• Skip to main content

ChronologicalGospel.net

The Chronological Gospel

  • Why Teach the Bible Chronologically?
  • Chronological Gospel – What is it?
  • Lessons
  • Instructions for Translators
  • Chronological Teaching Videos
  • Testimonies
  • Hope Church

Nepali – 05

पाठ ५

१. सबै स्वर्गदूतहरू कहाँबाट आएका हुन् ?

– सबै स्वर्गदूतहरूलाई परमेश्वरले आदिमा सृष्टि गर्नुभएको हो ।

२. जब परमेश्वरले स्वर्गदूतहरूको सृष्टि गर्नुभयो के उहाँले तिनीहरूलाई मासु र रगत दिनुभयो ?

– अहँ ।

– परमेश्वरले स्वर्गदूतहरूलाई आत्मा स्वरूपमा सृष्टि गर्नुभयो ।

  • ३. परमेश्वरले किन स्वर्गदूतहरूको सृष्टि गर्नुभयो ?
  • परमेश्वरले स्वर्गदूतहरूलाई उहाँलाई प्रेम गर्नको लागि सृष्टि गर्नुभयो ।
  • परमेश्वरले स्वर्गदूतहरूलाई उहाँप्रति आज्ञाकारी हुनको लागि सृष्टि गर्नुभयो ।
  • परमेश्वरले स्वर्गदूतहरूलाई उहाँको सेवा गर्नको लागि सृष्टि गर्नुभयो ।

४. के परमेश्वरले असल र खराब स्वर्गदूतहरू सृष्टि गर्नुभएको हो ?

– परमेश्वरले सबै स्वर्गदूतहरूलाई केवल असल सृष्टि गर्नुभएको हो ।

५. परमेश्वरले कति जना स्वर्गदूतहरू सृष्टि गर्नुभएको थियो ?

– परमेश्वरले धेरै जना स्वर्गदूत सृष्टि गर्नुभयो र हामी ती सबैको गणना गर्न सक्दैनौं ।

६. आदिमा ती सबै स्वर्गदूतहरू कहाँ बसोबास गर्थे ?

– स्वर्गमा परमेश्वरसँग ।

७. परमेश्वरले धैरै समझ र सुन्दरतासहित सृष्टि गर्नुभएको त्यस स्वर्गदूतको नाम के थियो ?

  • लुसिफर ।

८. के परमेश्वरले लुसिफरलाई असल वा खराब सृष्टि गर्नुभएको थियो ?

  • असल ।

९. आदिमा लुसिफरलाई के भयो ?

  • लुसिफरले उसको समझ र सुन्दरता हेर्‌यो र घमण्डी बन्यो, परमेश्वरको सिंहासनमा बस्न चाह्यो ।

१०. दुष्ट काम गर्ने पहिलो व्यक्ति को थियो ?

– लुसिफर ।

११. लुसिफरले उहाँलाई सिंहासनच्यूत गर्न चाहेको कुरा परमेश्वरलाई थाहा थियो ?

– हो, थाहा थियो ।

१२. के परमेश्वरले लुसिफरलाई उहाँलाई सिंहासनच्यूत गर्न दिनुभयो त ?

– अँह, दिनुभएन ।

१३. किनभने लुसिफर पाप गर्ने पहिलो व्यक्ति थियो, परमेश्वरले लुसिफरको नाम फेर्नुभयो, लुसिफरको नयाँ नाम के हो ?

  • शैतान ।

१४. शैतानको नामको अर्थ के हो ?

– शैतानको नामको अर्थ शत्रु हो ।

१५. दुष्ट काम गरेकोमा परमेश्वरले शैतानलाई कसरी सजाय दिनुभयो ?

– परमेश्वर शैतानसँग धेरै रिसाउनुभयो र उसलाई स्वर्गबाट खसालिदिनुभयो ।

१६. किनभने शैतानलाई पछ्याउने स्वर्गदूतहरूले परमेश्वरको विरुद्धमा पाप गरे, त्यसैले उहाँले तिनीहरूको नाउँ फेर्नुभयो, शैतानलाई पछ्याउने स्वार्गदूतहरूको नयाँ नाउँ के हो ?

– सहयोगी शैतानहरू ।

१७. शैतानलाई पछ्याउने सहयोगी शैतानहरूलाई परमेश्वरले कसरी सजाय दिनुभयो ?

