पाठ १
-म यहाँ किन आएको हुँ ?
-के म यहाँ तपाईंहरूलाई दुखी बनाउँन आएको हुँ ?
-होइन ।
-के म यहाँ तपाईंहरूको परिवार वा साथीहरूलाई दुखी बनाउँन आएको हुँ ?
-होइन ।
-के म यहाँ तपाईंहरूको जमिन वा बस्तुभाउ चोर्न आएको हुँ ?
-होइन ।
-त्यसो भए म यहाँ किन आएको हुँ त ?
-म यहाँ एउटै मात्र उद्देश्यले आएको हुँ ।
-म यहाँ तपाईंहरूलाई संसारको सबैभन्दा महत्वपूर्ण सन्देश सुनाउन आएको हुँ ।
-म यहाँ तपाईंहरूलाई परमेश्वरको सन्देश सुनाउन आएको हुँ ।
-म यहाँ तपाईंहरूलाई गोरो छाला भएको मान्छेको सन्देश सुनाउन आएको होइन ।
-म यहाँ तपाईंहरूलाई कालो छाला भएको मान्छेको सन्देश सुनाउन आएको होइन ।
-म त यहाँ केवल परमेश्वरको सन्देश सुनाउन आएको हुँ ।
-यदि तपाईंहरूको मुखियाले तपाईंहरूलाई केही महत्वपूर्ण सन्देशको लागि भेला हुनु भन्नुहुन्थ्यो भने के तपाईं आउनुहुन्नथ्यो ?
-हो, तपाईंहरू आउनुहुन्थ्यो ।
-तपाईंहरू किन आउनुहुन्थ्यो ?
– किनभने मुखियासँग तपाईंहरूलाई सुनाउनको निम्ति महत्वपूर्ण सन्देश थियो ।
-मुखियाको सन्देश महत्वपूर्ण छ तर यहाँ एउटा सन्देश छ जुन अझ धेरै महत्वपूर्ण छ ।
-मुखियाको सन्देशभन्दा कसको सन्देश महत्वपूर्ण होला त ?
-परमेश्वरको सन्देश ।
-कसको सन्देश यो संसारमा सबैभन्दा महत्वपूर्ण सन्देश हो ?
-परमेश्वरको सन्देश ।
-के कारणले गर्दा परमेश्वरको सन्देश संसारमा सबैभन्दा बढी महत्वपूर्ण छ ?
-किनभने परमेश्वरले मात्र कहिल्यै ढाँट्नुहुन्न ।
-किनभने परमेश्वरले मात्र जहिल्यै पनि सत्य बोल्नुहुन्छ ।
-मानिसहरूमध्ये त्यस्तो कोही छ जसले कहिल्यै ढाँट्दैन ?
-सबै मानिसहरू झूठो बोल्छन् ।
-म पनि विगतमा झूठो बोल्थें ।
-सबै गोरा मानिसहरू झूठो बोल्छन् ।
-सबै काला मानिसहरू झूठो बोल्छन् ।
-यसको मतलब सबै मानिसहरू झूठो बोल्छन् ।
-केवल को एकजनाले मात्रै झूठो बोल्नुहुन्न ?
-परमेश्वर ।
-किनभने परमेश्वरले कहिल्यै झूठो बोल्नुहुन्न, परमेश्वर मात्रै एक हुनहुन्छ जसले हामीसँग सत्य बोल्न सक्नुहुन्छ ।
-किनभने परमेश्वरले कहिल्यै झूठो बोल्नुहुन्न, परमेश्वर मात्रै एक हुनुहुन्छ जसले हामीसँग परमेश्वरको बारेमा सत्य बोल्न सक्नुहुन्छ
-किनभने परमेश्वरले कहिल्यै झूठो बोल्नुहुन्न, सम्पूर्ण संसारमा परमेश्वरको सन्देश नै सबैभन्दा महत्वपूर्ण सन्देश हो ।
-पुरुषको निम्ति खेतमा काम गर्नुभन्दा परमेश्वरको सन्देश धेरै महत्वपूर्ण छ ।
-किन ?
-किनभने परमेश्वरको सन्देशले मात्रै सबै पुरुषहरूलाई मृत्युबाट बचाउन सक्छ ।
-महिलाको निम्ति खाना पकाउने कामभन्दा परमेश्वरको सन्देश धेरै महत्वपूर्ण छ ।
-किन ?
-किनभने परमेश्वरको सन्देशले मात्रै सबै महिलाहरूलाई मृत्युबाट बचाउन सक्छ ।
-केटाकेटीको निम्ति खेल्नुभन्दा परमेश्वरको सन्देश धेरै महत्वपूर्ण छ ।
-किन ?
-किनभने परमेश्वरको सन्देशले मात्रै सबै केटाकेटीहरूलाई मृत्युबाट बचाउन सक्छ ।
-परमेश्वरको सन्देश कहाँ छ ?
-परमेश्वरको सन्देश परमेश्वरको पुस्तकमा छ ।
-परमेश्वरको पुस्तकको नाम के हो ?
-परमेश्वरको पुस्तकको नाम बाइबल हो ।
-परमेश्वरको पुस्तकमा परमेश्वरको सन्देश कसरी रहन गयो ?
-परमेश्वर आफ्नो पुस्तक आफै लेख्न सक्षम हुनुहुन्थ्यो तर उहाँले त्यसो गर्नु भएन ।
-धेरै वर्ष पहिले परमेश्वरले केही मानिसहरूलाई छान्नुभयो र उहाँका वचनहरू ती मानिसहरूको समझमा राखिदिनुभयो ।
-त्यसपछि ती मानिसहरूले परमेश्वरको वचनलाई परमेश्वरको पुस्तकमा लेखे ।
-के ती मानिसहरूले परमेश्वरको पुस्तकमा तिनीहरूका आफ्नै शब्दहरू लेखे ?
-अहँ, होइन ।
-जसलाई परमेश्वरले छान्नुभएको थियो ती मानिसहरूले आफ्नै शब्दहरू लेखेनन् ।
-जसलाई परमेश्वरले छान्नुभएको थियो ती मानिसहरूले केवल परमेश्वरको वचन मात्रै लेखे ।
-जसलाई परमेश्वरले छान्नुभएको थियो ती मानिसहरूले परमेश्वरको वचन जस्ताको तस्तै लेखे ।
-परमेश्वरको पुस्तकमा उहाँको वचन लेख्नको लागि परमेश्वरले चालीस जनाजति मानिसलाई छान्नुभयो ।
-के ती मानिसहरू एकै समयमा बाँचेका र परमेश्वरको वचन लेखेका थिए ?
– होइन ।
-जसलाई परमेश्वरले उहाँको वचन लेख्नको निम्ति छान्नुभएको थियो तिनीहरू एकै समयमा बाँचेका थिएनन ।
-त्यसो भए परमेश्वरको सबै वचन लेखिसिध्याउनको लागि कति वर्ष लागेको थियो त ?
-ती सबै मानिसहरू जसलाई परमेश्वरले आफ्नो वचन लेख्न छान्नुभएको थियो तिनीहरूलाई उहाँको वचन लेखिसिध्याउन १६०० वर्ष लागेको थियो ।
-जसलाई परमेश्वरले आफ्नो वचन लेख्न छान्नुभएको थियो तिनीहरू को थिए ?
-जसलाई परमेश्वरले आफ्नो वचन लेख्नको लागि छान्नुभएको थियो तिनीहरू यहूदी र एकजना ग्रीक थिए ।
-कुन भाषामा ती मानिसहरूले परमेश्वरको वचन लेखेका थिए ?
-हिब्रू र ग्रीक भाषामा ।
-के ती मानिसहरूले परमेश्वरको वचन अङ्ग्रेजी भाषामा लेखेका थिए ?
-अहँ, होइन ।
-के ती मानिसहरूले परमेश्वरको वचन स्पेनी भाषामा लेखेका थिए ?
-अहँ, होइन ।
-के ती मानिसहरूले परमेश्वरको वचन फ्रान्सेली भाषामा लेखेका थिए ?
-अहँ, होइन ।
-ती मानिसहरूले परमेश्वरको वचन तिनीहरूको आफ्नो भाषामा लेखे ।
-किनभने जसलाई परमेश्वरले उहाँको वचन लेख्नको निम्ति छान्नुभएको थियो तिनीहरू यहूदी र एकजना ग्रीक मानिस थिए ।
-यसैले ती मानिसहरूले परमेश्वरको वचन यहूदी र ग्रीक भाषामा लेखे ।
-पछि अरू मानिसहरू यहूदीहरूको भूमिमा आए, परमेश्वरको वचन पढे र ती वचनलाई तिनीहरूको आफ्नै भाषामा अनुवाद गरे ।
-परमेश्वरको वचन संसारका धेरै भाषाहरूमा अनुवाद भएको छ ।
-परमेश्वरको वचन अब तपाईंको भाषामा पनि अनुवाद भएको छ ।
-परमेश्वरको पुस्तकमा लेखिएका परमेश्वरका वचनहरूमध्ये कति वटा वचन सत्य छन् ?
– सबै वचन सत्य छन् ।
-परमेश्वरको पुस्तकमा लेखिएका परमेश्वरका सबै वचनहरू किन सत्य छन् ?
-किनभने परमेश्वरले कहिल्यै झूठो बोल्नुहुन्न ।
-किनभने परमेश्वर केवल सत्य कुरा मात्रै बोल्नुहुन्छ ।
-परमेश्वरको पुस्तकमा भएका सबै वचनहरूमा हामी किन विश्वास गर्न सक्छौं ?
-किनभने परमेश्वरले कहिल्यै झूठो बोल्नुहुन्न ।
-किनभने परमेश्वर केवल सत्य कुरा मात्रै बोल्नुहुन्छ ।
-को मात्रै एकजना हुनुहुन्छ जो सधैं सत्य बोल्नुहुन्छ ?
-परमेश्वर ।
-मैले परमेश्वरको वचन उहाँको पुस्तकमा पढेको छु र उहाँका सबै वचनहरू सत्य छन् भन्ने कुरा मलाई थाहा छ ।
-यदि तपाईंले परमेश्वरको वचन सुन्नुभयो भने तपाईंले पनि परमेश्वरका सबै वचनहरू सत्य छन् भन्ने कुरा थाहा पाउनुहुनेछ ।
-किनभने परमेश्वरले कहिल्यै झूठो बोल्नुहुन्न ।
-किनभने परमेश्वर केवल सत्य कुरा मात्रै बोल्नुहुन्छ ।
-हामीलाई भन्नको निम्ति परमेश्वरसँग धेरै कुराहरू छन् ।
-त्यसकारण, परमेश्वरको वचन तपाईंलाई सिकाउनको निम्ति धेरै दिन लाग्नेछ ।
-यहाँ एउटा उदाहरण छ:
-खेती कसरी गर्ने भनी सिक्न कति दिन लाग्छ ?
-धेरै दिन ।
-खेती कसरी गर्ने भनी सिक्न किन धेरै दिन लाग्छ ?
-किनभने त्यहाँ खेतीसम्बन्धी जान्नुपर्ने थुप्रै सत्यहरू हुन्छन् ।
-तपाईंले माटो कसरी तयार पार्ने भनी जान्नुपर्ने हुन्छ ।
-तपाईंले बीउ कसरी रोप्ने भनी जान्नुपर्ने हुन्छ ।
-तपाईंले अनावश्यक झारपात कसरी हटाउने भनी जान्नुपर्ने हुन्छ ।
-तपाईंले बाली कसरी कटनी गर्ने भनी जान्नुपर्ने हुन्छ ।
-खेतीबारे सिक्न धेरै दिन लागेजस्तै परमेश्वरको वचन सिक्न पनि धेरै दिन लाग्छ ।
-किनभने परमेश्वरको वचनमा धेरै सत्यहरू छन् ।
-यदि तपाईंले धेरै दिनदेखि परमेश्वरको वचन सुन्नुभयो भने परमेश्वरको बारेका धेरै सत्यहरू तपाईंले जान्नुहुनेछ ।
-के तपाईं दिनहुँ खाना खानुहुन्छ ?
-हो, खान्छु ।
-तपाईं दिनहुँ खाना किन खानुहुन्छ ?
-किनभने तपाईंको शरीरलाई खानाको दिनहुँ खाँचो पर्छ ।
-जसरी तपाईंको शरीरलाई दिनहुँ खानाको खाँचो छ त्यसैगरी तपाईंलाई दिनहुँ परमेश्वरको वचन सुन्ने खाँचो छ ।
-यदि तपाईंले दिनहुँ खाना खानुभएन भने के हुन्छ ?
-तपाईं मर्नुहुन्छ ।
-यदि तपाईंले दिनहुँ परमेश्वरको वचन सुन्नुभएन भने पनि तपाईं मर्नुहुन्छ ।
-किन केही मानिसहरूलाई परमेश्वरको सन्देशको बारेमा थाहा छैन ?
-किनभने यी मानिसहरूले परमेश्वरको सन्देश सुन्न अस्वीकार गरेका छन् ।
-किनभने यी मानिसहरूले परमेश्वरको सन्देश विश्वास गर्न अस्वीकार गरेका छन् ।
-यदि तपाईंले दिनहुँ परमेश्वरको वचन सुन्नुभयो भने तपाईं खुशी हुनुहुनेछ ।
-यदि तपाईंले दिनहुँ परमेश्वरको वचन सुन्नुभएन भने तपाईं दुखी हुनुहुनेछ ।
-म आशा राख्छु कि तपाईंहरू परमेश्वरको वचन सुन्न दिनहुँ भेला हुनुहुनेछ ।