• Skip to main content

ChronologicalGospel.net

The Chronological Gospel

  • Why Teach the Bible Chronologically?
  • Chronological Gospel – What is it?
  • Lessons
  • Instructions for Translators
  • Chronological Teaching Videos
  • Testimonies
  • Hope Church

Nepali – 02

पाठ  २

१. म यहाँ किन आएको हुँ ?

– म यहाँ तपाईंहरूलाई संसारको सबैभन्दा महत्वपूर्ण सन्देश सुनाउन आएको हुँ ।

२. कसको सन्देश यो संसारमा सबैभन्दा महत्वपूर्ण सन्देश हो ?

– परमेश्वरको सन्देश ।

३. के कारणले गर्दा परमेश्वरको सन्देश संसारमा सबैभन्दा बढी महत्वपूर्ण छ ?

– किनभने परमेश्वरले मात्र कहिल्यै ढाँट्नुहुन्न ।

– किनभने परमेश्वरले मात्र जहिल्यै पनि सत्य बोल्नुहुन्छ ।

४. परमेश्वरको सन्देश कहाँ छ ?

– परमेश्वरको सन्देश परमेश्वरको पुस्तकमा छ ।

५. परमेश्वरको पुस्तकको नाम के हो ?

– परमेश्वरको पुस्तकको नाम बाइबल हो ।

६. परमेश्वरको पुस्तकमा परमेश्वरको सन्देश कसरी रहन गयो ?

– धेरै वर्ष पहिले परमेश्वरले केही मानिसहरूलाई छान्नुभयो र उहाँका वचनहरू ती मानिसहरूको समझमा राखिदिनुभयो ।

– त्यसपछि ती मानिसहरूले परमेश्वरको वचनलाई परमेश्वरको पुस्तकमा लेखे ।

७. के ती मानिसहरूले परमेश्वरको पुस्तकमा तिनीहरूका आफ्नै शब्दहरू लेखे ?

– अहँ, होइन ।

८. के ती मानिसहरू एकै समयमा बाँचेका र परमेश्वरको वचन लेखेका थिए ?

– होइन ।

९. त्यसो भए परमेश्वरको सबै वचन लेखिसिध्याउनको लागि कति वर्ष लागेको थियो त ?

– १६०० वर्ष ।

१०. जसलाई परमेश्वरले आफ्नो वचन लेख्न छान्नुभएको थियो तिनीहरू को थिए ?

– जसलाई परमेश्वरले आफ्नो वचन लेख्नको लागि छान्नुभएको थियो तिनीहरू यहूदी र एकजना ग्रीक थिए ।

११. कुन भाषामा ती मानिसहरूले परमेश्वरको वचन लेखेका थिए ?

– हिब्रू र ग्रीक भाषामा ।

१२. परमेश्वरको पुस्तकमा लेखिएका परमेश्वरका वचनहरूमध्ये कति वटा वचन सत्य छन् ?

– सबै वचन सत्य छन् ।

१३. परमेश्वरको पुस्तकमा लेखिएका परमेश्वरका सबै वचनहरू किन सत्य छन् ?

– किनभने परमेश्वरले कहिल्यै झूठो बोल्नुहुन्न ।

– किनभने परमेश्वर केवल सत्य कुरा मात्रै बोल्नुहुन्छ ।

– परमेश्वरले उहाँको पुस्तकमा लेख्नुभएको पहिलो शब्द के हो ।

– परमेश्वरले उहाँको पुस्तकमा लेख्नुभएको पहिलो शब्द हो: आदिमा ।

– परमेश्वरको पहिलो शब्द किन आदिमा भयो ?

– किनभने परमेश्वरले हामीले सबै कुराको सुरूवात (आदि) थियो भनी थाहा पाएको चाहनुहुन्छ ।

– के हामीले अहिले देख्न सक्ने सबै चिजको सुरुवात (आदि) थियो ?

– हो ।

– के हामीले अहिले देख्न नसक्ने सबै चिजको सुरुवात (आदि) थियो ?

– हो ।

– आदिभन्दा पहिले जीवन कस्तो थियो ?

 

– आदिभन्दा पहिले के त्यहाँ कुनै नदी वा तालतलैया थिए ?

– अहँ, थिएनन् ।

– आदिभन्दा पहिले के त्यहाँ कुनै पहाड वा रूखहरू  थिए ?

