• Skip to main content

ChronologicalGospel.net

The Chronological Gospel

  • Why Teach the Bible Chronologically?
  • Chronological Gospel – What is it?
  • Lessons
  • Instructions for Translators
  • Chronological Teaching Videos
  • Testimonies
  • Hope Church

Nepali – 06

पाठ ६

१. आदिमा भनेको के हो ?

– आदिमा भनेको त्यो समय हो जतिबेला धेरै समय पहिले परमेश्वरले सबै थोक सृष्टि गर्नुभएको थियो ।

२. आदिमा संसारमा भएका सबै थोकको सृष्टि कसले गर्नुभयो ?

– परमेश्वरले ।

३. परमेश्वरले सबै थोक सृष्टि गर्नुभन्दा पहिले संसारमा के थियो ?

– केही पनि थिएन, शून्य थियो ।

४. यदि संसारमा केही पनि थिएन भने सृष्टि गर्नको निम्ति परमेश्वरले के कुरा प्रयोग गर्नुभयो ?

– केही पनि प्रयोग गर्नुभएन ।

५. त्यसोभए परमेश्वरले कसरी सृष्टि गर्नुभयो त ?

– परमेश्वरले शून्यमा संसारको सृष्टि गर्नुभयो ।

६. परमेश्वर कसरी शून्यमा सबै कुरा सृष्टि गर्न सक्षम हुनुभयो ?

  • परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ ।
  • परमेश्वरको शक्ति कहिल्यै सकिदैन ।
  • परमेश्वरको शक्ति सनातनदेखि सनातनसम्म रहन्छ ।

७. परमेश्वरको शक्तिको कुनै सीमा छ ?

– छैन ।

८. के शैतान वा उसका सहयोगी शैतानहरू वा मानिसहरू परमेश्वरभन्दा शक्तिशाली छन् ?

– छैनन् ।

९. सबै कुरा कसरी सृष्टि गर्ने भनेर परमेश्वरलाई कसैले सिकाएको हो ?

– अहँ, होइन ।

१०. किन कसैले परमेश्वरलाई सिकाएन ?

– किनभने आदिमा त्यहाँ परमेश्वरलाई सिकाउन कोही पनि थिएन ।

– त्यसबाहेक परमेश्वरलाई सिकाइमाग्नको निम्ति कोही चाहिदैन ।

११. परमेश्वरको समझको कुनै सीमा छ ?

– अहँ, छैन ।

१२. परमेश्वरभन्दा बुद्धिमान् कोही छ ?

  • छैन ।
  • आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।

आउनुस् उत्पत्ति १:१-२क पढौं ।

१- आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।

२- पृथ्वी आकारविनाको र शून्य थियो ।

  • परमेश्वरले सृष्टि गर्नुभन्दा पहिले संसार कस्तो थियो ?
  • आदिमा त्यहाँ उज्यालो थिएन ।
  • आदिमा सारा पृथ्वीलाई अन्धकारले ढाकेको थियो ।
  • यदि दिनमा सूर्यको उज्यालो हुदैनथ्यो भने के तपाईंलाई मन पर्थ्यो ?
  • पर्दैनथ्यो ।
  • यदि रातमा जूनको उज्यालो हुँदैनथ्यो भने के तपाईंलाई मन पर्थ्यो ?
  • पर्दैनथ्यो ।
  • यदि पृथ्वीमा उज्यालो हुँदैनथ्यो भने के यो डरलाग्दो हुन्थ्यो ?
  • हो, डरलाग्दो हुन्थ्यो ।
  • तपाईं एकअर्कालाई देख्न सक्नुहुन्नथ्यो ।
  • तपाईं आफ्नो बालीनाली लागाउनको लागि देख्न सक्नुहुन्थ्यो ।
  • तपाईं आफ्नो घर बनाउनको लागि देख्न सक्नुहुन्नथ्यो ।
  • आदिमा त्यहाँ उज्यालो थिएन ।
  • आदिमा त्यहाँ सुख्खा जमिन पनि थिएन ।
  • आदिमा सारा पृथ्वीलाई पानीले ढाकेको थियो ।

आउनुस् उत्पत्ति १:२ख पढौं ।

२-अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो ।

  • आदिमा पृथ्वीमा जीवन थिएन ।
  • तर त्यहाँ पवित्र आत्मा परमेश्वर हुनुहुन्थ्यो ।
  • पवित्र आत्मा परमेश्वर सबै थोक सृष्टि गर्न पर्खिरहनुभएको थियो ।
  • त्यहाँ तीन व्यक्तित्व हुनुहुन्छ जो एक परमेश्वर हुनुहुन्छ तर परमेश्वर केवल एक हनुहुन्छ भन्ने कुरा तपाईंलाई सम्झना छ ?
  • पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वरले सँगै सबै थोक सृष्टि गर्नुभएको हो ।
  • आदिमा परमेश्वरले पहिलो दिनमा के सृष्टि गर्नुभयो ?

