयो । किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।”
24 यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्।
- परमेश्वरले मानिसको लागि स्वास्नीमानिस बनाउनुभयो ताकि तिनीहरूले विवाह गर्न सकून् ।
- परमेश्वरले मानिसको लागि स्वास्नीमानिस बनाउनुभयो ताकि तिनीहरू सँगै बसून् ।
- परमेश्वरले मानिसको लागि स्वास्नीमानिस बनाउनुभइ ताकि तिनीहरू बच्चा जन्माउन सकून् ।
- परमेश्वरले गर्नुहुने सबै काम असल हुन्छ ।
- परमेश्वरले गर्नुहुने सबै काम सिद्ध हुन्छ ।
- त्यो यसकारणले हुन्छ किनभने परमेश्वर केवल असल र सिद्ध हुनुहुन्छ ।
- परमेश्वरले कुनै पनि दुष्ट कुरा सोच्न सक्नुहुन्न ।
- परमेश्वरले कुनै पनि दुष्ट कुरा भन्न सक्नुहुन्न ।
- परमेश्वरले कुनै पनि दुष्ट कुरा गर्न सक्नुहुन्न ।
- ठूलो उपहारको रूपमा एउटी स्वास्नी पाएपछि आदम खुशी थिए भनी तपाईं ठान्नुहुन्छ ?
- हो ।
- आदमकी स्वास्नीको नाउँ के थियो ?
- आदमकी स्वास्नीको नाउँ हव्वा थियो ।
आउनुस् उत्पत्ति २:२५ पद पढौं ।
25 त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरू लाज मान्दैन थिए।
- आदिमा आदमलाई लाज के हो थाहा थिएन ।
- आदिमा हव्वालाई पनि लाज के हो थाहा थिएन ।
- आदिमा परमेश्वरले आदम र हव्वालाई सिद्ध रूपले सृष्टि गनुभयो ।
- आदिमा आदम र हव्वालाई दुष्ट्याइँ के हो थाहा थिएन ।
- आदिमा आदम र हव्वा परमेश्वर सँगसँगै हिँड्थे र धेरै खुशी थिए ।