– अहँ, थिएनन् ।

– आदिभन्दा पहिले के त्यहाँ कुनै सूर्य, चन्द्रमा वा ताराहरू थिए ?

– अहँ, थिएनन् ।

– आदिभन्दा पहिले के त्यहाँ कुनै जनावर वा चराहरू थिए ?

– अहँ, थिएनन् ।

– आदिभन्दा पहिले के त्यहाँ कुनै पृथ्वी वा आकास थियो ?

– अहँ, थिएन ।

– यदि आदिभन्दा पहिले यी कुनै पनि थोकहरू थिएनन् भने आदिभन्दा पहिले त्यहाँ मानिसहरू थिए भनी तपाईं ठान्नुहुन्छ ?

– अहँ, ठान्दिनँ ।

– यदि त्यहाँ आदिभन्दा पहिले कुनै तालतलैया र रूख र सूर्य र आकास र पृथ्वी केही पनि थिएनन् भने के मानिस जीवित रहन् सक्थ्यो ?

– अहँ, सक्दैनथ्यो ।

– के आदिभन्दा पहिले त्यहाँ गोरो वा कालो छालाका मानिसहरू थिए ?

– अहँ, थिएनन् ।

– के आदिभन्दा पहिले त्यहाँ आत्माहरू थिए ?

– अहँ, थिएनन् ।

– आदिभन्दा पहिले त्यहाँ केही पनि थिएन ।

– उहाँको पुस्तकमा लेखिएको परमेश्वरको पहिलो शब्द फेरि पढौं ।

– आदिमा परमेश्वर ।

– परमेश्वरको पहिलो वचनले के भन्छ ?

– परमेश्वरको पहिलो वचनले आदिभन्दा पहिले परमेश्वर एक्लै हुनुहुन्थ्यो भन्छ ।

– आदिभन्दा पहिले एक्लै बसोबास गर्ने को हुनुहुन्थ्यो ?

– परमेश्वर ।

– किनभने परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो, त्यसो भए सबैथोकहरूभन्दा महान् को हुनुहुन्छ ?

– परमेश्वर ।

– परमेश्वर नदी र तालतलैया भन्दा महान् हुनुहुन्छ ?

– किन ?

– किनभने केवल परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो ।

– परमेश्वर पहाड र रूखहरूभन्दा महान् हुनुहुन्छ ।

– किन ?

– किनभने केवल परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो ।

– परमेश्वर सूर्य, चन्द्रमा र ताराहरूभन्दा महान् हुनुहुन्छ ।

– किन ?

– किनभने केवल परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो ।

– परमेश्वर पृथ्वी र आकासभन्दा महान् हुनुहुन्छ ।

– किन ?

– किनभने केवल परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो ।

– परमेश्वर संसारका सबै मानिसहरूभन्दा महान् हुनुहुन्छ ।

– किन ?

– किनभने केवल परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो ।

– परमेश्वर संसारका सबै आत्माहरूभन्दा महान् हुनुहुन्छ ।

– किन ?

– किनभने केवल परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो ।

– किनभने केवल परमेश्वर मात्रै आदिभन्दा पहिले बसोबास गर्नुहुन्थ्यो, केवल कसले मात्रै हामीलाई सुरुवात (आदि) को बारेमा भन्नसक्नुहुन्छ ?

– परमेश्वर ।

– मानिसहरू किन हामीलाई सुरुवातको बारेमा बताउन सक्षम छैनन् ?

– किनभने आदिमा मानिसहरू थिएनन् ।

– आत्माहरू किन हामीलाई सुरुवातको बारेमा बताउन सक्षम छैनन् ?

– किनभने आदिमा आत्माहरू थिएनन् ।

– परमेश्वरको सुरुवात कहिले भयो ?

– परमेश्वरको कुनै आदि छैन ।

– परमेश्वर सदासदाको निम्ति जीवित हुनुहुन्छ ।

– परमेश्वर अनन्तसम्मै हुनुहुन्छ ।

– केही मानिसहरू कसैले परमेश्वरलाई जन्मायो भन्ने विचार गर्छन् ।

– के कसैले परमेश्वरलाई जन्माएको हो ?

– अहँ, होइन ।

– परमेश्वर अनन्तसम्मै  हुनुहुन्छ ।

– केही मानिसहरू परमेश्वरले आफैले आफूलाई जन्माउनुभयो भन्ने विचार गर्छन् ।

– के परमेश्वरले आफैले आफूलाई जन्माउनुभएको हो ?

