पाठ ८
१. के परमेश्वरले पृथ्वीलाई स्वर्गदूतहरू वा शैतान वा उसका सहयोगी शैतानहरूको निम्ति तैयार पार्नुभएको थियो ?
– होइन ।
२. त्यसोभए कसको लागि परमेश्वरले पृथ्वी तैयार पार्नुभएको थियो त ?
– परमेश्वरले पृथ्वी हामी मानिसहरूको निम्ति तैयार पार्नुभएको थियो ।
३. परमेश्वरले सृष्टि गर्नुभएका थोकहरूमध्ये को सबैभन्दा बढी महत्वपूर्ण छ ?
– मानिस ।
४. किनभने परमेश्वरले सृष्टि गर्नुभएका सबै थोकमध्ये मानिस सबैभन्दा बढी महत्वपूर्ण थियो, मानिसलाई परमेश्वरले कसरी बनाउने निर्णय गर्नुभयो ?
– परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा बनाउने निर्णय गर्नुभयो
५. मानिसको कुन अङ्ग परमेश्वरको स्वरूपमा बनिएको छ ?
– हाम्रो समझ, संवेग र इच्छा ।
६. हाम्रो समझले हामीले के गरेको परमेश्वर चाहनुहुन्छ ?
– परमेश्वरले हामीले जुन असल कुरा हो त्यो सोचेको चाहनुहुन्छ ।
– परमेश्वर हामीले परमेश्वरको बारेमा सोचेको चाहनुहुन्छ ।
७. परमेश्वरले हामीलाई किन संवेग दिनुभयो ?
– ताकि हामी परमेश्वरलाई प्रेम गर्न सकौं ।
८. हाम्रो इच्छाले के गरेको परमेश्वर चाहनुहुन्छ ?
– परमेश्वर हामीले जे कुरा असल छ त्यसको छनोट गरेको चाहनुहुन्छ ।
– परमेश्वर हामीले परमेश्वरलाई छानेको चाहनुहुन्छ ।
९. परमेश्वरले आदिमा कति जना मानिस सृष्टि गर्नुभयो ?
– केवल एक जना पुरुष र एक जना महिला ।
१०. पहिलो मानिसको नाम के थियो ?
– आदम
११. आदमलाई सृष्टि गरिसके पछि उहाँले आदमसित के गर्नुभयो ?
– परमेश्वरले आदमलाई पृथ्वीमा भएका सबै थोकहरूको मालिक बनाउनुभयो ।
१२. आदिमा जीवन कस्तो थियो ?
- आदिमा त्यहाँ कुनै रीसराग थिएन ।
- आदिमा त्यहाँ कुनै घृणा थिएन ।
- आदिमा त्यहाँ कुनै दुष्ट्याइँ थिएन ।
- आदिमा त्यहाँ कुनै मृत्यु थिएन ।
१३. परमेश्वरले सिद्ध संसार सृष्टि गरिरहनुभएको कसले हेरिरहेको थियो ?
– परमेश्वरका स्वर्गदूतहरू, शैतान र उसका सहयोगी शैतानहरूले ।
१४. परमेश्वरले सिद्ध संसार रच्नुभएको देखेर शैतान र उसका सहयोगी शैतानहरू खुश भए ?
– अहँ, भएनन् ।
- के परमेश्वरले स्वर्ग र पृथ्वीको सृष्टि पूरा गरिसक्नुभएको थियो ।
- हो ।
आउनुस् उत्पत्ति २:१ हेरौं ।
यसरी पृथ्वी, आकाश र तिनीहरूभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।
- परमेश्वरले सबै कुरा सृष्टि गर्ने काम पूरा गर्नुभएको थियो ।
- आफूले गर्ने योजना बनाएको सबै कुरा परमेश्वरले पूरा गर्नुभएको थियो ।
- कहिलेकाहीँ मानिसहरूले काम सुरू गर्छन् तर पूरा गर्दैनन् ।
- कहिलेकाहीँ मानिसले घर बनाउन सुरू गर्छ तर पूरा गर्दैन ।
- कहिलेकाहीँ स्वास्निमानिसले भाँडो बनाउन सुरू गर्छे तर पूरा गर्दिन ।
- कहिलेकाहीँ काम धेरै गाह्रो भएको कारणले गर्दा मानिसहरूले काम पूरा गर्दैनन् ।
- कहिलेकाहीँ कसैले रोकेको कारणले गर्दा मानिसहरूले काम पूरा गर्दैनन् ।
- तर परमेश्वर भने मानिसजस्तो हुनुहुन्न ।
- जब परमेश्वर कुनै काम सुरू गर्नुहुन्छ तब त्यो काम धेरै गाह्रो भएको कारणले रोक्नुहुन्न ।
- जब परमेश्वर कुनै काम सुरू गर्नुहुन्छ तब त्यो काम कसैले रोकेको कारणले रोक्नुहुन्न ।
- जब परमेश्वरले कुनै काम सुरू गर्नुहुन्छ तब त्यो काम पूरा गरेरै छोड्नुहुन्छ ।
- आफूले पूरा गरेको काम किन परमेश्वरले पूरा गरेरै छोड्नुहुन्छ ?
