• Skip to main content

ChronologicalGospel.net

The Chronological Gospel

  • Why Teach the Bible Chronologically?
  • Chronological Gospel – What is it?
  • Lessons
  • Instructions for Translators
  • Chronological Teaching Videos
  • Testimonies
  • Hope Church

Nepali – 04

पाठ ४

१. के परमेश्वरको मासु वा हाड वा रगत छ ?

– अहँ, छैन ।

२. यदि परमेश्वरको मासु वा हाड वा रगत छैन भने परमेश्वर के हुनुहुन्छ त ?

– परमेश्वर आत्मा हुनुहुन्छ ।

३. परमेश्वर कहाँ हुनुहुन्छ ?

– परमेश्वर सदाकालको लागि जहाँसुकै हुनुहुन्छ ।

४. परमेश्वरबाट लुकिछिपि हामी कहाँ जानसक्छौ ?

– हामी परमेश्वरबाट लुक्नछिप्न सक्दैनौं ।

५. परमेश्वर कति जना हुनुहुन्छ ?

– परमेश्वर केवल एकमात्र हुनुहुन्छ ।

६. तीन व्यक्त्तित्व को हुनुहुन्छ जो एक परमेश्वर हुनुहुन्छ ?

– पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर ।

– सबै स्वर्गदूतहरू कहाँबाट आएका हुन् ?

– सबै स्वर्गदूतहरूलाई परमेश्वरले आदिमा सृष्टि गर्नुभएको हो ।

– आदिभन्दा पहिले कुनै पनि स्वर्गदूतहरू थिएनन् ।

– स्वर्गदूतहरूभन्दा परमेश्वर किन महान् हुनुहुन्छ ?