– अहँ, होइन ।

– परमेश्वर अनन्तसम्मै हुनुहुन्छ ।

– केही मानिसहरू परमेश्वरलाई कसैले बनाएको हो भन्ने विचार गर्छन् ।

– के कसैले परमेश्वरलाई बनाएको हो ?

– अहँ, होइन ।

– परमेश्वर अनन्तसम्मै हुनुहुन्छ ।

– केही मानिसहरू परमेश्वरले आफूले आफैलाई बनाउनुभएको हो भन्ने विचार गर्छन् ।

– के परमेश्वरले आफूले आफैलाई बनाउनुभएको हो ?

– अहँ, होइन ।

– परमेश्वर अनन्तसम्मै हुनुहुन्छ ।

– के परमेश्वरको अस्तित्व नभएको त्यस्तो कुनै समय थियो र ?

– अहँ, थिएन ।

– परमेश्वर सदासदा जीवित हुनुहन्छ ।

– परमेश्वर सदासदा जीवित हुनुहुनेछ ।

– परमेश्वरको अस्तित्त्व सधैं छ ।

– परमेश्वरको अस्तित्त्व नभएको कुनै पनि समय थिएन ।

– परमेश्वर कहिल्यै मर्नुहुन्न ।

– परमेश्वर कहिल्यै भोकाउनु हुन्न ।

– परमेश्वर कहिल्यै तिर्खाउनु हुन्न ।

– मानिसलाई जीवित रहनको लागि खाना र पानीको खाँचो पर्छ । परमेश्वरलाई जीवित रहनको लागि के कुराको खाँचो पर्छ ?

– परमेश्वरलाई जीवित रहनको लागि कुनै कुराको खाँचो पर्दैन ।

– त्यसोभए परमेश्वर कसरी जीवित रहनुहुन्छ त ?

– उहाँको आफ्नै सामर्थ्यले ।

– परमेश्वरलाई किन हिँडहुल गर्नको निम्ति जमिनको खाँचो पर्दैन ?

– किनभने परमेश्वर उहाँको आफ्नै सामर्थ्यले जीवित रहनुहुन्छ ।

– परमेश्वरलाई किन उज्यालोको निम्ति सूर्यको खाँचो पर्दैन ।

– किनभने परमेश्वर उहाँको आफ्नै सामर्थ्यले जीवित रहनुहुन्छ ।

– परमेश्वरलाई किन खाना खानुपर्ने खाँचो पर्दैन ?

– किनभने परमेश्वर उहाँको आफ्नै सामर्थ्यले जीवित रहनुहुन्छ ।

– परमेश्वरलाई किन पानी पिउनुपर्ने खाँचो पर्दैन ?

– किनभने परमेश्वर उहाँको आफ्नै सामर्थ्यले जीवित रहनुहुन्छ ।

– के तपाईं जमिन वा सूर्यविना जीवित रहन सक्नुहुनुहुन्छ ?

– अहँ सक्दिनँ तर परमेश्वर सक्नुहुन्छ ।

– के तपाईं खाना वा पानीविना जीवित रहन सक्नुहुन्छ ?

– अहँ सक्दिनँ तर परमेश्वर सक्नुहुन्छ ।

– परमेश्वर मानिसहरूजस्तो हुनुहुन्न ।

– परमेश्वर जनावरहरूजस्तो हुनुहुन्न ।

– परमेश्वर आत्माहरूजस्तो हुनुहुन्न ।

– किनभने परमेश्वर मात्रै आदिभन्दा पहिले एक्लै बसोबास गर्नुहुन्थ्यो त्यसैले उहाँलाई कुनै कुराको खाँचो पर्दैन ।

– सूर्य, चन्द्रमा र ताराहरूभन्दा को महान् हुनुहुन्छ ?

– परमेश्वर ।

– आकास र पृथ्वीभन्दा को महान् हुनुहुन्छ ?

– परमेश्वर ।

– सबै मानिसहरू र सबै आत्माहरूभन्दा को महान् हुनुहुन्छ ?

परमेश्वर

– परमेश्वरभन्दा महान् त्यस्तो कुनै पनि थोक छैन ।

– परमेश्वरभन्दा महान् त्यस्तो कोही पनि छैन ।