• Skip to main content

ChronologicalGospel.net

The Chronological Gospel

  • Why Teach the Bible Chronologically?
  • Chronological Gospel – What is it?
  • Lessons
  • Instructions for Translators
  • Chronological Teaching Videos
  • Testimonies
  • Hope Church

Nepali – 03

पाठ ३

१. परमेश्वरले उहाँको पुस्तकमा लेख्नुभएको पहिले वचन के हो ?

– परमेश्वरले उहाँको पुस्तकमा लेख्नुभएको पहिलो वचन यही हो : आदिमा ।

२. परमेश्वरको पहिलो वचन किन ‘आदिमा’ भयो ?

– किनभने परमेश्वरले हामीलाई सबै कुराको सुरुवात थियो भन्ने कुरा थाहा पाएको चाहनुहुन्छ ।

३. आदिभन्दा पहिले के त्यहाँ कुनै नदी वा तालतलैया थिए ?

– अहँ, थिएनन् ।

४. आदिभन्दा पहिले के त्यहाँ कुनै पहाड वा रूखहरू  थिए ?

– अहँ, थिएनन् ।

५. आदिभन्दा पहिले के त्यहाँ कुनै सूर्य, चन्द्रमा वा ताराहरू थिए ?

-अहँ, थिएनन् ।

६. आदिभन्दा पहिले के त्यहाँ कुनै जनावर वा चराहरू थिए ?

-अहँ, थिएनन् ।

७. आदिभन्दा पहिले के त्यहाँ कुनै पृथ्वी वा आकास थियो ?

– अहँ, थिएन ।

८. के आदिभन्दा पहिले त्यहाँ गोरो वा कालो छालाका मानिसहरू थिए ?

– अहँ, थिएनन् ।

९. के आदिभन्दा पहिले त्यहाँ आत्माहरू थिए ?

– अहँ, थिएनन् ।

१०. आदिभन्दा पहिले एक्लै बसोबास गर्ने को हुनुहुन्थ्यो ?

– परमेश्वर ।

११. किनभने परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो, त्यसो भए सबैथोकहरूभन्दा महान् को हुनुहुन्छ ?

– परमेश्वर ।

१२. किनभने केवल परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो, केवल कसले मात्रै हामीलाई सुरुवात (आदि) को बारेमा भन्नसक्नुहुन्छ ?

– परमेश्वर ।

१३. परमेश्वरको सुरुवात कहिले भयो ?

– परमेश्वरको कुनै आदि छैन ।

– परमेश्वर सदासदाको निम्ति जीवित हुनुहुन्छ ।

– परमेश्वर अनन्तसम्मै हुनुहुन्छ ।

१४. के कसैले परमेश्वरलाई जन्माएको हो ?

– अहँ, होइन ।

– परमेश्वर अनन्तसम्मै हुनुहुन्छ ।

१५. के परमेश्वरले आफैले आफूलाई जन्माउनुभएको हो ?

– अहँ, होइन ।

– परमेश्वर अनन्तसम्मै हुनुहुन्छ ।

१६. के कसैले परमेश्वरलाई बनाएको हो ?

– अहँ, होइन ।

– परमेश्वर अनन्तसम्मै हुनुहुन्छ ।

१७. के परमेश्वरले आफूले आफैलाई बनाउनुभएको हो ?

– अहँ, होइन ।

– परमेश्वर अनन्तसम्मै हुनुहुन्छ ।

१८. के परमेश्वरको अस्तित्व नभएको त्यस्तो कुनै समय थियो र ?

– अहँ, थिएन ।

– परमेश्वर सदासदा जीवित हुनुहन्छ ।

– परमेश्वर सदासदा जीवित हुनुहुनेछ ।

१९. मानिसलाई जीवित रहनको लागि खाना र पानीको खाँचो पर्छ । परमेश्वरलाई जीवित रहनको लागि के कुराको खाँचो पर्छ ?

– परमेश्वरलाई जीवित रहनको लागि कुनै कुराको खाँचो पर्दैन ।

२०. त्यसोभए परमेश्वर कसरी जीवित रहनुहुन्छ त ?