– परमेश्वर तिनीहरूसँग धेरै रिसाउनुभयो र तिनीहरूलाई स्वर्गबाट खसालिदिनुभयो ।

१८. परमेश्वरले शैतान र उसका सहयोगी शैतानहरूलाई अरू कसरी सजाय दिनुभयो ?

  • परमेश्वरले शैतान र उसका सहयोगी शैतानहरूलाई आत्मिक दण्डको निम्ति डरलाग्दो ठाउँ तयार पार्नुभयो ।

१९. आत्मिक दण्डको निम्ति बनेको त्यस डरलाग्दो ठाउँको नाउँ के हो ?

– आत्मिक आगोको दह ।

२०. शैतान र उसका सहयोगीहरू अहिले कहाँ बस्छन् ?

– शैतान र उसका सहयोगीहरू अहिले पृथ्वीमा बस्छन् ।

२१. शैतान र उसका सहयोगीहरूले अहिले के गर्छन् ?

– तिनीहरू दिनरात लगाएर परमेश्वरको कामको विरुद्धमा लडाईं गर्छन् ।

– आउनुस् परमेश्वरको पुस्तकको पहिलो वचन फेरि पढौं ।

आउनसस् उत्पत्ति १:१ पद पढौं ।

१-आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।

  • आदिमा भनेको के हो ?
  • आदिमा भनेको त्यो समय हो जतिबेला धेरै समय पहिले परमेश्वरले सबै थोक सृष्टि गर्नुभएको थियो ।
  • आदिमा संसारमा भएका सबै थोकको सृष्टि कसले गर्नुभयो ?
  • परमेश्वरले ।
  • संसारमा भएका सबै थोक आदिमा परमेश्वरद्वारा सृष्टि गरिएका हुन् ।
  • परमेश्वरले सबै थोक सृष्टि गर्नुभन्दा पहिले संसारमा के थियो ?
  • केही पनि थिएन, शून्य थियो ।
  • यदि संसारमा केही पनि थिएन भने सृष्टि गर्नको निम्ति परमेश्वरले के कुरा प्रयोग गर्नुभयो ?
  • पृथ्वी र आकाशको सृष्टि गर्न परमेश्वरले के कुरा प्रयोग गर्नुभयो ?
  • सूर्य, चन्द्र वा ताराहरूको सृष्टि गर्न के कुरा प्रयोग गर्नुभयो ?
  • रूखहरू थिएनन् भने तपाईं पुरुषहरू घर बनाउन सक्नुहुन्थ्यो ?
  • अहँ ।
  • तपाईं पुरुषहरू शून्यमा घर बनाउन सक्नुहुन्छ ?
  • अहँ ।
  • माटो थिएन भने तपाईं महिलाहरू भाँडो बनाउन सक्नुहुन्थ्यो ?
  • अहँ ।
  • तपाईं महिलाहरू शून्यमा भाँडो बनाउन सक्नुहुन्छ ?
  • अहँ ।
  • नरकट थिएन भने तपाईं बालकहरू खेलौना बनाउन सक्नुहुन्थ्यो ?
  • अहँ ।
  • तपाईं बालकहरू शून्यमा खेलौना बनाउन सक्नुहुन्छ ?
  • अहँ ।
  • यदि संसारमा केही पनि थिएन भने सृष्टि गर्नको निम्ति परमेश्वरले के कुरा प्रयोग गर्नुभयो ?
  • केही पनि प्रयोग गर्नुभएन ।
  • त्यसोभए परमेश्वरले कसरी सृष्टि गर्नुभयो त ?
  • परमेश्वरले शून्यमा संसारको सृष्टि गर्नुभयो ।
  • पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वरले शून्यमा संसारको सृष्टि गर्नुभयो ।
  • शून्यमा स्वर्ग र पृथ्वीको सृष्टि गर्न परमेश्वर कसरी सक्षम हुनुभयो ?