- किनभने परमेश्वर कहिल्यै फेरिनुहुन्न ।
- किनभने परमेश्वरलाई उहाँको काम पूरा गर्न कुनै कुराले छेक्न सक्दैन ।
- जब परमेश्वरले काम सुरू गर्नुहुन्छ तब मानिसले उहाँको काम रोक्न सक्छ ?
- अहँ ।
- जब परमेशरले काम सुरू गर्नुहुन्छ तब शैतान वा उसका सहयोगी शैतानहरूले उहाँको काम रोक्न सक्छन् ?
- अहँ ।
- जब परमेश्वरले कुनै काम गर्ने प्रतिज्ञा गर्नुहुन्छ तब उहाँले त्यो पूरा गरेरै छोड्नुहुन्छ ।
- स्वर्ग र पृथ्वीको सृष्टि गरिसकेपछि परमेश्वरले के गर्नुभयो आउनुस् पढौं ।
आउनुस् उत्पत्ति २:२-३ पद पढौं ।
2 परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो। 3 परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।
- सातौं दिन परमेश्वरले किन विश्राम लिनुभयो ?
- के परमेश्वर थाक्नुभएको थियो ?
- अहँ ।
- सबै थोक सृष्टि गरिसके पछि पनि परमेश्वर किन थाक्नुभएको थिएन ?
- किनभने परमेश्वर थाक्नुहुन्न ।
- किनभने परमेश्वरको शक्ति कहिल्यै सद्धिदैन ।
- त्यसोभए परमेश्वरले सातौं दिन किन विश्राम लिनुभयो त ?
- किनभने परमेश्वरले आफूले योजना गरेको सृष्टिको सबै काम पूरा गर्नभएको थियो ।
- परमेश्वरले कति दिनमा सबै थोक सृष्टि गरिसक्नुभयो ?
- केवल छ दिनमा ।
- एउटा घर बनाउन कति दिन लाग्छ ?
- सायद तीन महिनाभन्दा बढी ।
- तर यहाँ हेर्नुहोस् केवल छ दिनमा परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो ।
- केवल परमेश्वरले मात्रै केवल छ दिनमा स्वर्ग र पृथ्वीको सृष्टि गर्न सक्नुहुन्छ ।
आउनुस् उत्पत्ति २:४ख र ६ पद पढौं ।
परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरूको कुरा यही नै हो। 6 पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो।
- जब परमेश्वरले पहिले पृथ्वीको सृष्टि गर्नुभयो त्यहाँ वर्षा हुँदैनथ्यो ।
- जब त्यहाँ वर्षा हुँदैनथ्यो भने परमेश्वरले कसरी पृथ्वीमा पानीले भर्नुभयो ?
- परमेश्वरले जमिनबाट निस्किने हुस्सुले पृथ्वीलाई पानीले भर्नुभयो ।
आउनुस् उत्पत्ति २:८ पद पढौं ।
8 परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।
- आदिमा परमेश्वरले एउटा सुन्दर बगैँचा लगाउनुभयो ।
- त्यस बगैँचाको नाम के थियो ?
- अदनको बगैंचा ।
- कसको निम्ति परमेश्वरले त्यो बगैँचा लगाउनुभएको थियो ?
- आदमको निम्ति ।
- आदमको निम्ति परमेश्वरले किन बगैँचा लगाउनुभयो ?
- किनभने परमेश्वरले आदमलाई धेरै प्रेम गर्नुहुन्थ्यो ।
- जब परमेश्वरले बगैँचा लगाउनुभयो, उहाँले आदमलाई त्यस बगैँचामा राख्नुभयो ।
- के परमेश्वरले आदमलाई म तँलाई बगैँचामा राख्नसक्छु कि भनी सोध्नुभयो ?
- अहँ ।
- परमेश्वरले किन आदमलाई म तँलाई बगैँचामा राख्नसक्छु कि भनी सोध्नुभएन ?
- किनभने आदमलाई परमेश्वरले बनाउनुभएको हो, आदम परमेश्वरको अधीनमा थिए ।
- किनभने सबै मानिसलाई परमेश्वरले बनाउनुभएको हो, तिनीहरू कसको अधीनमा हुनुपर्छ ?
- सबै मानिसहरू परमेश्वरको अधीनमा हुनुपर्छ ।
- किनभने सबै थोक परमेश्वरले बनाउनुभएको हो, सबै थोक कसको अधीनमा हुनुपर्छ ?
- सबै थोक परमेश्वरको अधीनमा हुनुपर्छ ।
- अदनको बगैँचाको मध्य भागमा परमेश्वरले दुईवटा विशेष प्रकारका रूखहरू लगाउनुभयो ।
आउनुस् उत्पत्ति २:९ख पद पढौं ।
उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो।
- परमेश्वरले अदनको बगैँचाको मध्य भागमा लगाउनुभएको पहिलो रूखको नाउँ के थियो ?
- जीवनको रूख ।
- परमेश्वरले किन अदनको बगैँचाको मध्य भागमा जीवनको रूख लगाउनुभएको थियो ?
- आदमले त्यस् रूखको फल खाऊन् र अजम्बरी बनून् भन्ने परमेश्वर चाहनुहुन्थ्यो ।
- परमेश्वरले आदमलाई जीवनको रूखको फल खानै पर्छ भनी कर गर्नुभएन ।
- परमेश्वर आदमले छनोट गरेको चाहनुहुन्थ्यो ।
- परमेश्वर आदमले जीवनको रूखको फल खाने छनोट गरेको चाहनुहुन्थ्यो ।
- परमेश्वर आदमले जीवनको छनोट गरेको चाहुनुहुन्थ्यो ।
- परमेश्वरले अदनको बगैँचाको मध्य भागमा लगाउनुभएको दोस्रो रूखको नाम के थियो ?
- असल र खराबको ज्ञान दिने रूख ।
- असल र खराबको ज्ञान दिने रूखको बारेमा भने परमेश्वरले आदमलाई एउटा आज्ञा दिनुभयो ।
आउनुस् उत्पत्ति २:१६-१७क पद पढौं ।
16 परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ। 17 तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ,
- परमेश्वरले असल र खराबको ज्ञान दिने रूखको बारेमा आदमलाई दिनुभएको आज्ञा के थियो ?
- परमेश्वरले आदमलाई त्यस रूखको फल नखानू भन्ने आज्ञा दिनुभयो ।
- परमेश्वरलाई कुन कुरा असल र कुनचाहिँ खराब हो भन्ने थाहा थियो ।
- परमेश्वरलाई असल कुरा असल र खराबचाहिँ खराब हो भन्ने थाहा थियो ।
- आदिमा आदमलाई कुनचाहिँ कुरा असल हो भन्ने मात्रै थाहा थियो ।
- आदिमा आदमलाई कुनै दुष्ट्याइँ थाहा थिएन ।
- आउनुस् परमेश्वरले आदमलाई यदि तिनले असल र खराबको ज्ञान दिने रूखको फल खाए भने के हुन्छ भनी भन्नुभएको थियो भन्ने कुरा पढौं ।
आउनुस् उत्पत्ति २:१७ख पद पढौं ।
किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफैं मर्नेछौ।”
- यदि आदमले असल र खराबको ज्ञान दिने रूखको फल खान्थे भने तिनलाई के हुन्थ्यो ?
- तिनी मर्थे ।
- मृत्यु के हो ?
- धेरै मानिसहरू एउटै मात्र मृत्यु छ भन्छन् ।
- तर परमेश्वर तीनवटा मृत्यु छन् भन्नुहुन्छ ।
- पहिलो मृत्यु परमेश्वरबाट अलग हुनु हो ।
- परमेश्वरबाट अलग हुनु किन मृत्यु हुनु हो ?