– उहाँको आफ्नै सामर्थ्यले ।

– परमेश्वरलाई किन खानको लागि खाना र पिउनको लागि पानीको खाँचो पर्दैन भन्ने तपाईं विचार गर्नुहुन्छ ?

– किनभने परमेश्वरको मानिसहरूको जस्तो शरीर छैन ।

– परमेश्वरलाई किन उज्यालोको निम्ति सूर्यको खाँचो छैन भन्ने तपाईं विचार गर्नुहुन्छ ?

– किनभने परमेश्वरको मानिसहरूको जस्तो शरीर छैन ।

– परमेश्वरलाई किन हिँड्डुल गर्न जमिनको खाँचो छैन भन्ने तपाईं विचार गर्नुहुन्छ ?

– किनभने परमेश्वरको मानिसहरूको जस्तो शरीर छैन ।

– के परमेश्वरको मासु छ ?

– अहँ, छैन ।

– के परमेश्वरको हड्डी छ ?

– अहँ, छैन ।

– के परमेश्वरको रगत छ ?

– अहँ, छैन ।

– परमेश्वरको मासु वा हाड वा रगत छैन ।

– यदि परमेश्वरको मासु वा हाड वा रगत छैन भने परमेश्वर के हुनुहुन्छ त ?

– परमेश्वर आत्मा हुनुहुन्छ ।

– परमेश्वर आत्मा हुनुहुन्छ भन्नुको मतलब के हो ?

– यहाँ एउटा उदाहरण छ :

– के तपाईं हावालाई देख्न सक्नुहुन्छ ?

– अहँ, सक्दिनँ ।

– तर के हावा छ ?

– हो, छ ।

– तपाईंले हावालाई देख्न नसकेजस्तै परमेश्वरलाई पनि देख्न सक्नुहुन्न ।

– तर हावाको अस्तित्त्व भएजस्तै परमेश्वरको पनि अस्तित्त्व छ ।

– यद्यपि तपाईं परमेश्वरलाई देख्न सक्नुहुन्न तर पनि उहाँ यहाँ हुनुहुन्छ ।

– परमेश्वर कहाँ हुनुहुन्छ त ?

– केवल परमेश्वरले मात्रै उहाँ कहाँ हुनुहुन्छ भनी भन्न सक्नुहुन्छ ।

– परमेश्वरले उहाँको पुस्तकमा उहाँ जहाँसुकै हुनुहुन्छ भनी भन्नुभएको छ ।

– परमेश्वरले उहाँ सदाकालको लागि जहाँसुकै हुनुहुन्छ भनी भन्नुभएको छ ।

– परमेश्वर आकासमा हुनुहुन्छ ।

– परमेश्वर धर्तिमा पनि हुनुहुन्छ ।

– परमेश्वर अहिले अमेरिकामा पनि हुनुहुन्छ ।

– परमेश्वर अहिले एशियामा पनि हुनुहुन्छ ।

– उहाँ अहिले युरोपमा पनि हुनुहुन्छ ।

– परमेश्वर अहिले यहाँ हुनुहुन्छ ।

– परमेश्वर सदाकालको निम्ति जहाँसुकै हुनुहुन्छ ।

– के कुनै मान्छे एकै समयमा अमेरिका र अफ्रिकामा हुनसक्छ ?

– अहँ, सक्दैन ।

– किन सक्दैन ?

– किनभने मानिसको शरीर हुन्छ ।

– किनभने मानिस एक समयमा एक ठाउँमा मात्रै हुनसक्छ ।

– परमेश्वर सदाकालको लागि जहाँसुकै हुनसक्नुहुन्छ किनभने परमेश्वरको कुनै स्थुल शरीर छैन ।

– परमेश्वर सदाकालको लागि जहाँसुकै हुनसक्नुहुन्छ किनभने परमेश्वर आत्मा हुनुहुन्छ ।

– परमेश्वर सदाकालको निम्ति जहाँसुकै हुनुहुन्छ ।

– तपाईं आफ्नो घर जानुभयो भने त्यहाँ तपाईंसँग को हुन्छ ?

– परमेश्वर ।

– तपाईं आफ्नो खेतमा जानुभयो भने त्यहाँ तपाईंसँग को हुन्छ ?