 

  • परमेश्वर कसरी शून्यमा सबै कुरा सृष्टि गर्न सक्षम हुनुभयो ?
  • परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ ।
  • परमेश्वरको शक्ति कहिल्यै सकिदैन ।
  • परमेश्वरको शक्ति सनातनदेखि सनातनसम्म रहन्छ ।
  • परमेश्वरको शक्तिको कुनै सीमा छ ?
  • छैन ।
  • परमेश्वरको शक्तिको कुनै सीमा छैन ।
  • परमेश्वरको शक्तिको कुनै अन्त छैन ।
  • परमेश्वरले गर्न नसक्नै कुनै चिज छैन ।
  • परमेश्वर सबै थोक गर्न सक्नुहुन्छ ।
  • परमेश्वरले सबै संसारलाई शून्यबाट बनाउनुभयो ।
  • के कोही परमेश्वरभन्दा शक्तिशाली छ ?
  • अहँ, छैन ।
  • के शैतान परमेश्वरभन्दा शक्तिशाली छ ?
  • अहँ, छैन ।
  • के शैतानका सहयोगी शैतानहरू परमेश्वरभन्दा शक्तिशाली छन् ?
  • अहँ, छैनन् ।
  • के मानिसहरू परमेश्वरभन्दा शक्तिशाली छन् ?
  • अहँ, छैनन् ।
  • परमेश्वरले गर्न नसक्ने कुनै त्यस्तो कुरा छ ?
  • अहँ, छैन ।
  • परमेश्वर आफूले चाहेको कुनै पनि कुरा गर्न सक्नुहुन्छ ।
  • परमेश्वर आफूले चाहेको सबै कुरा गर्न सक्नुहुन्छ ।
  • शून्यबाट सबै कुरा कसरी सृष्टि गर्ने भन्ने कुरा परमेश्वरलाई कसरी थाहा भयो ?
  • सबै कुरा कसरी सृष्टि गर्ने भनेर परमेश्वरलाई कसैले सिकाएको हो ?
  • तपाईं पुरुषहरु आफ्ना छोराहरूलाई मकै कसरी रोप्ने भनेर सिकाउनुहुन्छ, किनभने कलिला केटाहरूलाई कसरी मकै रोप्ने भनी थाहा हुँदैन ।
  • तपाईं महिलाहरू आफ्ना छोरीहरूलाई खाना कसरी पकाउने भनेर सिकाउनुहुन्छ, किनभने कलिला केटीहरूलाई कसरी खाना बनाउने भनी थाहा हुँदैन ।
  • सबै कुरा कसरी सृष्टि गर्ने भनेर परमेश्वरलाई कसैले सिकाएको हो ?
  • अहँ, होइन ।
  • किन कसैले परमेश्वरलाई सिकाएन ?
  • किनभने आदिमा त्यहाँ परमेश्वरलाई सिकाउन कोही पनि थिएन ।
  • यदि आदिभन्दा पहिले परमेश्वरमात्रै निवास गर्नुहुन्थ्यो भने उहाँलाई सिकाउने त्यहाँ कोही पनि थिएन ।
  • त्यसबाहेक परमेश्वरलाई सिकाइमाग्नको निम्ति कोही चाहिदैन ।
  • किन परमेश्वरलाई सिकाइमाग्नको निम्ति कोही चाहिदैन ?
  • किनभने परमेश्वरलाई सबै कुरा थाहा छ ।
  • परमेश्वरको समझ कहिल्यै सकिदैन ।
  • परमेश्वरको समझ सनातनदेखि सनातनसम्म छ ।
  • परमेश्वरको समझको कुनै सीमा छ ?
  • अहँ, छैन ।
  • परमेश्वरको समझको कुने सीमा छैन ।
  • परमेश्वरको समझको कुनै अन्त छैन ।
  • परमेश्वरलाई थाहा नभएको कुनै कुरा छैन ।
  • परमेश्वरलाई सबै कुरा थाहा छ ।
  • परमेश्वरले सबै संसारको सृष्टि शून्यबाट गर्नुभयो ।
  • परमेश्वरभन्दा बुद्धिमान् कोही छ ?
  • छैन ।
  • के शैतान परमेश्वरभन्दा बुद्धिमान् छ ?
  • अहँ, छैन ।
  • के शैतानका सहयोगी शैतानहरू परमेश्वरभन्दा बुद्धिमान् छन् ?
  • अहँ, छैनन् ।
  • के मानिसहरू परमेश्वरभन्दा बुद्धिमान् छन् ?
  • अहँ, छैनन् ।
  • परमेश्वरलाई सबै थोकको बारेमा सबै कुरा थाहा छ ।
  • त्यसकारण हामीले परमेश्वरको वचन सुन्नुपर्छ ।