– किनभने परमेश्वर स्वर्गदूतहरूभन्दा पहिलेदेखि नै हुनुहुन्थ्यो ।

– किनभने परमेश्वरले स्वर्गदूतहरूलाई सृष्टि गर्नुभयो ।

  • किनभने परमेश्वरले स्वर्गदूतहरूलाई जीवन दिनुभयो ।
  • किनभने परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ ।
  • जब परमेश्वरले स्वर्गदूतहरूको सृष्टि गर्नुभयो के उहाँले तिनीहरूलाई मासु र रगत दिनुभयो ?
  • अहँ, परमेश्वरले स्वर्गदूतहरूलाई आत्मा स्वरूपमा सृष्टि गर्नुभयो ।
  • परमेश्वर आत्मा हुनुहुन्छ, अनि स्वर्गदूतहरू आत्मा हुन् तर परमेश्वर स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ ।
  • परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ ।
  • तर स्वर्गदूतहरू सर्वशक्तिमान छैनन् ।
  • परमेश्वर एक समयमा जहाँसुकै हुन सक्नुहुन्छ ।
  • तर स्वर्गदूतहरू एक समयमा एक ठाउँमा मात्रै हुन सक्छन् ।
  • यद्यपि परमेश्वरले स्वर्गदूतहरूलाई आत्मा स्वरूपमा बनाउनुभयो तर कहिलेकाहीं स्वर्गदूतहरूले तिनीहरूको बाहिरी स्वरूपलाई मानिसको जस्तो बनाउँछन् ।
  • परमेश्वरले किन स्वर्गदूतहरूको सृष्टि गर्नुभयो ?
  • के परमेश्वरलाई कुनै सहायता चाहिएको थियो ?
  • अहँ, होइन । परमेश्वरको शक्ति कहिल्यै सकिँदैन र यो अनन्त छ ।
  • परमेश्वरले किन स्वर्गदूतहरूको सृष्टि गर्नुभयो ?
  • परमेश्वरले स्वर्गदूतहरूलाई उहाँलाई प्रेम गर्नको लागि सृष्टि गर्नुभयो ।
  • परमेश्वरले स्वर्गदूतहरूलाई उहाँप्रति आज्ञाकारी हुनको लागि सृष्टि गर्नुभयो ।
  • परमेश्वरले स्वर्गदूतहरूलाई उहाँको सेवा गर्नको लागि सृष्टि गर्नुभयो ।
  • यदि एकजना मानिसले घर बनाउँछ भने त्यस घरको मालिक को हुन्छ ?
  • घर बनाउने मानिस ।
  • किन ?
  • किनभने घर बनाउने मानिस त्यही हो ।
  • यदि एकजना स्वास्नीमानिसले भाँडो बनाउँछे भने त्यस भाँडोको मालिक हो हुन्छ ?
  • भाँडो बनाउने स्वास्नीमानिस ।
  • किन ?
  • किनभने भाँडो बनाउने स्वास्नीमानिस त्यही हो ।
  • यदि परमेश्वरले स्वर्गदूतहरूको सृष्टि गर्नुभएको हो भने ती स्वर्गदूतहरूको मालिक को हुन्छ ?
  • परमेश्वर ।
  • किन ?
  • किनभने स्वर्गदूतहरूको सृष्टि गर्नुहुने परमेश्वर हुनुहुन्छ ।
  • किनभने परमेश्वरले स्वर्गदूतहरूको सृष्टि गर्नुभयो त्यसैले तिनीहरू परमेश्वरको अधीनमा छन् ।
  • के परमेश्वरले असल र खराब स्वर्गदूतहरू सृष्टि गर्नुभएको हो ?
  • परमेश्वरले सबै स्वर्गदूतहरूलाई केवल असल सृष्टि गर्नुभएको हो ।
  • परमेश्वरले खराब स्वर्गदूतहरू सृष्टि गर्न सक्नुहुन्न ।
  • परमेश्वरले कुनै पनि खराब कुरा सृष्टि गर्न सक्नुहुन्न ।
  • परमेश्वरको सबै सोचाइ असल हुन्छ ।
  • परमेश्वरको सबै भनाइ असल हुन्छ ।
  • परमेश्वरको सबै गराइ असल हुन्छ ।
  • परमेश्वरले कति जना स्वर्गदूतहरू सृष्टि गर्नुभएको थियो ?
  • परमेश्वरले धेरै जना स्वर्गदूत सृष्टि गर्नुभयो र हामी ती सबैको गणना गर्न सक्दैनौं ।
  • आदिमा ती सबै स्वर्गदूतहरू कहाँ बसोबास गर्थे ?
  • स्वर्गमा परमेश्वरसँग ।
  • स्वर्ग के हो ?
  • स्वर्ग परमेश्वरको विशेष स्थान हो जहाँ उहाँ निवास गर्नुहुन्छ ।
  • परमेश्वर स्वर्गमा हुनुहुन्छ तर परमेश्वर पृथ्वीमा पनि जहाँसुकै हुनुहुन्छ ।
  • स्वर्ग कहाँ छ ?
  • हामीलाई थाहा छैन तर स्वर्ग चन्द्र, सूर्य र ताराहरूभन्दा पछाडि छ ।
  • परमेश्वरले एकजना स्वर्गदूतलाई धेरै बुद्धि र सुन्दरतासहित सृष्टि गर्नुभयो ।
  • परमेश्वरले धैरै बुद्धि र सुन्दरतासहित सृष्टि गर्नुभएको त्यस स्वर्गदूतको नाम के थियो ?
  • लुसिफर ।
  • परमेश्वरले लुसिफरलाई असल वा खराब कस्तो सृष्टि गर्नुभएको थियो ?
  • असल ।
  • परमेश्वरले केवल असल स्वर्गदूतहरू मात्रै सृष्टि गर्न सक्नुहुन्छ ।
  • परमेश्वरले खराब स्वर्गदूतहरू सृष्टि गर्न सक्नुहुन्न ।
  • परमेश्वरले लुसिफरलाई धेरै बुद्धिसहित सृष्टि गर्नुभएको थियो तर परमेश्वरको बुद्धि कहिल्यै सकिदैन ।
  • परमेश्वरले लुसिफरलाई धेरै सुन्दरतासहित सृष्टि गर्नुभएको थियो तर परमेश्वरको सुन्दरता कहिल्यै सकिदैन ।
  • किनभने लुसिफरलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, लुसिफर कसको अधीनमा थियो ?
  • परमेश्वरको ।
  • किनभने लुसिफरलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, लुसिफर कोप्रति आज्ञाकारी हुनुपर्थ्यो ?
  • परमेश्वरप्रति ।
  • आदिमा लुसिफरलाई के भयो ?
  • लुसिफरले उसको बुद्धि र सुन्दरता हेर्‌यो र घमण्डी बन्यो ।
  • लुसिफर घमण्डी बन्यो र परमेश्वरको सिंहासनमा बस्न चाह्यो ।
  • लुसिफर घमण्डी बन्यो र परमेश्वरको स्थान लिन खोज्यो ।
  • लुसिफर घमण्डी बन्यो र परमेश्वर बन्न खोज्यो ।
  • लुसिफर घमण्डी बन्यो र दुष्ट काम गर्ने पहिलो व्यक्ति बन्यो ।
  • दुष्ट काम गर्ने पहिलो व्यक्ति को थियो ?
  • लुसिफर ।
  • दुष्ट्याँइ के हो ?
  • परमेश्वरले नचाहेको कुरा दुष्ट्याँइ हो ।
  • परमेश्वरले नचाहेको सबै कुरा दुष्ट्याँइ हो ।
  • लुसिफरले उहाँलाई सिंहासनच्यूत गर्न चाहेको कुरा परमेश्वरलाई थाहा थियो ?
  • हो, थाहा थियो ।
  • परमेश्वरलाई लुसिफरको सबै दुष्ट विचार थाहा थियो ।
  • के परमेश्वरले लुसिफरलाई उहाँलाई सिंहासनच्यूत हुन दिनुभयो त ?
  • यहाँ एउटा उदाहरण छ :
  • एक जना बुद्धिमान, शक्तिशाली मानिस उसको गाउँको मुखिया थियो ।
  • एक दिन उसको मूर्ख, कमजोर छोराले उसलाई सिंहासनच्यूत गर्ने निधो गर्‌यो ।
  • के बुद्धिमान, शक्तिशाली मुखियाले उसको मूर्ख, कमजोर छोराबाट आफूलाई सिंहासनच्यूत हुन दियो होला त ?
  • अहँ, दिएन ।
  • परमेश्वरभन्दा शक्तिशाली को छ ?
  • कोही पनि छैन ।
  • परमेश्वरभन्दा बुद्धिमान कोही छ ?
  • कोही पनि छैन ।