आउनुस् उत्पत्ति १:३ पढौं ।

३-अनि परमेश्वरले भन्नुभयो, “उज्यलो होस् ।” तब उज्यालो भयो ।

  • पहिलो दिनमा परमेश्वरले उज्यालोको सृष्टि गर्नुभयो ।
  • परमेश्वरले पहिलो दिनमा कसरी उज्यालोको सृष्टि गर्नुभयो ?

परमेश्वरले केवल बोलेर उज्यालोको सृष्टि गर्नुभयो ।

 

के परमेश्वरबाहेक अरू कसैले केवल बोलेर उज्यालोको सृष्टि गर्नसक्छ ?

सक्दैन ।

यहाँ एउटा उदाहरण छ :

एक रात तपाईं झाडीमा पर्नुभयो जहाँ उज्यालो थिएन ।

त्यहाँ जून वा ताराको उज्यालो छैन ।

एकदमै अँध्यारो छ र तपाईं केही पनि देख्न सक्नुहुन्न ।

के तपाईंले “उज्यालो होस् ।”भन्दैमा उज्यालो हुन्छ र ?

हुँदैन ।

तर परमेश्वरले केवल बोल्नुमात्रै भयो र उज्यालोको सृष्टि भयो ।

उज्यालो कसरी सृष्टि गर्ने भनी परमेश्वरलाई कसरी थाहा भयो ?

परमेश्वरलाई सबै कुरा थाहा छ ।

परमेश्वरलाई थाहा नभएको केही पनि कुरा छैन ।

उज्यालोको सृष्टि गर्नु परमेश्वरलाई गाह्रो थियो ?

थिएन ।

किन थिएन ?

किनभने परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ ।

किनभने परमेश्वरले गर्न नसक्ने कुनै थोक छैन ।

आउनुस् उत्पत्ति १:४क पढौं ।

४- परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो ।

  • परमेश्वरले सृष्टि गर्नुभएको उज्यालो असल थियो ।
  • यसकारणले किनभने परमेश्वर सिद्ध हुनुहुन्छ ।
  • यसकारणले किनभने परमेश्वरले गर्नुहुने सबै काम सिद्ध हुन्छन् ।
  • पुरुषहरू घर बनाउँछन् तर कहिलेकाहीँ छानो चुहिन्छ ।
  • महिलाहरू भाँडा बनाउँछन् तर कहिलेकाहीँ भाँडो फुट्छ ।
  • तर परमेश्वरले सबै थोक सिद्ध सृष्टि गर्नुभयो ।
  • किन ?
  • किनभने परमेश्वर सिद्ध हुनुहुन्छ ।
  • उज्यालोको सृष्टि गरिसकेपछि परमेश्वरले के गर्नुभयो ?

आउनुस् उत्पत्ति १:४ख-५ पढौं ।

४-उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो ।

५-परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो । साँझ पर्‍यो र बिहान भयो ­ पहिलो दिन ।

  • जब परमेश्वरले उज्यालोको सृष्टि गर्नुभयो उहाँले सबै अन्धकारलाई हटाउनुभएन ।
  • परमेश्वरले रातिको समयमा रहनलाई केही अँध्यारो बाँकीराख्नुभयो ।
  • परमेश्वरले केही अँध्यारो बाँकी राख्नुभएको थिएन भने कस्तो हुन्थ्यो होला ?
  • हामी सुत्न सक्दैनथ्यौं ।
  • परमेश्वरले केही अँध्यारोलाई बाँकी राख्नुभयो ताकि हामी सुत्न सकौं ।
  • परमेश्वरले गर्नुहुने सबै काम सिद्ध हुन्छन् ।

दोस्रो दिन परमेश्वरले के सृष्टि गर्नुभयो ?

