पाठ ७
१. परमेश्वरले सृष्टि गर्नुभन्दा पहिले संसार कस्तो थियो ?
– आदिमा त्यहाँ उज्यालो थिएन ।
– आदिमा सारा पृथ्वीलाई अन्धकारले ढाकेको थियो ।
२. परमेश्वरले पहिलो दिनमा कसरी उज्यालोको सृष्टि गर्नुभयो ?
परमेश्वरले केवल बोलेर उज्यालोको सृष्टि गर्नुभयो ।
३. दोस्रो दिन परमेश्वरले कसरी आकाशको सृष्टि गर्नुभयो ?
परमेश्वरले केवल बोलेर आकाशको सृष्टि गर्नुभयो ।
४. पृथ्वीलाई ढाकेको पानीलाई परमेश्वरले कसरी अलग गर्नुभयो ?
- परमेश्वरले केही पानीलाई पृथ्वीबाट निकालेर माथि आकाशमा राख्नुभयो ।
परमेश्वरले बाँकी पानीलाई पृथ्वीमा छोड्नुभयो ।
५. सुख्खा जमिन देखापरोस् भनेर कसले पानीलाई एक ठाउँमा जम्मा हुन आदेश दिनुभयो ?
परमेश्वरले ।
६. परमेश्वरले पानीलाई किन एक ठाउँमा जम्मा होस् भनी आदेश दिन सक्नुभयो जुन आदेश पानीले पालना गर्नैपर्थ्यो ?
किनभने पानीलाई परमेश्वरले सृष्टि गर्नुभएको हो ।
७. परमेश्वरले सबै बिरुवाहरू र वृक्षहरूको सृष्टि कसरी गर्नुभयो ?
– परमेश्वरले केवल बोलेर सबै बिरुवाहरू र वृक्षहरूको सृष्टि गर्नुभयो ।
८. कसको लागि परमेश्वरले सबै बिरुवाहरू र वृक्षहरूको सृष्टि गर्नुभयो ?
– परमेश्वरले तिनीहरूको सृष्टि हामी मानिसको लागि गर्नुभयो ।
९. परमेश्वरले किन सबै बिरुवाहरू र वृक्षहरूको सृष्टि गर्नुभयो ?
– किनभने परमेश्वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ ।
१०. परमेश्वरले कसरी सूर्य, चन्द्रमा र ताराहरू सृष्टि गर्नुभयो ।
परमेश्वरले केवल बोलेर सूर्य, चन्द्रमा र ताराहरू सृष्टि गर्नुभयो ।
११. परमेश्वरले सबै जलचर र पक्षीहरूको सृष्टि कसरी गर्नुभयो ।
– परमेश्वरले सबै जलचर र पक्षीहरूको सृष्टि केवल बोलेर गर्नुभयो
१२. परमेश्वरले कसको निम्ति सबै जलचर र पक्षीहरूको सृष्टि गर्नुभयो ?
– परमेश्वरले तिनीहरूको सृष्टि हामी मानिसको निम्ति गर्नुभयो ।
१३. परमेश्वरले किन सबै जलचर र पक्षीहरूको सृष्टि गर्नुभयो ?
– किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ ।
१४. परमेश्वरले आफूले सृष्टि गर्नुभएका थोकहरूको बारेमा के भन्नुभयो ?
- परमेश्वरले सबै थोक असल थियो भन्नुभयो ।
१५. सबै थोक सिद्ध किसिमले सृष्टि गर्न परमेश्वर कसरी सक्षम हुनुभयो ?
– किनभने परमेश्वर सिद्ध हुनुहुन्छ ।
छैटौं दिनमा परमेश्वरले के सृष्टि गर्नुभयो ?
आउनुस् उत्पत्ति १:२४२५ हेरौं ।
24 परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घस्रने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।
25 यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।
छैटौं दिनमा परमेश्वरले सबै जनावरहरू सृष्टि गर्नुभयो ।
परमेश्वरले कति किसिमका जनावरहरू सृष्टि गर्नुभयो ?
कसैले गणना गर्नसक्ने भन्दा बढी ।
को एक्लै जनावरहरू सृष्टि गर्न सक्षम हुनुहुन्थ्यो ?
केवल परमेश्वर मात्रै ।
केवल परमेश्वर मात्रै जनावरहरू सृष्टि गर्नसक्नुहुन्छ ।
जब परमेश्वरले जनावरहरू सृष्टि गर्नुभयो तब पृथ्वी तैयार पारिएको थियो ।
- के परमेश्वरले पृथ्वीलाई स्वर्गदूतहरू, शैतान वा उसका सहयोगी शैतानहरूको निम्ति तैयार पार्नुभएको थियो ?
- होइन ।
- त्यसोभए कसको लागि परमेश्वरले पृथ्वी तैयार पार्नुभएको थियो त ?
- परमेश्वरले पृथ्वी हामी मानिसहरूको निम्ति तैयार पार्नुभएको थियो ।
- परमेश्वरले सिद्ध पृथ्वी मानिसहरूको निम्ति तैयार पार्नुभएको थियो किनभने उहाँ हामीलाई प्रेम गर्नुहुन्छ ।
- परमेश्वरले पृथ्वी स्वर्गदूतहरूको निम्ति तैयार पार्नुभएको थिएन ।
- परमेश्वरले पृथ्वी शैतानका सहयोगी शैतानहरूको निम्ति तैयार पार्नुभएको थिएन ।
- परमेश्वरले पृथ्वी शैतानको निम्ति तैयार पार्नुभएको थिएन ।
- परमेश्वरले पृथ्वी केवल हामी मानिसहरूको निम्ति तैयार पार्नुभएको थियो ।
- परमेश्वरले हाम्रो निम्ति पृथ्वी तैयार पारिसकेपछि के भन्नुभएको थियो आउनुस् पढौं ।
आउनुस् उत्पत्ति १:२६ पढौं ।
26 तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरूप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरूमाथि शासन गर्नैछन्।”
- परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा बनाऔं ।”
- परमेश्वर कोसँग कुरा गरिरहनुभएको थियो ?
- पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर सँगै कुरा गरिरहनुभएको थियो ।
- पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर हामीलाई उहाँहरूकै स्वरूपमा बनाउने बारेमा कुरा गरिरहनुभएको थियो ।
- परमेश्वरले सृष्टि गर्नुभएका थोकहरूमध्ये को सबैभन्दा बढी महत्वपूर्ण छ ?
- मानिस ।
- किनभने परमेश्वरले सृष्टि गर्नुभएका सबै थोकमध्ये मानिस सबैभन्दा बढी महत्वपूर्ण थियो, मानिसलाई परमेश्वरले कसरी बनाउने निर्णय गर्नुभयो ?
- परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा बनाउने निर्णय गर्नुभयो ।
- परमेश्वरले मानिसलाई अन्य जनावरहरूभन्दा कसरी फरक सृष्टि गर्नुभयो ?
- परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा बनाउनुभयो तर जनावरहरूको स्वरूप परमेश्वरको जस्तो छैन ।
- मानिसहरू परमेश्वरको स्वरूपमा बनिएका थिए भन्नुको अर्थ के हो ?
- यसले हाम्रो शरीरको अर्थ दिँदैन किनभने परमेश्वरको मासु र हड्डीको कुनै शरीर छैन ।
- हाम्रो अङ्ग, जुन परमेश्वरको स्वरूपमा बनिएको थियो त्यो देख्न सकिँदैन ।
- हाम्रो अङ्ग, जुन परमेश्वरको स्वरूपमा बनिएको थियो त्यो हाम्रो प्राण हो ।
- हाम्रो प्राणमा तीन भाग छन् ।
- हाम्रो प्राणमा हाम्रो समझ छ, हाम्रो संवेग छ र हाम्रो इच्छा छ ।
- हाम्रो समझ, संवेग र इच्छा परमेश्वरको स्वरूपमा बनिएका छन् ।
- मानिसको कुन अङ्ग परमेश्वरको स्वरूपमा बनिएको छ ?
- हाम्रो समझ, संवेग र इच्छा ।
- पहिलो, परमेश्वरले हाम्रो समझलाई उहाँकै स्वरूपमा बनाउनुभयो ।
- किनभने परमेश्वरको समझ छ, उहाँले हामीलाई समझसहित सृष्टि गर्नुभयो ।
- परमेश्वर सोच्न सक्नुहुन्छ र उहाँ हामीले सोचेको चाहनुहुन्छ ।
- हाम्रो समझले हामीले के गरेको परमेश्वर चाहनुहुन्छ ?
- परमेश्वरले हामीले जुन असल कुरा हो त्यो सोचेको चाहनुहुन्छ ।
- परमेश्वर हामीले परमेश्वरको बारेमा सोचेको चाहनुहुन्छ ।
- परमेश्वर हामीले उहाँको बारेमा सोचेको चाहनुहुन्छ ताकि हामी उहाँलाई चिन्न सकौं ।
- के तपाईं जनावरहरूसँग झाडीमा गएर बस्न मन पराउनुहुन्छ ?
- अहँ ।
- किन ?
- किनभने जनावरहरू कुराकानी गर्न र सोच्न सक्दैनन् ।
- जसरी तपाईं आफ्ना साथीहरूसँग कुराकानी गर्न चाहनुहुन्छ त्यसरी नै परमेश्वर पनि तपाईंसँग कुराकानी गर्न चाहनुहुन्छ ।
- परमेश्वरसँग समझ छ र उहाँले हामीलाई समझसहित सृष्टि गर्नुभयो ।
- परमेश्वरले हामीलाई हामीलाई समझ दिनुभएको छ ताकि हामी उहाँलाई चिन्न सकौं ।
- दोस्रो, परमेश्वरले हाम्रो संवेगलाई उहाँकै स्वरूपमा बनाउनुभयो ।
- किनभने परमेश्वरसँग संवेग छ, उहाँले हामीलाई संवेगसहित सृष्टि गर्नुभयो ।
- परमेश्वर खुशी बन्न सक्नुहुन्छ र उहाँ हामीलाई खुशी बनेको चाहनुहुन्छ ।
- परमेश्वर हामीलाई परमेश्वरको बारेमा जानेर खुशी बनेको चाहनुहुन्छ ।
- परमेश्वर हामीले उहाँलाई प्रेम गरेको चाहनुहुन्छ ।
- परमेश्वरले घृणा पनि गर्नुहुन्छ ।
- परमेश्वर के कुरालाई घृणा गर्नुहुन्छ ?
- परमेश्वर सबै किसिमको पापलाई घृणा गर्नुहुन्छ ।
- पाप के हो ?
- परमेश्वरले नचाहेको कुरा पाप हो ।
- परमेश्वरले नचाहेको सबै कुरा पाप हो ।
- परमेश्वर दुखी पनि बन्नुहुन्छ ।
- परमेश्वर के कुराले दुखी बन्नुहुन्छ ?
- उहाँलाई प्रेम नगर्ने मानिसहरूको बारेमा सोचेर परमेश्वर दुखी बन्नुहुन्छ ।
- जसरी तपाईंले आफ्ना छोराछोरीलाई प्रेम गर्नुहुन्छ त्यसरी नै परमेश्वरले पनि तपाईंलाई प्रेम गर्नुहुन्छ ।
- परमेश्वरसँग संवेग छ र परमेश्वरले हामीलाई संवेगसहित सृष्टि गर्नुभयो ।
- परमेश्वरले हामीलाई किन संवेग दिनुभयो ?
- ताकि हामी परमेश्वरलाई प्रेम गर्न सकौं ।
- तेस्रो, परमेश्वरले हाम्रो इच्छालाई उहाँकै स्वरूपमा बनाउनुभयो ।
- किनभने परमेश्वरसँग इच्छा छ, उहाँले हामीलाई इच्छासहित सृष्टि गर्नुभयो ।
- परमेश्वर छान्न सक्नुहुन्छ र उहाँ हामीले पनि छनोट गरेको चाहुनुहुन्छ ।
- हाम्रो इच्छाले के गरेको परमेश्वर चाहनुहुन्छ ?
- परमेश्वर हामीले जे कुरा असल छ त्यसको छनोट गरेको चाहनुहुन्छ ।
- परमेश्वर हामीले परमेश्वरलाई छानेको चाहनुहुन्छ ।
- परमेश्वर हामीले उहाँलाई छानेको चाहनुहुन्छ ताकि हाम्रो जीवन असल बनोस् ।
- जब तपाईं बन्दुक पड्काउनुहुन्छ तब बन्दुकले कसलाई गोली दाग्ने भनेर सोच्छ ?
- अहँ ।
- किन ?
- किनभने बन्दुकसँग इच्छाशक्ति छैन ।
- जब तपाईं आफ्नो डङ्गा पानीमा खियाउनुहुन्छ तब डुङ्गालाई कहाँ जाने भनी थाहा हुन्छ ?
- अहँ ।
- किन ?
- किनभने डुङ्गासँग इच्छाशक्ति छैन ।
- परमेश्वरसँग इच्छा छ र उहाँले हामीलाई इच्छासहित सृष्टि गर्नभयो ।
- परमेश्वरले हामीलाई इच्छा दिनुभयो ताकि हामीलाई छान्न सकौं ।
- आउनुस् परमेश्वरले सृष्टि गर्नुभएको पहिलो मानिसको बारेमा पढौं ।
आउनुस् उत्पत्ति १:२७ पढौं ।
27 यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टिगर्नुभयो।
- परमेश्वरले आदिमा कति जना मानिस सृष्टि गर्नुभयो ?
- केवल एक जना पुरुष र एक जना महिला ।
- पहिले परमेश्वरले पहिलो लोग्नेमानिस सृष्टि गर्नुभयो ।
- त्यसपछि परमेश्वरले पहिलो स्वास्नीमानिस सृष्टि गर्नुभयो ।
- पहिलो मानिसको नाम के थियो ?
- आदम ।
- पहिलो स्वास्नीमानिसको नाम के थियो ?
- हव्वा ।
- पहिलो लोग्नेमानिस र स्वास्नीमानिस सृष्टि गर्न को एक्लै सक्षम हुनुभयो ?
- केवल परमेश्वर
- केवल परमेश्वरले मात्रै मानिसको सृष्टि गर्नसक्नुहुन्छ ।
आउनुस् उत्पत्ति २:७क पढौं ।
7 तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो।
- परमेश्वरले आदमलाई भूमिको माटोबाट बनाउनुभयो ।
- तर अझै किन आदम जीवित भएका थिएनन् ।
- किनभने परमेश्वरले अझै आदममा जीवनको सास फुक्नुभएको थिएन ।
आउनुस् उत्पत्ति २:७ख पढौं ।
परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।
- परमेश्वरले आदममा जीवनको सास फुकेपछि मात्रै आदम जीवन भए ।
- केवल परमेश्वरले मात्रै मानिसमा जीवनको सास फुक्न सक्नुहुन्छ ।
- केवल परमेश्वरले मात्रै जीवन दिन सक्नुहुन्छ ।
- आदम नै सम्पूर्ण मानव जातिका सुरुवात हुन् ।
- आदम नै सम्पूर्ण मानव जातिका सुरुवात हुन् ।
- आदिमा परमेश्वरले गोरो छाला भएको मानिस सृष्टि गर्नुभएन ।
- आदिमा परमेश्वरले कालो छाला भएको मानिस सृष्टि गर्नुभएन ।
- सबै मानिस आदमबाट आए ।
- सबै मानिसहरूका पुर्खा आदम हुन् ।
- आदमलाई सृष्टि गरिसके पछि उहाँले आदमसित के गर्नुभयो ?
आउनुस् उत्पत्ति १:२८ पद पढौं ।
28 परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरू उत्पति गराऊ र पृथवी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँड्डुल गर्ने, सबै प्राणीहरूमाथि शासन गर।”
- परमेश्वरले आदमलाई पृथ्वीमा भएका सबै थोकहरूको मालिक बनाउनुभयो ।
- स्वर्गदूतहरू पृथ्वीमा भएका सबै थोकका मालिक किन होइनन् ?
- किनभने परमेश्वरले मानिसलाई पृथ्वीको मालिक बनाउनुभयो ।
- पृथ्वीको सृष्टि कसले गर्नुभएको हो ?
- परमेश्वरले ।
- त्यसोभए पृथ्वी कसको अधीनमा छ ?
- परमेश्वरको ।
- मानिसलाई पृथ्वीको मालिक बनाउने निर्णय कसको थियो ?
- केवल परमेश्वरको ।
- सृष्टिको काम पूरा गरिसकेपछि परमेश्वरले के भन्नुभयो ?
आउनुस् उत्पत्ति १:३१ पद पढौं ।
31 परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।
त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
- परमेश्वरले सबै थोकको सृष्टि गरिसकेपछि त्यो हेर्नुभयो र सबै कुरा साह्रै राम्रो थियो ।
- किनभने परमेश्वर सिद्ध हुनुहुन्छ, परमेश्वरले सृष्टि गर्नुभएको सबै कुरा सिद्ध हुन्छ ।
- आदिमा जीवन कस्तो थियो ?
- आदिमा त्यहाँ कुनै रीसराग थिएन ।
- आदिमा त्यहाँ कुनै घृणा थिएन ।
- आदिमा त्यहाँ कुनै दुष्ट्याइँ थिएन ।
- आदिमा त्यहाँ कुनै मृत्यु थिएन ।
- आदिमा सबै कुरा परमेश्वरले सिद्ध बनाउनुभयो ।
- परमेश्वरले सिद्ध संसार सृष्टि गरिरहनुभएको कसले हेरिरहेको थियो ?
- परमेश्वरका स्वर्गदूतहरू, शैतान र उसका सहयोगी शैतानहरूले ।
- परमेश्वरका स्वर्गदूतहरूले परमेश्वरले सृष्टि गर्नुभएको सबै थोक सिद्ध देखे ।
- अनि तिनीहरू खुशी भए ।
- परमेश्वरले सिद्ध संसार रच्नुभएको देखेर शैतान र उसका सहयोगी शैतानहरू खुश भए ?
- अहँ, भएनन् ।
- शैतान र उसका सहयोगी शैतानहरूले परमेश्वरले हरेक थोक सिद्ध बनाउनुभएको देखे र तिनीहरू साह्रै रिसाए ।
- शैतान र उसका सहयोगी शैतानहरू परमेश्वरले मानिसलाई उहाँकै स्वरूपमा बनाएको देखे र तिनीहरू साह्रै रिसाए ।