 

  • के परमेश्वरले लुसिफरबाट आफूलाई सिंहासनच्यूत हुन दिनुभयो ?
  • अहँ, दिनुभएन ।
  • किनभने लुसिफर पाप गर्ने पहिलो व्यक्ति थियो, परमेश्वरले लुसिफरको नाम फेर्नुभयो ।
  • लुसिफरको नयाँ नाम के हो ?
  • शैतान ।
  • शैतानको नामको अर्थ के हो ?
  • शैतानको नामको अर्थ शत्रु हो ।
  • शैतान परमेश्वरको शत्रु हो ।
  • शैतान सबै मानिसको शत्रु हो ।
  • दुष्ट काम गरेकोमा परमेश्वरले शैतानलाई कसरी सजाय दिनुभयो ?
  • परमेश्वर शैतानसँग धेरै रिसाउनुभयो र उसलाई स्वर्गबाट खसालिदिनुभयो ।
  • जसले दुष्ट्याँइ गर्छ त्यसलाई परमेश्वरले आफूसँग बस्न दिनुहुन्न ।
  • शैतानले परमेश्वरको विरुद्धमा विद्रोह गर्दा साथ दिने धेरै स्वर्गदूतहरू थिए ।
  • किनभने शैतानलाई पछ्याउने स्वर्गदूतहरूले परमेश्वरको विरुद्धमा पाप गरे, त्यसैले उहाँले तिनीहरूको नाउँ फेर्नुभयो ।
  • शैतानलाई पछ्याउने स्वार्गदूतहरूको नयाँ नाउँ के हो ?
  • सहयोगी शैतानहरू ।
  • सहयोगी शैतानहरू परमेश्वरका शत्रु हुन् ।
  • सहयोगी शैतानहरू सबै मानिसहरूका शत्रु हुन् ।
  • शैतानलाई पछ्याउने सहयोगी शैतानहरूलाई परमेश्वरले कसरी सजाय दिनुभयो ?

 

  • परमेश्वर तिनीहरूसँग धेरै रिसाउनुभयो र तिनीहरूलाई स्वर्गबाट खसालिदिनुभयो ।
  • जसले दुष्ट्याँइ गर्छ त्यसलाई परमेश्वरले आफूसँग बस्न दिनुहुन्न ।
  • परमेश्वरले शैतान र उसका सहयोगी शैतानहरूलाई अरू कसरी सजाय दिनुभयो ?
  • परमेश्वरले शैतान र उसका सहयोगी शैतानहरूलाई आत्मिक दण्डको निम्ति डरलाग्दो ठाउँ तयार पार्नुभयो ।
  • आत्मिक दण्डको निम्ति बनेको त्यस डरलाग्दो ठाउँको नाउँ के हो ?
  • आत्मिक आगोको दह ।
  • एक दिन परमेश्वरले शैतान र उसका सहयोगी शैतानहरूलाई आत्मिक आगोको दहमा पठाउनुहुनेछ ।
  • परमेश्वर सिद्ध हुनुहुन्छ र सबै दुष्ट्याँइहरूलाई घृणा गर्नुहुन्छ ।
  • परमेश्वर सिद्ध हुनुहुन्छ र अनाज्ञाकारितालाई सधैं दण्डित गर्नुहुन्छ ।
  • शैतान र उसका सहयोगीहरू अहिले कहाँ बस्छन् ?
  • शैतान र उसका सहयोगीहरू अहिले पृथ्वीमा बस्छन् ।
  • शैतान र उसका सहयोगीहरूले अहिले के गर्छन् ?
  • तिनीहरू दिनरात लगाएर परमेश्वरको कामको विरुद्धमा लडाईं गर्छन् ।
  • शैतान र उसका सहयोगीहरूले परमेश्वरलाई घृणा गर्छन् ।
  • शैतान र उसका सहयोगीहरूले सबै मानिसहरूलाई घृणा गर्छन् ।