- किनभने परमेश्वरले मात्रै जीवन दिन सक्नुहुन्छ ।
- किनभने सबै जीवन परमेश्वरबाट आउँछ ।
- लुसिफरले पाप गर्यो र ऊ परमेश्वरबाट अलग भयो ।
- यदि आदमले परमेश्वरलाई अवज्ञा गर्थे भने आदम परमेश्वरबाट अलग हुन्थे ।
- दोस्रो मृत्यु प्राणले शरीर छोड्नु हो ।
- यो मृत्युको बारेमा धेरै मानिसलाई थाहा छ ।
- यदि आदमले परमेश्वरको अवज्ञा गरेका हुन्थे भने आदमको शरीर मर्थ्यो ।
- तेस्रो मृत्यु आत्मिक आगोको दहमा सधैँ पर्नु हो ।
- यदि आदमले परमेश्वरको अवज्ञा गरेका हुन्थे भने आदमको आत्मा सधैँभरिको लागि आत्मिक आगोको दहमा जान्थ्यो ।
- असल र खराबको ज्ञान दिने रूखको फल नखानू भनेर परमेश्वरले आदमलाई कसरी आज्ञा गर्न सक्नुभयो ?
- किनभने आदमलाई परमेश्वरले बनाउनुभएको हो ।
- किनभने आदम परमेश्वरको अधीनमा थिए ।
- यदि कुनै मानिसले झारपात उखेल्ने मेसिन बनाउँछ भने के त्यो मेसिन उसको हुँदैन र ?
- हुन्छ ।
- यदि कुनै स्वास्नीमानिसले टोकरी बनाउँछे भने के त्यो टोकरी उसको हुँदैन र ?
- हुन्छ ।
- यदि कुनै बच्चाले खेलौना बनाउँछ भने के त्यो उसको हुँदैन र ?
- हुन्छ ।
- किनभने परमेश्वरले आदमलाई बनाउनुभएको हो, आदम परमेश्वरको अधीनमा थिए ।
- किनभने परमेश्वरले आदमलाई बनाउनुभएको हो, परमेश्वरले आदमलाई आदेश दिनसक्नुहुन्थ्यो ।
- आदमलाई आदेश दिनु पमेश्वरको निम्ति असल थियो ?
- थियो ।
- किन परमेश्वरले आदमलाई आदेश दिनु असल थियो ?
- किनभने परमेश्वर आदमभन्दा धेरै बुद्धिमान् हुनुहुन्थ्यो ।
- के एकजना बूढो मान्छे तन्नेरी केटाभन्दा धेरै बुद्धिमान् हुन्छ ?
- अँ, हुन्छ ।
- के एकजना बूढी मान्छे तरुनी केटीभन्दा धेरै बुद्धिमती हुन्छे ?
- अँ, हुन्छे ।
- के तन्नेरी केटाले बूढो मान्छेको कुरा सुन्नु जरुरी छ ?
- छ ।
- के तरुनी केटीले बूढी मान्छेका कुरा सुन्नु जरुरी छ ?
- छ
- किनभने परमेश्वर आदमभन्दा धेरै बुद्धिमान् हुनुहुन्थ्यो, परमेश्वरको कुरा सुन्नु आदमको निम्ति जरुरी थियो ।
- परमेश्वर आदमले किन उहाँको कुरा सुनेको चाहनुहुन्थ्यो ?
- किनभने परमेश्वर आदमभन्दा धेरै बुद्धिमान् हुनुहुन्थ्यो ।
- किनभने परमेश्वरलाई आदमको निम्ति के कुरा असल छ भन्ने थाहा थियो ।
- किनभने परमेश्वरलाई आदमको निम्ति के कुरा खराब छ भन्ने थाहा थियो ।
- किनभने परमेश्वर आदमलाई बचाउन चाहनुहुन्थ्यो ।
- बूढो मानिसलाई तन्नेरी केटाको निम्ति के कुरा असल वा खराब छ भन्ने थाहा हुन्छ ।
- बूढी मान्छेलाई तरुनी केटीको निम्ति के कुरा असल र के कुरा खराब छ भन्ने थाहा हुन्छ ।
- आदमको निम्ति के कुरा असल र के कुरा खराब थियो भन्ने कुरा कसलाई थाहा थियो ?
- परमेश्वरलाई ।
- सबै मानिसहरूको निम्ति के कुरा असल छ भन्ने कसलाई थाहा छ ?
- परमेश्वरलाई ।
- परमेश्वरलाई सबै कुरा थाहा छ ।
- परमेश्वर आदमले उहाँलाई सुनून् भन्ने चाहनुहुन्थ्यो ।
- परमेश्वर सबै मानिसले उहाँलाई सुनून् भन्ने चाहनुहुन्छ ।
- परमेश्वरको बारेका सत्यहरू बाइबलमा छन् ।
- परमेश्वर बाइबालेमा उहाँले लेख्नुभएका कुराहरू सबै मानिसले सुनून् भन्ने चाहनुहुन्छ ।