– परमेश्वर ।

– तपाईं आफ्नो साथी भेट्न जानुभयो भने त्यहाँ तपाईंसँग को हुन्छ ?

– परमेश्वर ।

– परमेश्वर सदाकालको निम्ति जहाँसुकै हुनुहुन्छ ।

– परमेश्वरबाट लुकिछिपि हामी कहाँ जानसक्छौ ?

– हामी परमेश्वरबाट लुक्नछिप्न सक्दैनौं ।

– किनभने परमेश्वर सदाकालको निम्ति जहाँसुकै हुनुहुन्छ, के त्यसो भए हामी परमेश्वरबाट लुक्न सक्छौं ?

– अहँ, सक्दैनौं ।

– हिमालको टुप्पोमा गएर लुक्ने कोशिस गर्‍यौं भने के हामी परमेश्वरबाट लुक्न सक्छौं ?

– अहँ, सक्दैनौं ।

– परमेश्वर जहाँसुकै हुनुहुन्छ ।

– आफ्नो घरको कुनामा गएर लुक्ने कोशिस गर्‍यौं भने के हामी परमेश्वरबाट लुक्न सक्छौं ?

– अहँ, सक्दैनौं ।

– परमेश्वर जहाँसुकै हुनुहुन्छ ।

– झाडीमा गएर लुक्ने कोशिस गर्‍यौं भने के हामी परमेश्वरबाट लुक्न सक्छौं ।

– अहँ, सक्दैनौं ।

– परमेश्वर जहाँसुकै हुनुहुन्छ ।

– हामीले धेरै कोशिस गर्‍यौं भने तापनि हामी परमेश्वरबाट लुक्न सक्दैनौं ।

– किन ?

– किनभने परमेश्वर सदाकालको निम्ति जहाँसुकै हुनुहुन्छ ।

– परमेश्वरको पुस्तकले परमेश्वर सबै ठाउँमा दगुर्ने भएकोले उहाँ जहाँसुकै हुनुहुन्छ भनेको छैन ।

– हो, छैन ।

– परमेश्वरको पुस्तकले परमेश्वरको सारा पृथ्वी ढाक्ने शरीर छ भनेको छैन ।

– हो, छैन ।

– परमेश्वरको पुस्तकले परमेश्वर सारा पृथ्वीभरि बस्नुभएको छ भनेको छैन ।

– हो, छैन ।

– परमेश्वरको पुस्तकले परमेश्वर आत्मा हुनुहुन्छ र उहाँ सदाकालको निम्ति जहाँसुकै हुनुहुन्छ भनेको छ ।

परमेश्वरजस्तो यहाँ कोही पनि छैन ।

केवल परमेश्वरमात्रै सदाकालको निम्ति जहाँसुकै हुनुहुन्छ ।

हामी चाहे जहाँसुकै जाऊँ परमेश्वर त्यहाँ हुनुहुन्छ ।

परमेश्वरले हामीलाई सबै समयमा देख्न सक्नुहुन्छ ।

त्यसो भए परमेश्वर कति जना हुनुहुन्छ त ?

परमेश्वर केवल एकमात्र हुनुहुन्छ ।

परमेश्वरले उहाँको पुस्तकमा उहाँ केवल एक हुनुहुन्छ भन्नुभएको छ ।

परमेश्वर एक हुनुहुन्छ तथापि उहाँ तीन व्यक्तित्व हुनुहुन्छ ।

ती तीन व्यक्त्तित्व को हुनुहुन्छ जो एक परमेश्वर हुनुहुन्छ ?

पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर ।

परमेश्वर पिता परमेश्वर हुनुहन्छ ।

परमेश्वर पुत्र परमेश्वर हुनुहुन्छ ।

परमेश्वर पवित्र आत्मा परमेश्वर हुनुहुन्छ ।

पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर सबै समान रूपले परमेश्वर हुनुहुन्छ ।

जब तपाईंले परमेश्वरको बारेमा धेरै कुरा सिक्दै जानुहुनेछ तब तपाईंले परमेश्वर एक हुनुहुन्छ तर उहाँ तीन व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा बुझ्नुहुनेछ ।