आउनुस् उत्पत्ति १:६­८ पढौं ।

६­अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस् र त्यसले पानीलाई दुई भाग गरोस् ।”

७­परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो । तब त्यस्तै भइहाल्यो ।

८-परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो । साँझ पर्‍यो र बिहान भयो – दोस्रो दिन ।

– दोस्रो दिन परमेश्वरले आकाशको सृष्टि गर्नुभयो ।

  • दोस्रो दिन परमेश्वरले कसरी आकाशको सृष्टि गर्नुभयो ?
  • परमेश्वरले केवल बोलेर आकाशको सृष्टि गर्नुभयो ।
  • के आकाशको सृष्टि गर्नु परमेश्वरको निम्ति गाह्रो काम थियो ?
  • थिएन ।
  • किन थिएन ।
  • किनभने परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ ।
  • किनभने परमेश्वरले गर्न नसक्नुहुने कुनै कुरा छैन ।
  • पृथ्वीलाई ढाकेको पानीलाई परमेश्वरले कसरी अलग गर्नुभयो ?
  • परमेश्वरले केही पानीलाई पृथ्वीबाट निकालेर माथि आकाशमा राख्नुभयो ।
  • परमेश्वरले बाँकी पानीलाई पृथ्वीमा छोड्नुभयो ।

 

  • तेस्रो दिन परमेश्वरले के सृष्टि गर्नुभयो ?

आउनुस् उत्पत्ति १:९-१० पढौं ।

९-अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस् ।” तब त्यस्तै भइहाल्यो ।

१०-परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो । अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो ।

  • तेस्रो दिन परमेश्वरले सुख्खा भूमि सृष्टि गर्नुभयो ।
  • सुख्खा जमिन देखापरोस् भनेर कसले पानीलाई एक ठाउँमा जम्मा हुन आदेश दिनुभयो ?
  • परमेश्वरले ।
  • परमेश्वरले पानीलाई किन एक ठाउँमा जम्मा होस् भनी आदेश दिन सक्नुभयो जुन आदेश पानीले पालना गर्नैपर्थ्यो ?
  • किनभने पानीलाई परमेश्वरले सृष्टि गर्नुभएको हो ।

 

  • कुनै मान्छे नदीमा जान्छ र नदीलाई एक ठाउँमा जम्मा होस् म तरेर पारी जान्छु भन्नसक्छ ?
  • सक्दैन ।
  • परमेश्वरले तेस्रो दिन अरू के कुरा सृष्टि गर्नुभयो ?

आउनुस् उत्पत्ति १:११-१३ पढौं ।

११-अनि परमेश्वरले भन्नुभयो, “भूमिले वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्नो किसमको बीउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस् ।” तब त्यस्तै भइहाल्यो ।

१२-भूमिले वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्नो किसिमको फल हुने वृक्षहरू उमार्‍यो । अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो ।

१३-साँझ परयो र बिहान भयो- तेस्रो दिन ।

  • तेस्रो दिन परमेश्वरले सबै बिरुवाहरू र वृक्षहरू सृष्टि गर्नुभयो ।
  • परमेश्वरले सबै बिरुवाहरू र वृक्षहरूको सृष्टि कसरी गर्नुभयो ?
  • परमेश्वरले केवल बोलेर सबै बिरुवाहरू र वृक्षहरूको सृष्टि गर्नुभयो ।
  • के बिरुवाहरू र वृक्षहरूको सृष्टि गर्नु परमेश्वरको निम्ति गाह्रो काम थियो ?
  • थिएन ।
  • किन थिएन ?
  • किनभने परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ ।
  • किनभने परमेश्वरले गर्न नसक्नुहुने कुनै काम छैन ।
  • परमेश्वरले कति थरी बिरुवाहरू र वृक्षहरू सृष्टि गर्नुभयो ?
  • कसैले गणना गर्नसक्ने भन्दा बढी ।
  • परमेश्वरले सबै बिरुवाहरू र वृक्षहरू किन सृष्टि गर्नुभयो ?
  • के परमेश्वरलाई बाँच्नको निम्ति बिरुवाहरू र वृक्षहरूको खाँचो पर्छ ?
  • पर्दैन ।
  • कसको लागि परमेश्वरले सबै बिरुवाहरू र वृक्षहरूको सृष्टि गर्नुभयो ?
  • परमेश्वरले तिनीहरूको सृष्टि हामी मानिसको लागि गर्नुभयो ।
  • परमेश्वरले किन सबै बिरुवाहरू र वृक्षहरूको सृष्टि गर्नुभयो ?
  • किनभने परमेश्वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ ।
  • यदि रूखहरू थिएनन् भने तपाईं घर बनाउन सक्नुहुन्थ्यो ।
  • अहँ ।
  • परमेश्वरले रूखहरू हाम्रो निम्ति सृष्टि गर्नुभयो किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ ।
  • यदि मकै थिएन भने तपाईं के खानुहुन्थ्यो ?
  • धेरै खाइदैनथ्यो ।
  • परमेश्वरले हाम्रो निम्ति मकै सृष्टि गर्नुभयो किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ ।
  • परमेश्वरले चौथो दिन के सृष्टि गर्नुभयो ?

उत्पत्ति १:१६-१९ पढौं ।

१६-अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो- ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न र सानो ज्योति रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो ।

१७-अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई,

१८-दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्नुभयो । अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो ।

साँझ पर्‍यो र बिहान भयो- चौथो दिन ।

  • चौथो दिन परमेश्वरले सूर्य, चन्द्रमा र ताराहरू सृष्टि गर्नुभयो ।
  • परमेश्वरले कसरी सूर्य, चन्द्रमा र ताराहरू सृष्टि गर्नुभयो ।
  • परमेश्वरले केवल बोलेर सूर्य, चन्द्रमा र ताराहरू सृष्टि गर्नुभयो ।
  • किनभने परमेश्वरले तिनलाई आकाशमा राख्नुभयो ।
  • किनभने परमेश्वरको काम सिद्ध छ ।
  • पाँचौं दिन परमेश्वरले के सृष्टि गर्नुभयो ?

आउनुस् उत्पत्ति १:२०-२१ र २३ पद पढौं ।

२०-अनि परमेश्वरले भन्नुभयो, “पानी जीवित प्राणीहरूले प्रसस्त गरी भरिऊन् र पक्षीहरूचाहिँ पृथ्वीमाथि आकाशमा उडून् ।”

२१-यसैले समुद्रका विशाल जलचरहरू, पानीमा भरिएर चलहल गर्ने कसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो । अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो ।

२३- अनि साँझ परयो र बिहान भयो- पाँचौं दिन ।

  • पाँचौं दिन परमेश्वरले सबै जलचर र पक्षीहरू सृष्टि गर्नुभयो ।

 

  • परमेश्वरले कसरी सबै जलचर र पक्षीहरूको सृष्टि गर्नुभयो ?
  • परमेश्वरले सबै जलचर र पक्षीहरूको सृष्टि केवल बोलेर गर्नुभयो ।

 

  • जलचर र पक्षीहरूको सृष्टि गर्नु परमेश्वरको निम्ति गाह्रो थियो ?
  • थिएन ।
  • किन थिएन ?
  • किनभने परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ ।
  • किनभने परमेश्वरले गर्न नसक्ने कुनै कुरा छैन ।
  • परमेश्वरले कतिथरि जलचर र पक्षीहरू सृष्टि गर्नुभयो ?
  • कसैले गन्न सक्ने भन्दा बढी ।
  • परमेश्वरले किन सबै जलचर र पक्षीहरू सृष्टि गर्नुभयो ?
  • के परमेश्वरलाई बाँच्नको निम्ति जलचर र पक्षीहरूको खाँचो पर्छ ?
  • पर्दैन ।
  • परमेश्वरले कसको निम्ति सबै जलचर र पक्षीहरूको सृष्टि गर्नुभयो ?
  • परमेश्वरले तिनीहरूको सृष्टि हामी मानिसको निम्ति गर्नुभयो ।
  • परमेश्वरले किन सबै जलचर र पक्षीहरूको सृष्टि गर्नुभयो ?
  • किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ ।
  • परमेश्वरले आफूले सृष्टि गर्नुभएका थोकहरूको बारेमा के भन्नुभयो ?
  • परमेश्वरले सबै थोक असल थियो भन्नुभयो ।
  • सबै थोक सिद्ध किसिमले सृष्टि गर्न परमेश्वर कसरी सक्षम हुनुभयो ?
  • किनभने परमेश्वर सिद्ध हुनुहुन्छ ।
  • परमेश्वरले आदिमा सृष्टि गर्नुभएको सबै थोक सिद्ध थियो ।
  • आदिमा त्यहाँ कुनै काँडा थिएन ।
  • आदिमा त्यहाँ कुनै झारपात थिएन ।
  • आदिमा त्यहाँ सबै मकै राम्रोसँग फस्टाउँथ्यो ।
  • परमेश्वरले हरेक थोक सिद्ध किसिमले सृष्टि गर्नुभयो किनभने उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ ।